काठमाडौँ – सिङ्गापुरमा आयोजना हुने आइसीसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल खेल्ने जाने नेपाली क्रिकेट टोलीलाई मंगलबार बिदाइ गरिएको छ।

कप्तान पारस खड्काको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेश सिलवालले बिदाइ गरे। नेपाली टोली मंगलबार दिउँसो १ बजे मलेसिया प्रस्थान गरेको छ।

सिङ्गापुरमा आयोजना हुने उक्त आइसिसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल प्रतियोगिता तयारीको लागि नेपाली टोली सिङ्गापुर जानुअघि मलेशिया जान लागेका हुन्। मलेसियामा नेपालले घरेलु टोलीसँग दुई खेलको टी ट्वान्टी सिरिज खेल्नेछ। नेपाल र मलेसियाबीचको सिरिज यही असार २८ र २९ गते हुनेछ। टी ट्वान्टी सिरिज सकिएपछि त्यतैबाट नेपाली टोली सिङ्गापुर जानेछ।

प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत रहेका छन्। नेपालले आफ्नो पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ। त्यस्तै साउन ८ गते मलेसिया, ११ गते कुवेत र १२ गते सिङ्गापुरसँग खेल्नेछ।

शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछन्। ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, व्सन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, शरद भेषवाकर, ललितनारायण राजवंशी, अविनाश बोहरा, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, पवन सर्राफ र सोमपाल कामी छन्। वैकल्पिकतर्फ सुशन भारी, कुशल भुर्तेल, आरिफ शेख र जितेन्द्र मुखिया छन्।

लोकप्रिय

स्कटल्यान्डसँग पपुवा न्युगिनी झिनो रनले पराजित

स्कटल्यान्डसँग पपुवा न्युगिनी झिनो रनले पराजित

२०७६, ४ कार्तिक सोमबार १७:२८

अस्तव्यस्त फोहोर व्यवस्थापन

अस्तव्यस्त फोहोर व्यवस्थापन

२०७६, ५ कार्तिक मंगलवार १९:११

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

२०७६, ४ कार्तिक सोमबार २०:५५

दबगं – ३ को ट्रेलर रिलिज हुनेबित्तिकै भाईरल (ट्रेलर भिडियोसहित)

दबगं – ३ को ट्रेलर रिलिज हुनेबित्तिकै भाईरल (ट्रेलर भिडियोसहित)

२०७६, ६ कार्तिक बुधबार २०:२५

पत्रकारले धोनीको बारेमा साेद्धा काेहलीकाे यस्ताे कडा जवाफ

पत्रकारले धोनीको बारेमा साेद्धा काेहलीकाे यस्ताे कडा जवाफ

२०७६, ५ कार्तिक मंगलवार १७:४१

गेल र मालिगांलाई पछि पारे सन्दीपले, करोड बढी मुल्यमा अनुबन्धित

गेल र मालिगांलाई पछि पारे सन्दीपले, करोड बढी मुल्यमा अनुबन्धित

२०७६, ४ कार्तिक सोमबार १०:२४

पीपीएलको दोस्रो संस्करण डिसेम्बरमा हुने

पीपीएलको दोस्रो संस्करण डिसेम्बरमा हुने

२०७६, ४ कार्तिक सोमबार १६:५८

बढ्दै छ गायक शंकर कडेलको  ‘पूर्णिमा’ गीतको लोकप्रियता

बढ्दै छ गायक शंकर कडेलको ‘पूर्णिमा’ गीतको लोकप्रियता

२०७६, ४ कार्तिक सोमबार १५:५८

प्रकाश सपुतको नयाँ गीत ‘टिकामाला’ सार्वजानिक (भिडियो सहित)

प्रकाश सपुतको नयाँ गीत ‘टिकामाला’ सार्वजानिक (भिडियो सहित)

२०७६, ६ कार्तिक बुधबार १७:५८

११ बुँदे मागसहित हडतालमा उत्रिए बंगलादेशका क्रिकेटर

११ बुँदे मागसहित हडतालमा उत्रिए बंगलादेशका क्रिकेटर

२०७६, ५ कार्तिक मंगलवार १२:५३

च्याम्पियन्स लिगमा स्लेभियाविरूद्ध भिड्दै बार्सिलोना

च्याम्पियन्स लिगमा स्लेभियाविरूद्ध भिड्दै बार्सिलोना

२०७६, ६ कार्तिक बुधबार १७:३२

दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध

दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध

२०७६, ५ कार्तिक मंगलवार १७:०८

एमबाप्पेले तोडे मेस्सीको किर्तिमान

एमबाप्पेले तोडे मेस्सीको किर्तिमान

२०७६, ६ कार्तिक बुधबार १३:२३

विश्वकप छनाेटमा केन्यासँग सिंगापुर पराजित

विश्वकप छनाेटमा केन्यासँग सिंगापुर पराजित

२०७६, ६ कार्तिक बुधबार १९:२१

भारतविरुद्धको तेस्रो टेष्टमा पनि दबाबमा दक्षिण अफ्रिका

भारतविरुद्धको तेस्रो टेष्टमा पनि दबाबमा दक्षिण अफ्रिका

२०७६, ४ कार्तिक सोमबार १४:२७