काठमाडौँ – धितोपत्र बजारमा साताको शुरुवातदेखि नै ओरालो लागेको कारोवार मापक नेप्से परिसूचक मङ्गलबार भने उकालो लागेको छ। उतारचढावका बीच आज नेप्से परिसूचक २ दशमलव ९२ अङ्कले बढेर १ हजार २ सय ५० दशमलव २७ मा पुगेर थामियो।

त्यस्तै ठूला कम्पनीका शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक शून्य दशमलव २७ अङ्कले बढेर २ सय ६९ दशमलव ६ मा पुग्यो।

परिसूचक बढे पनि कारोवार रकममा भने खासै प्रगति देखिएन। स्टकका अनुसार आज १ सय ६५ कम्पनीका १६ लाख सात हजार ६ सय ७२ कित्ता शेयर रू ४६ करोड ८२ लाख ६३ हजार ७ सय ७० मा खरीद–बिक्री भएको छ। कारोवार भएका ११ मध्ये सात उपसमूहको शेयर मात्र बढेको छ भने चार उपसमूहको शेयर ओरालो लागेको छ। बैंक ३ दशमलव ८७, विकास बैंक ४ दशमलव १८, जलविद्युत् २ दशमलव २४, वित्त ४ दशमलव ९४, उत्पादन ३ दशमलव ८, अन्य १ दशमलव २६ र जीवन बीमा २४ दशमलव १२ अङ्कले बढ्दा होटल ५ दशमलव ६४, निर्जीवन बीमा ३७ दशमलव ५, लघुवित्त शून्य दशमलव ४१ र सामूहिक लगानी कोष शून्य दशमलव १ अङ्कले घटेका छन्।

स्टकका अनुसार कारोवार रकमका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर शीर्ष स्थानमा रह्यो। सो बैंकको ६ करोड २ लाख ९८ हजार ९४ रुपैँया ३० पैसामा कारोवार भयो। यस्तै लक्ष्मी बैंकको रू ४ करोड १३ लाख ३५ हजार २ सय ७७, नेपाल बैंक लिमिटेडको रू २ करोड ६८ लाख ११ हजार ८५३, एनआईसी एशिया बैंकको रू १ करोड ८९ लाख ५८ हजार ४ सय २९ र मेगा बैंक नेपालको शेयर रू १ करोड ७० लाख ८८ हजार ९ सय ३० मा खरीद बिक्री भएका छन्।

परिसूचक बढे पनि सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ४ दशमलव २८ प्रतिशतले गुमाएका छन्। यस्तै समिट लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर धनीले ३ दशमलव ९२, सिटी एक्स्प्रेस फाइनान्स कम्पनी ३ दशमलव ८४, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ३ दशमलव ४४ र एभरेष्ट इन्सुरेन्स कम्पनीका शेयरधनीले २ दशमलव ९६ प्रतिशतले गुमाएका छन्। इन्फिनिटी लघुवित्त वित्तीय लिमिटेडका शेयरधनीले ९ दशमलव ८५, मल्टिप्रपोज फाइनान्स कम्पनी लिमिटेड ८ दशमलव शून्य, राधी विद्युत् कम्पनी ७ दशमलव १४, लक्ष्मी लघुवित्त वित्तीय संस्था ३ दशमलव ९५ र गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३ दशमलव ६१ प्रतिशतले कमाएका छन्। (रासस)

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

२०७६, १ श्रावण बुधबार १९:३८

कर्मचारीको बढेको तलब आजदेखि लागू

कर्मचारीको बढेको तलब आजदेखि लागू

२०७६, १ श्रावण बुधबार १८:३१

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

२०७६, १ श्रावण बुधबार १६:५७

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा नपाइने

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा…

२०७६, ३१ असार मंगलवार १९:३८

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

२०७६, १ श्रावण बुधबार १३:००

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

२०७६, ३० असार सोमबार १६:३३

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

२०७६, १ श्रावण बुधबार ०९:२६

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

२०७६, ३१ असार मंगलवार १४:२७

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

२०७६, ३० असार सोमबार १४:११

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

२०७६, ३१ असार मंगलवार १९:३०

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

२०७६, १ श्रावण बुधबार ०८:३९