सर्लाही – प्रहरीले चलाएको गोली लागेर आज यहाँ एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके जङ्गलमा प्रदर्शनकारी र प्रहरीबीच आज दिउँसो भएको झडपमा प्रहरीले गोली चलाउँदा एक जना प्रदर्शनकारीको मृत्यु भएको हो।

प्रहरीले चलाएको गोली लागि ईश्वरपुर नगरपालिका– १३, गौरीशङ्करका २७ वर्षीय देवन (सरोज) महतोको घटनास्थलमै मृत्यु भएको सर्लाही क्षेत्र नं– १ का सांसद प्रमोद साहले जानकारी दिए। प्रहरीको गोली लागी अन्य चार जना घाइते भएका उनले बताए।

सर्लाही र महोत्तरीको सिमा छुट्याएर बग्ने बाँके खोलामा मापदण्डविपरीत ढुङ्गा गिटी निकाल्ने क्रममा बनेको खाल्डोमा डुबी शनिबार स्थानीयवासी लाले रायका अन्दाजी १२ वर्षीय छोरा अमितको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित बनेका थिए। बालकको मृत्युपछि स्थानीयवासीले आज पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके चोकमा शव राखेर प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीले राजमार्गमा शव राखेर १० मिटेन जति अवरोध गरेपछि त्यस क्रममा प्रहरीले राजमार्ग खुलाउन खोज्दा दोहोरो झडप भएको थियो। प्रहरीले चलाएको गोली देवनको टाउकोमा लागेपछि घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी गङ्गा महतोले जानकारी दिए। घाइतेहरुको परिचय खुलेको छैन।

बाटो खुलाउन तथा स्थितिलाई नियन्त्रणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवैतर्फबाट १४ सेल अश्रुग्यास र करीब दुई दर्जन हवाई फायर गरेको जनाइएको छ। एसपी गोपालचन्द्र भट्टराईले प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा चलाउन थालेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको बताए।

प्रहरीको गोली लागेर मृत्यु भएको देवन महतो शव र हिजो शनिबार बाँके खोलाको खाल्डोमा डुबी मृत्यु भएको अमित रायको शव परीक्षणको लागि जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ।(रासस)

लोकप्रिय

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ७ फाल्गुन बुधबार १९:५८

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ८ फाल्गुन बिहीबार २०:०१

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त रुपमा गर्ने

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त…

२०७६, ७ फाल्गुन बुधबार १६:१५

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए नि लै’ सार्वजनिक

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए…

२०७६, ७ फाल्गुन बुधबार १८:११

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

२०७६, ८ फाल्गुन बिहीबार १०:२०

कप्तान कोहली भन्छन्, ‘३ वर्ष निरन्तर तीनै फर्म्याटकाे क्रिकेट खेल्छु’

कप्तान कोहली भन्छन्, ‘३ वर्ष निरन्तर तीनै फर्म्याटकाे क्रिकेट खेल्छु’

२०७६, ७ फाल्गुन बुधबार १४:१५

समृद्धि र सुशासन कायम गर्न आवश्यक छः मुख्यमन्त्री पौडेल

समृद्धि र सुशासन कायम गर्न आवश्यक छः मुख्यमन्त्री पौडेल

२०७६, ७ फाल्गुन बुधबार १९:३१

क्रिकेट रंगशाला निर्माणकाे लागि सन्दीप र उनका एजेन्टलेले गरे १ लाख ४१ हजार सहयाेग

क्रिकेट रंगशाला निर्माणकाे लागि सन्दीप र उनका एजेन्टलेले गरे १…

२०७६, ८ फाल्गुन बिहीबार १९:३२

पर्वतमा मानसिक रोगको उपचार सेवा शुरु

पर्वतमा मानसिक रोगको उपचार सेवा शुरु

२०७६, ८ फाल्गुन बिहीबार ०८:४७

प्रजातन्त्र स्थापनापछि नै मुलुक नयाँ युगमा प्रवेश गरेको हो : सभापति देउवा

प्रजातन्त्र स्थापनापछि नै मुलुक नयाँ युगमा प्रवेश गरेको हो :…

२०७६, ७ फाल्गुन बुधबार १०:५६

रातो कलरकाे टाटा नेक्सनको खरिदमा बम्पर उपहार

रातो कलरकाे टाटा नेक्सनको खरिदमा बम्पर उपहार

२०७६, ७ फाल्गुन बुधबार १९:१९

जर्मनीमा दुईवटा गोलीकाण्डमा कम्तीमा ‘आठ व्यक्तिको मृत्यु’

जर्मनीमा दुईवटा गोलीकाण्डमा कम्तीमा ‘आठ व्यक्तिको मृत्यु’

२०७६, ८ फाल्गुन बिहीबार १०:४०

तीन अमेरिकी पत्रकारलाई पाँच दिनभित्र चीन छाड्न आदेश

तीन अमेरिकी पत्रकारलाई पाँच दिनभित्र चीन छाड्न आदेश

२०७६, ७ फाल्गुन बुधबार १६:२१

मिडियाको लेखबारे चिनियाँ दूतावासको विज्ञप्तिप्रति सम्पादकहरुको आपत्ति

मिडियाको लेखबारे चिनियाँ दूतावासको विज्ञप्तिप्रति सम्पादकहरुको आपत्ति

२०७६, ७ फाल्गुन बुधबार १५:४७

युट्युबमा सबैभन्दा बढीपटक हेरिएकाे पाँच साउथ इन्डियन फिल्महरू

युट्युबमा सबैभन्दा बढीपटक हेरिएकाे पाँच साउथ इन्डियन फिल्महरू

२०७६, ७ फाल्गुन बुधबार १७:५४