कास्की – तालैतालले भरिएका कास्की जिल्लाका अधिकांश स्थानमा पाइने जङ्गली धान नाभो लगभग लोप भइसकेको यहाँका स्थानीयवासी बताउँछन्। धानको अति प्राचीन प्रजाति नाभोबाटै विस्तारै अन्य धानको विकास भएको विश्वासका आधारमा यसलाई धानको जननी मानिन्छ।

कास्की, तनहुँ र स्याङ्जालगायत पश्चिमेली जिल्लामा असारमा गाइने प्राचीन असारे गीत हो यो। बढ्दो चक्लाबन्दीसँगै धान खेत मासिंदै गएपछिको अवस्थालाई पछिल्ला समयमा असारे गीतका सर्जकहरूले यसरी चित्रण गर्न थालेका छन्।

परम्परा र संस्कृतिप्रति युवा पुस्ताको अनाकर्षण बढ्दै जाँदा परम्परागत असारे गीत त लोप भएका छन् भने तिनताका लगाउने गरिएका रैथाने औषधीय गुणयुक्त धानका बीउ पनि लोप हुँदै जानु यतिखेर चिन्ताको विषय बनेको छ।

पछिल्ला वर्षमा धेरै रैथाने जातका धान विस्तारै हराउन थालेपछि राज्यस्तरबाटै तिनीहरूको संरक्षणको पहल शुरु भएको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्रमुख तुलबहादुर पुनले जानकारी दिए। रैथाने जातमा अधिकांशमा रोगसँग लड्ने क्षमता कम हुने गरेका कारण रोग प्रतिरोधी जातसँग क्रसिङ गरेर परम्परागत जातहरू संरक्षण गर्ने गरिएको छ। लोपोन्मुख जातको संरक्षणका लागि बीउ सङ्कलन गरी खुमलटारस्थित जिन बैंकमा राख्ने गरिएको छ।रैथाने जातका धान तथा बाली विस्तारै लोपोन्मुख बन्न थालेपछि लेखनाथ नगरपालिकाको सुन्दरीडाँडामा जैविक विविधता कृषि सूचना केन्द्र स्थापना गरी त्यहाँबाट पनि संरक्षणको पहल थालिएको छ।

रसायनिक मलको बढ्दो प्रयोगसँगै धानमा रहेका मौलिक गुण पनि हराउँदै गएको कास्कीको पटनेरीका कृषक निलकुमार श्रेष्ठले बताए। ‘आजभन्दा १०/१५ वर्ष अघिसम्म पटनेरी फाँटमा झुल्ने पहेँले धान खेतमा नै हरहर बास्ना आउने गथ्र्यो,’ उनले भने, ‘अहिले भान्छामा पनि बास्ना आउन छोडेको छ।’

पछिल्लो समयमा बढ्दो रसायनिक मलको प्रयोगका साथै उत्पादन बढाउने बर्णशङ्कर जातका धानको बीउ बढी प्रयोग हुन थालेको उनले बताएका छन्। कास्कीका ताल तलैयाको छेउमा लगाइने गरेका समुद्र फिङ्जा, नाभो, आँगा, बले, कृष्णभोग, जिरासरी र फल्याङकोटे धान लोप नै भइसकेको उनले बताए।

समुद्री सतहबाट करीब तीन सय मिटरदेखि ५ सय मिटरको उचाइमा फल्ने यी धान यहाँका प्राचीन रैथाने जात हुन्। पछिल्ला वर्षमा गौरिया, बिरम्फुल, आँगा, रमनी, रुदुवा मार्सी जस्ता धान देखिन छोडेको छ। नयाँ जातका धानको आगमनसँगै परम्परागत रुपमा रोपिने पोखरेली मसिनो (पहेँले), मनसरा, ठिमाहा, ताकमारे, खोलेमार्सी, आँपझुत्ते, झिनुवा, अनदी, गुर्दी, मानामुरी, कन्जीरा, मन्सुली, तौली, खाल्टेखोले, गोला, कोदे, गुडुरा, जर्नेली, गौरिया, बर्मेली, एक्लेजस्ता धान विस्थापित हुने अवस्थामा पुगेको कृषक बताउँछन्।

कम उचाइमा हुने गरेका काठे गुर्दी, तौली, फालो, पहेंले, लहरे गुर्दी, घैया, कालो झिनुवा, माला, विमरफुल, भट्टे, अँधेरे, काँडे, कालो बयर्नी, कालो अनदीलगायतका धान पनि पछिल्लो समय विस्थापित भइसकेका छन्।

पछिल्ला समयमा जिल्लामा सुधारिएको जेठोबूढो, खुमल, राधा सात, राधा नौ, सावित्री, मनसुली, पहेँंले जस्ता धान धेरै मात्रामा रोप्ने गरिएको छ। बास्नायुक्त र औषधीय गुण भएका धान छोड्दै उत्पादन बढी लिने सोचका साथ कृषक हाइब्रिड जातका धानमा लोभिने क्रम बढेका कारण पनि हाइब्रिडले रैथाने जातलाई विस्थापन गर्दै गएको हो।

पर्याप्त धान उत्पादन हुने पोखराका बिरुवा फाँट, कुँडहर, लेखनाथको सिशुवा, पटनेरीलगायतका स्थानमा बढ्दो प्लटिङका कारण धान खेतीमा कमी आउन थालेको छ। बढ्दो शहरीकरण, चक्लाबन्दी आदिका कारण समस्या बढ्दै गएको अर्का कृषक दधिराम सुवेदीले बताए। रैधाने औषधीय गुणयुक्त धान हराउँदै गएको र नयाँनयाँ जातका हाइब्रिट धानको उत्पादन बढेको वास्तविकतामा यसले मानवीय स्वास्थ्यमा पनि प्रभाव पार्दै गएको उनको भनाइ छ। (रासस)

लोकप्रिय

छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

२०७६, २६ कार्तिक मंगलवार २०:१५

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

२०७६, २७ कार्तिक बुधबार ११:०८

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

२०७६, २६ कार्तिक मंगलवार १५:३८

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

२०७६, २६ कार्तिक मंगलवार १३:३०

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा मिडियामा

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा…

२०७६, २७ कार्तिक बुधबार १३:२२

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

२०७६, २७ कार्तिक बुधबार १०:५२