काठमाडौँ – काम विशेषले भारतमा गएका कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ दोमिल्लाका सुरेन्द्र सिंह माल आफूलाई जबरजस्ती लिङ्ग परिवर्तन गराएको भन्दै मिडियामा आएकी छन्। मंगलबार रिपोटर्स क्लब नेपालमा आफ्ना बुवासँगै आएकी पीडित मालले आफूलाई न्याय र बाँच्न पाउने आधारको खोजी गरेको स्पष्ट पारिन्।

नेपालमा कक्षा १२ सम्मको पढाई सकेर काम र पढाईको सिलसिलामा भारतको जम्मु गएको बेला भारतको मेरठ घर भएका इलियास नाम गरिएका व्यक्तिले आफूलाई अहिलेको हालतमा पुर्याएको उनको भनाइ छ। उनले भनिन्, ‘मलाई इलियासले अपहरण गरेर लामो समय मलाई थाहै नभएका विभिन्न ठाउँमा राख्ने र विभिन्न काममा लगाउने काम गरे।’

सोही अवधिमा त्यहीँको एक अस्पतालमा आफूलाई बेहोस बनाएर जवरजस्ती आफ्नो लिङग परिवर्तन गराउने काम भएको उनले सुनाईन्। उनले घटना स्मरण गर्दैै भनिन्, ‘म त्यहाँ कुनै होटेलमा वेटरको काम गरिरहेको थिएँ, त्यही बेला एक जना नेपाली तेश्रो लिङ्गी महिलाले मलाई त्यहाँभन्दा दोब्बर तलब पाउने प्रलोभन देखाई आफ्नो डेरामा लगेर गएका थिए।’ एक÷दुई दिन आफूलाई कुनै काम नलगाए पनि पाकिस्तानले वायुमा कुनै हानिकारक ग्यास छोडेको भनेर त्यसको एन्टीबायोटिक औषधिको रुपमा आफूलाई अस्पतालबाट एक जना डक्टर र नर्स बोलाएर सिरिन्ज लगाएको र त्यसपछि होसमा आउँदा फेरि सिरिन्ज लगाएर महिनौँसम्म बेहोस बनाएर राखेको उनको भनाइ छ।

आफूलाई चार÷पाँच दिनमा होसमा आउँदा पुनः सिरिन्ज लगाएर बेहोस बनाई राखेको भन्दै उनले यस्तो प्रक्रिया तीन महिनासम्म चलेको उनले सुनाईन्। उनले थपिन्, ‘करिव साढे तीन महिनापछि मलाई थाहै नभएको अस्पतालबाट पुनः जम्मु ल्याए।’

आफूलाई जहाँ लैजाँदा पनि बेहोस बनाएर लैजाने गरेका कारण आफूलाई कहाँ, किन र के कारणका लागि लगिँदैछ भन्ने कुरा थाहा नभएको पनि उनले सुनाईन्। आफूलाई अस्तपालमा राख्दा महिलाको अंग बढाउने औषधि चलाएका कारण आफूमा महिलाको ‘हर्माेन’ विकास भएको उनले स्पष्ट पारिन्। आफ्नो लिङग परिवर्तन गराईसकेपछि दुई वर्षसम्म समलिङ्गीको समूहमा राखेर पैसा माग्न लगाउने, उनीहरुका कामहरु गर्न लगाउने र कमाएको पैसा लुटेर लैजाने गरेको पनि उनले बताईन्।

आफ्नो गोप्य अंग काटेर फालेको र लिङग परिवर्तन गराएको कुरा महसुस भएपछि आफूलाई सोध्नेसम्म आँट नभएको उनको भनाइ छ। अहिले आफ्नो लिङग काटेर फालेको र सिलाएर पिसाव गर्ने ठाँउमात्र राखेको भन्दै आफ्नो शरीरमा प्रजननसम्बन्धी कुनै विकास नभएको उनले बताइन्। आफ्नो शरीरभित्र पाठेघर नभएको र अहिलेसम्म रजस्वला पनि नभएको उनको भनाइ छ।

उनले अहिले आएर आफूमा महिलासम्बन्धी विचारहरु आए पनि आफू पूर्ण महिलाको रुपमा विकास भइनसकेको पनि सुनाईन्। ‘मलाई नपुंसक बनाइयो। मर्न जाँदा आमा पनि संगै मर्न जान खोज्छिन्। परिवारको गर्जो टार्न कामको लागि भारत गएको थिएँ। अहिले आफन्तको अगाडि मलाई बाँच्न नसक्ने बनाइयो,’ उनको भनाइ छ।

आफूलाई परेको गम्भिर समस्याको बारेमा सरकारको ध्यानाकर्षण होस् भन्दै आफू सञ्चारमाध्यममा आएको उनको भनाइ छ। मालले भनिन्, ‘जीवनमा के गरेर बाँच्ने? के खाने? कहाँ बस्ने? मलाई यी कुराले पिरोलेको छ, यी सबै कुराको सरकारले व्यवस्था गरिदिन पनि म यहीँबाट आग्रह गर्दछु। सरकारले कुनै रोजगारीको सुनिश्चितता गरिदिए म विगत बिर्सेर आफ्नो काममा लाग्ने थिएँ।’

करिव चार वर्षसम्म आफूले भारतमा नारकीय जीवन बिताएको भन्दै उनले आफूलाई यो हालतमा पुर्याउने आरोपीलाई जतिसक्दो चाँडो कानूनी कारवाहीको दायरमा ल्याउन नेपाल सरकार र मिडिया जगतले भूमिका खेलिदिनुपर्ने आग्रह गरिन्।

कञ्चनपुर प्रहरी कार्यालयमा उजुरी दिँदा प्रहरीले उजुरी लिन नमानेको उनको भनाइ छ। उनले भनिन्, ‘मेरो लािग प्रहरीले पनि कुनैै न्यायको प्रयास नगरेपछि ममा आत्महत्याको विचार पलाउदै आएको थियो, तर मलाई आत्महत्या गर्नबाट परिवारकै सदस्यले रोक्ने काम गर्नुभयो।’ प्रहरीसँग मुद्दा दर्ताको विषयमा जानकारी लिन खोज्दा उल्टै आफ्नो दाजुलाई दुई घण्टासम्म थुनामा राखेको पनि उनको भनाइ छ।

भिडियो हेर्नुहोस्:

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

२०७६, २९ आश्विन बुधबार २०:३४

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

२०७६, २९ आश्विन बुधबार २०:२५

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

२०७६, २९ आश्विन बुधबार १९:२१

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

२०७६, २९ आश्विन बुधबार १५:५३

पशुपतिनाथमा करिब ४५ किलो सुन !

पशुपतिनाथमा करिब ४५ किलो सुन !

२०७६, २९ आश्विन बुधबार ०७:०१

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

२०७६, ३० आश्विन बिहीबार १२:५६

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९