काठमाडौँ – क्याम्ब्रिज युनिभर्सिटीअन्तर्गत विभिन्न प्राज्ञिक कार्यक्रम तथा अंग्रेजी भाषाको परीक्षा सञ्चालन गर्दै आएको ब्रिटिस काउन्सिलमाथि कर नतिरेको बारे अनुसन्धान हुने भएको छ। उक्त काउन्सिलले नेपाल सरकारलाई कुनै किसिमको कर नतिरेको सम्बन्धमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्राचार गरी अनुसन्धान गर्न निर्देशन दिएको हो।

काठमाडौँस्थित ब्रिटिस काउन्सिल इण्डियामा रहेको ब्रिटिस काउन्सिलमातहत रहेको छ। काउन्सिलको मुख्य उद्देश्य दुई देशको संस्कृति, शैक्षिक गतिविधिहरू आदान प्रदान गर्नु रहेको बताइँदै  आए पनि अहिले नेपालबाट वर्षमा १ अर्बभन्दा बढीको शैक्षिक व्यापार गर्दै आएको जनाइएको छ।

गृह मन्त्रालय स्रोतले भन्यो, ‘आईईएलटीएसको परीक्षा सञ्चालन, कपी परीक्षकलाई भिसा प्रक्रियालगायत नेपाल सरकारलाई कर नबुझाएको सम्बन्धमा पत्राचार भएको छ।’ काउन्सिलले नेपालमा ती शैक्षिक कार्यक्रमहरू सञ्चालन गरेबापत बेलायतमा तोकिएको पाउण्ड स्टार्लिङकै दरभाउमा विद्यार्थीसित शुल्क असुल्दै आएको छ।

उसले भारत, पाकिस्तानलगायत मुलुकमा पनि त्यसैगरी शुल्क असुलिरहेको छ। यस्ता कार्यक्रम सञ्चालन गरेबापत ती देशहरूमा उक्त संस्थाले कर तिर्छ। तर, नेपालमा तिर्दैन। नतिर्नुको कारण खुलाएको छैन। काउन्सिललाई शैक्षिक परामर्शदाता संघ नेपाल (इक्यान) लगायत संस्थाले साथ दिँदै आएको बताइएको छ।

शिक्षा मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले दुई देशबीचको सम्झौताअनुसार कूटनीतिक नियोगले कर तिर्न नपर्ने बताउँछन्। ‘दुई पक्षीय सम्झौताअनुसार हुन्छ,’ मन्त्रालयका प्रवक्तासमेत रहेका अर्यालले घुमाउरो शैलीमा भने, ‘यसबारे सम्झौतापत्रमा के छ, हेरेर मात्र भन्न सक्छु।’

ब्रिटिस काउन्सिलले हरेक वर्ष काठमाडौं, पोखरा र चितवनमा हुने ‘इक्यान शैक्षिक मेला’को मुख्य प्रायोजकको भूमिका निर्वाह गर्दै आएको छ। काउन्सिलले आईईएलटीएसमा सबैभन्दा बढी संख्यामा विद्यार्थी दिने परामर्शदाता संस्थालाई इक्यान र आइरिन संघमार्फत् बेलायत भ्रमण गराउने गरेको छ।

लोकप्रिय

नेकपाको सचिवालय बैठक शुरु

नेकपाको सचिवालय बैठक शुरु

२०७६, ४ आश्विन शनिबार १६:३९

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड,  एकलाख डलरको खर्च

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड, एकलाख डलरको खर्च

२०७६, ३ आश्विन शुक्रबार १७:२१

सलमान र अक्षयको भिडन्त पक्का

सलमान र अक्षयको भिडन्त पक्का

२०७६, ३ आश्विन शुक्रबार १७:०८

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, ५ आश्विन आईतवार १४:५८

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

२०७६, ३ आश्विन शुक्रबार १३:१४

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

२०७६, ३ आश्विन शुक्रबार १२:५९

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

२०७६, ४ आश्विन शनिबार ०९:४८

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

२०७६, ४ आश्विन शनिबार १३:१८

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

२०७६, ४ आश्विन शनिबार १५:४५

‘रणहार’लाई मदन पुरस्कार प्रदान

‘रणहार’लाई मदन पुरस्कार प्रदान

२०७६, ३ आश्विन शुक्रबार १७:३६

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

२०७६, ४ आश्विन शनिबार १८:००

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

२०७६, ३ आश्विन शुक्रबार १६:०८

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

२०७६, ४ आश्विन शनिबार १०:५६

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

२०७६, ४ आश्विन शनिबार १०:२३

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

२०७६, ३ आश्विन शुक्रबार १०:५८