काठमाडौँ – कोटेश्वर–कलंकी सडक खण्डमा गत जेठ २० गतेबाट सवारीसाधनहरूको स्पिड न्यूनीकरण गर्न ‘लेजर स्पिड गन’को प्रयोग गर्न थालिएको छ। आठ लेनको उक्त सडक खण्ड हेर्दा आकर्षक र फराकिलोसमेत देखिन्छ। तर, सर्वसाधारणहरूका लागि यो सडकमा यात्रा गर्नु एकदमै जोखिमपूर्ण रहेको कुरा सडक निर्माण सम्पन्न भएदेखि हालसम्ममा १५ जनाको ज्यान जानुले पनि सावित गरिसकेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो सडक खण्डमा गुड्ने सवारीसाधनको गति अत्यधिक भएकै कारण दुर्घटना बढेको भन्ने निष्कर्ष निकाल्दै उक्त सडकमा सवारीको गति न्यूनीकरण गर्न ‘लेजर स्पिड गन’ प्रयोगमा ल्याएको हो।

चीन सरकारको सहयोगमा निर्माण भएको यो सडकमा चीन सरकारको तर्फबाट ३ वटा आकाशे पुल निर्माण भएका छन् भने हस्तान्तरणपश्चात यसलाई व्यवस्थित बनाउन नेपाल सरकारले थप ६ वटा पुलको निर्माण धमाधम गरिरहेको छ।

यो सडक खण्डमा प्रत्येक दिन ४ घण्टा निश्चित समयमा मात्र उक्त मेशिन प्रयोगमा ल्याइएको महानगरीय ट्राफिक परिसर, सातदोबाटोका प्रसनि मानबहादुर ठगुन्ना बताउँछन्। उनका अनुसार दिनमा ७० भन्दा बढी सवारीसाधन कारवाहीमा पर्ने गरेका छन्। यसरी निश्चित समयमा, त्यो पनि ४ घण्टा मात्र प्रयोग गर्दा त यति धेरै संख्यामा सवारी साधन कारवाहीमा पर्ने गरेका छन् भने झन् पूरै दिन प्रयोगमा ल्याउने हो भने यो संख्या ५/६ गुणा बढ्ने देखिन्छ। प्रत्येक दिन यो सडकमा लाखौँको संख्यामा सवारीसाधन आवातजावत हुने गर्दछन्। यस्तो अति नै ब्यस्त सडकमा दिनमा ४ घण्टा त्यो पनि निश्चित समय र स्थानमा मात्र यो मेशिनको प्रयोग गरिनु कत्तिको प्रभावकारी छ ? यस विषयमा पनि लेखाजोखा हुनु आवश्यक छ।

‘लेजर स्पिड गन’ सडकमा आवातजावत गर्ने सवारीसाधनको गति मापन गर्ने एउटा क्यामेराजडित उपकरण हो। यसले सवारीको तस्वीरसहित गति मापन गर्छ। यो मेशिनले १ सय ५० मिटरसम्मको दूरीमा दौडिरहेको सवारीसाधन कुन गति दौडिरहेको छ भन्ने तस्बिरसहित गति र समयसमेत सजिलै पत्ता लगाउँछ। त्यसैले यो मेशिनबाट तोकिएको मापदण्डअनुसार गति लिएको छ कि छैन भन्ने सजिलै थाहा पाउन सकिन्छ।

हाल कोटेश्वर–कलंकी सडक र भक्तपुर सडक खण्डमा मात्र लेजर स्पिड गनको प्रयोग भइरहेको छ। ट्राफिक महाशाखाका डीएसपी पदमबहादुर विष्टका अनुसार एउटा मेशिन महानगरीय ट्राफिक परिसर सातदोबाटोलाई दिइएको छ भने बाँकी दुईवटा ट्राफिक महाशाखासँगै रहेका छन्।

जनशक्तिको अभावका कारण लेजर स्पिड गनको प्रयोग पूरा समय गर्न नसकिएको प्रसनि ठगुन्नाले बताएका छन्। हालसम्म काठमाडौँ उपत्यकामा तीनवटा लेजर स्पिड गन प्रयोगमा ल्याइएको छ भने यो मेशिन सञ्चालन गर्ने जनशक्ति जम्मा ५÷६ जना मात्र रहेको प्रसनि ठगुन्नाको भनाइ छ। उनका अनुसार कलंकी–कोटेश्वर सडक खण्डको सातदोबाटोस्थित महानगरीय ट्राफिक प्रहरी परिसरमा त्यो मेशिन चलाउन जान्ने उनी मात्र एक जना हुन्। साथै, उनले मेशिन चलाउनुका अलावा आफ्नो ड्युटी पनि भ्याउनुपर्छ। मेशिन चलाउने जनशक्ति पर्याप्त नभएकै कारण दिनभरि चलाउन नसकिएको ठगुन्नाले बताएका छन्। उनी आफू एक्लैले चलाउनुपर्दा अत्यन्त गाह्राेसमेत भएको बताएका छन्।

