सुर्खेत – सरकारले ‘खाद्य स्वच्छता तथा गुणस्तर’ अभियान सञ्चालन गरे पनि दूध, पानी र तेलमा अपेक्षित सुधार हुन नसकेको सुर्खेतका उपभोक्ताहरुले बताएका छन्। यस्ता उपभोग्य वस्तुको स्वच्छता एवं गुणस्तर कायम गर्न सरकारी अभियान असफल रहेको उनीहरुको आरोप छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको प्रशोधित दूध, पानी र खाने तेलको असल उत्पादन तथा अभ्याससम्बन्धी प्रशिक्षण कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिहरुले उपभोक्ता हक, हित र अधिकारका क्षेत्रमा सञ्चालन गरिएका जनमुखी अभियान औपचारिकता मात्र सीमित रहेकाले प्रभावहीन भएको ठहर गरेका हुन्। उनीहरुले बजारमा वितरण हुने प्रशोधित दूध, पानी र खानेतेलको गुणस्तरमा धेरै समस्या देखिए पनि सुधार नहुँदा उपभोक्ताको स्वास्थ्य जोखिममा परेको औंल्याए। उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने खाद्य उत्पादक, विक्रेता र नियमनकारी निकायसमेत गैरजिम्मेवार रहने गरेको उनीहरुको आरोप छ।

दूधको गुणस्तरमा सामान्य सुधार भए पनि पानी र तेलको गुणस्तरमा सुधार हुन सकेको छैन। सरकारले ती वस्तुमा स्वच्छता तथा गुणस्तर अभिवृद्धिका सचेतना, अनुगमन, नियमनका लागि विशेष कार्यक्रम गरे पनि गुणस्तरीय नहुने, भ्रमपूर्ण विज्ञापन गर्ने जस्ता समस्या देखिएका छन्। पटकपटक एउटै तेलमा विभिन्न वस्तु फ्राई गर्दा र पत्रिकामा खानेकुरा राखेर खाँदा मानव शरीरलाई बढी हानि गर्ने गरेको पाइए पनि सचेतनामूलक कार्यक्रम सञ्चालन हुन सकेको छैन।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सुर्खेतका निमित्त प्रमुख भेषबहादुर थापाले पहिले दूध, पानी र खानेतेलमा केन्द्रित भई स्वच्छता तथा गुणस्तर सचेतना एवं नियमन कार्यक्रम सञ्चालन भइरहेको दाबी गरे। खाद्य स्वच्छता र गुणस्तर कायम गराउन सरकारले सातै प्रदेशमा कार्यक्रम सञ्चालनसँगै नियमन गरिरहेको उनले बताए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख ज्योत्स्ना श्रेष्ठले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी चेतना, सरोकारवाला निकायको क्षमता र गुणस्तर नियमनको प्रभावकारिता बढाउने कार्यमा सबैको साथ हुनुपर्ने बताइन्। दूध, तेल र पानीमा धेरै समस्या देखिएपछि सुधारका लागि सरकारले अभियान नै सञ्चालन गरे पनि यसको सार्थकताका लागि उपभोक्तासमेत जागरुक हुनुपर्ने धारणा उनले राखिन्।

बजारमा अखाद्य वस्तुको विक्री बढ्दै गएकाले पनि त्यसलाई नियन्त्रण गर्न सरकारले खाद्य स्वच्छता ऐनमा दूषित खाद्यान्न उत्पादन गर्नेलाई १० वर्ष कैदको व्यवस्था गरेको छ। ‘उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्नेगरी अखाद्य वस्तु वितरण गर्न कसैलाई छुट हुँदैन,’ उनले भनिन्, ‘उत्पादक, विक्रेता तथा उपभोक्ता सबै सचेत र जागरुक भएमा खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न सकिन्छ।’ उनले दूध, पानी, तेलसँगै अन्य क्षेत्रमा पनि स्वच्छता र गुणस्तर अभियान सञ्चालन गरिने बताइन्।

कार्यक्रममा सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्मा, सुर्खेत उद्योग वाणिज्य संघका सदस्य जनक थापा, नेपाल डेरी एशोसिएसन कर्णाली प्रदेशका सचिव प्रेम रिजाल लगायतले सरकारी सचेतना कार्यक्रमकै कारण दूध, पानी र तेलमा तुलनात्मकरुपले पछिल्लो समय सुधारोन्मुख रहेको बताए।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२०७६, ३ श्रावण शुक्रबार १४:०६

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८