काठमाडौँ – चलचित्र विकास बोर्डले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा असार २७ गते ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ समारोह आयोजना गर्ने भएको छ। दुई वर्षपछि हुन लागेको उक्त कार्यक्रम यसपटक राष्ट्रपति भवन शितल निवासमा गरिने भएको छ।

पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने बोर्डका अध्यक्ष केशव भट्टराईले जानकारी दिए। यसपटक ‘राष्ट्रिय चलचित्र पुरस्कार’बाट ३१ जना तथा ‘दीर्घसाधना सम्मान’बाट तीन जनालाई पुरस्कृत गरिने छ। राष्ट्रिय चलचित्र पुरस्कारतर्फ हरेक विधाको पुरस्कार राशि रू २५ हजार तथा दीर्घसाधना सम्मानको पुरस्कार राशि रू तीन लाख ५१ हजार रहेको अध्यक्ष भट्टराईले बताए। आगामी वर्षदेखि सो पुरस्कारको राशि जनही रू ५१ हजार पुर्‍याइने बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

उक्त कार्यक्रम विविध कारणले २०७४ र २०७५ सालमा हुन सकेको थिएन। यसपटक समारोहमा २०७३, २०७४ र २०७५ को राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान प्रदान गरिने बताइएको छ। नृत्य निर्देशक वसन्त श्रेष्ठ, राजु शाह र कविराज गहतराजले नृत्य प्रशिक्षण दिइरहेकोे छ भने उक्त समारोहमा कलाकार सरोज खनाल, गौरी मल्ल, सनी रौनियार, रमेश उप्रेती, दिलीप रायमाझी, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, रेजिना उप्रेतीलगायतले नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ।

यस्तै केदार घिमिरे, पुष्प खड्का, नीता ढुङ्गाना, पवित्रा आचार्य, बिमला केसी, छुल्ठिम गुरुङलगायत कलाकारको समेत सो समारोहमा प्रस्तुति रहने बोर्डले जनाएको छ। (रासस)

लोकप्रिय

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

घूससहित वडाअध्यक्ष पक्राउ

घूससहित वडाअध्यक्ष पक्राउ

२०७६, ३ मंसिर मंगलवार १७:४०

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

२०७६, ४ मंसिर बुधबार १४:२३

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

२०७६, ४ मंसिर बुधबार १८:०७

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

२०७६, ३ मंसिर मंगलवार १७:१७

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४

पर्यटकीय स्थलको प्रवद्धर्न

पर्यटकीय स्थलको प्रवद्धर्न

२०७६, २ मंसिर सोमबार १२:३९

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

२०७६, ३ मंसिर मंगलवार २०:०५

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

२०७६, ३ मंसिर मंगलवार १३:१२

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

२०७६, २ मंसिर सोमबार ११:२०

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

२०७६, ४ मंसिर बुधबार १७:४२

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

२०७६, ३ मंसिर मंगलवार १७:०६