काठमाडौँमा लेजर स्पिड गनको प्रयोग गर्न थालिएपछि कतिपय सवारीचालकहरूले पैसा असुल्नकै लागि त्यस्तो मेशिन प्रयोगमा ल्याइएको आरोप पनि लाउन थालेका छन्। अधिकांश सवारीचालकहरू यो मेशिनबारे र प्रयोग गरिएको स्थानबारे अनभिज्ञ नै छन्। तर, जति सवारीचालकले थाहा पाएका छन्, त्यसमध्ये अधिकांश चालकहरू यो मेशिनको प्रयोगप्रति असन्तुष्ट रहेको पाइएको छ।

एक मोटरसाइकल चालकले भने, ‘यो पनि केही दिन देखाउनका लागि ट्राफिक महाशाखाको अभियान हो। यसलाई निरन्तरता भने दिन सक्दैनन्।’

यो सडक खण्डमा मेशिनको प्रयोगको विषयलाई लिएर अधिकांश सर्वसाधारणले असन्तुष्टि जनाएका छन्। उनीहरूले मेशिनको प्रयोग प्रभावकारी नहुने दाबी गरेका छन्। यता ट्राफिक प्रहरी महाशाखा भने लेजर स्पिड गनको प्रयोग पूर्ण रूपमा प्रभावकारी भइरहेको र सन्तोषजनक रहेको डीएसपी विष्टले दाबी गरेका छन्।

नेपाली पब्लिकले दुई हप्ताअघि ‘उपत्यकामा लेजर स्पिड गन : दिनमा ७० भन्दा बढी कारवाही’  शीर्षकमा प्रकाशन गरेको समाचारमा केही व्यक्तिहरूले विभिन्न अभिव्यक्ति दिएका छन्। उक्त समाचारमा कसैले ‘ताई न तुईको अभियान, पैसा खाने दाउ, सुरक्षाको नाममा जनतालाई लुट्ने दाउ’जस्ता अभिव्यक्ति दिएका छन् भने कसैले ‘ट्राफिक देख्नेबित्तिकै स्पिड कम गरिहाल्छन्, कसरी हुन्छ प्रभावकारी ? नेपालमा विदेशको जस्तो राडार प्रणाली फिट गर्नुपर्छ, अनि मात्र अटोमेटिक क्याच हुन्छ’ भन्ने अभिव्यक्ति दिएका छन्।

उक्त समाचारका पाठकले मेशिनको प्रयोगलाई ‘पैसा असुल्ने ट्राफिक प्रहरीको नौटंकी’ भन्ने अभिव्यक्ति समेत दिएका छन्। समग्रमा अधिकांश सर्वसाधारण यो मेशिनको प्रयोगप्रति असन्तुष्ट रहे पनि ट्राफिक प्रहरी र कमै सर्वसाधारणले मात्र प्रभावकारी रहेको बताएका छन्।

अर्को कुरा, पानी परेको बेला अर्थात मौसम खराब भएको बेला पनि उक्त मेशिनको प्रयोग गर्न नसकिने प्रसनि ठगुुन्नाले बताए। यसले गर्दा पनि सर्वसाधारणहरूले देखावटीको रूपमा नै ल्याएको हो भनेर आलोचना गरेका छन्। प्रत्येक दिन जुन समय अवधि तोकिएको थियो त्यति सवारीसाधन त कारबाही परे तर बाँकी अरू समयमा यात्रा गर्ने सवारी चालकहरूलाई त्योसम्बन्धी पनि थाहा नहुने अवस्था छ। कतिपय सवारीसाधनलाई त रोक्न खोज्दा पनि नभेट्टाउने अवस्था रहेको प्रसनि ठगुन्नाको भनाइ छ।

यो मेशिनको प्रयोगलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीले मेशिनबारे चालकहरूलाई जानकारी दिन आवश्यक छ। साथै, पूरा समय मेशिनलाई हरेक दिन स्थान परिवर्तन गरेर सञ्चालनमा ल्याउन सके पक्कै पनि यसको प्रभावकारिता बढ्ने अपेक्षा गर्न सकिन्छ। त्यसका लागि तालिम दिएरै भए पनि जनशक्ति बढाउनु आवश्यक देखिन्छ। नत्र यसअघि दुर्घटना न्यूनीकरणका लागि ल्याइएको मोटरसाइकलको पछाडि बस्ने यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्छ भन्ने नियमजस्तो नहोला भन्न सकिन्न।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

२०७६, १ श्रावण बुधबार १९:३८

कर्मचारीको बढेको तलब आजदेखि लागू

कर्मचारीको बढेको तलब आजदेखि लागू

२०७६, १ श्रावण बुधबार १८:३१

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

२०७६, १ श्रावण बुधबार १६:५७

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा नपाइने

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा…

२०७६, ३१ असार मंगलवार १९:३८

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

२०७६, १ श्रावण बुधबार १३:००

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

२०७६, ३० असार सोमबार १६:३३

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

२०७६, १ श्रावण बुधबार ०९:२६

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

२०७६, ३१ असार मंगलवार १४:२७

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

२०७६, ३० असार सोमबार १४:११

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

२०७६, ३१ असार मंगलवार १९:३०

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

२०७६, १ श्रावण बुधबार ०८:३९