काठमाडौँ – पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ।

विभागले विज्ञप्ति जारी गर्दै सगरमाथालगायत ४१४ हिमालमध्ये कुनै पनि हिमाल आगामी वर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने वा केही समयका लागि रोक्ने भन्ने विषयमा विभागमा अनौपचारिक रूपमा समेत छलफल नभएको जनाएको छ।

आगामी केही वर्ष सगरमाथा आरोहण गर्न रोक्ने वा प्रतिबन्ध लगाउने सम्बन्धमा विभिन्न सञ्चार माध्यममा समाचार सम्प्रेषण भएकाप्रति विभागले गम्भीर ध्यानाकर्षण जनाउँदै उक्त विषय वस्तुगत नभएको हुँदा यस्ता अवास्तविक हल्लाका पछि नलाग्न सरोकारवाला सबैमा अनुरोध पनि गरेको छ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले सरकारले आरोहणका लागि खुल्ला गरेका सगरमाथालगायत हिमाललाई जोडेर पछिल्लो समय गलत प्रचार भइरहेको भन्दै त्यस्ता हल्लाको विश्वास नगर्न अपिल गरे। मुलुकको पर्वतारोहणलाई व्यवस्थित र सुरक्षित बनाउन विभागले सरोकार भएका निकायसँग समन्वय र छलफलका साथ अघि बढ्ने उनले बताए।

सन् २०१९ को वसन्तकालीन मौसम सम्पन्न भइसकेको र यस वर्षका अन्य मौसमका पर्वतारोहणसम्बन्धी कार्यहरु के कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा विभाग गहन ढङ्गले अघि बढेको जनाएको छ। नेपालको पर्वतीय पर्यटनलाई कसरी विश्वकै व्यस्थित र सुरक्षित बनाउने भनेर यस क्षेत्रमा विद्यमान समस्याको अध्ययन गरी समस्या समाधानका लागि सुझाव पेश गर्न गठित समितिले कार्यारम्भ गरिसकिएको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ।

लोकप्रिय

स्कटल्यान्डसँग पपुवा न्युगिनी झिनो रनले पराजित

स्कटल्यान्डसँग पपुवा न्युगिनी झिनो रनले पराजित

२०७६, ४ कार्तिक सोमबार १७:२८

अस्तव्यस्त फोहोर व्यवस्थापन

अस्तव्यस्त फोहोर व्यवस्थापन

२०७६, ५ कार्तिक मंगलवार १९:११

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

२०७६, ४ कार्तिक सोमबार २०:५५

दबगं – ३ को ट्रेलर रिलिज हुनेबित्तिकै भाईरल (ट्रेलर भिडियोसहित)

दबगं – ३ को ट्रेलर रिलिज हुनेबित्तिकै भाईरल (ट्रेलर भिडियोसहित)

२०७६, ६ कार्तिक बुधबार २०:२५

पत्रकारले धोनीको बारेमा साेद्धा काेहलीकाे यस्ताे कडा जवाफ

पत्रकारले धोनीको बारेमा साेद्धा काेहलीकाे यस्ताे कडा जवाफ

२०७६, ५ कार्तिक मंगलवार १७:४१

गेल र मालिगांलाई पछि पारे सन्दीपले, करोड बढी मुल्यमा अनुबन्धित

गेल र मालिगांलाई पछि पारे सन्दीपले, करोड बढी मुल्यमा अनुबन्धित

२०७६, ४ कार्तिक सोमबार १०:२४

पीपीएलको दोस्रो संस्करण डिसेम्बरमा हुने

पीपीएलको दोस्रो संस्करण डिसेम्बरमा हुने

२०७६, ४ कार्तिक सोमबार १६:५८

बढ्दै छ गायक शंकर कडेलको  ‘पूर्णिमा’ गीतको लोकप्रियता

बढ्दै छ गायक शंकर कडेलको ‘पूर्णिमा’ गीतको लोकप्रियता

२०७६, ४ कार्तिक सोमबार १५:५८

प्रकाश सपुतको नयाँ गीत ‘टिकामाला’ सार्वजानिक (भिडियो सहित)

प्रकाश सपुतको नयाँ गीत ‘टिकामाला’ सार्वजानिक (भिडियो सहित)

२०७६, ६ कार्तिक बुधबार १७:५८

११ बुँदे मागसहित हडतालमा उत्रिए बंगलादेशका क्रिकेटर

११ बुँदे मागसहित हडतालमा उत्रिए बंगलादेशका क्रिकेटर

२०७६, ५ कार्तिक मंगलवार १२:५३

टोनार्डोबारे पूर्व सूचना प्रणाली स्थापना गर्न जल तथा मौसम विज्ञान विभागको सुझाव

टोनार्डोबारे पूर्व सूचना प्रणाली स्थापना गर्न जल तथा मौसम विज्ञान…

२०७६, ६ कार्तिक बुधबार २०:२६

च्याम्पियन्स लिगमा स्लेभियाविरूद्ध भिड्दै बार्सिलोना

च्याम्पियन्स लिगमा स्लेभियाविरूद्ध भिड्दै बार्सिलोना

२०७६, ६ कार्तिक बुधबार १७:३२

दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध

दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध

२०७६, ५ कार्तिक मंगलवार १७:०८

एमबाप्पेले तोडे मेस्सीको किर्तिमान

एमबाप्पेले तोडे मेस्सीको किर्तिमान

२०७६, ६ कार्तिक बुधबार १३:२३

विश्वकप छनाेटमा केन्यासँग सिंगापुर पराजित

विश्वकप छनाेटमा केन्यासँग सिंगापुर पराजित

२०७६, ६ कार्तिक बुधबार १९:२१