काठमाडौँ – राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले चालू आवकाे जेठ मसान्तसम्म ६ हजार ५ सय २० नमुना परीक्षण गरेको छ। विभिन्न निकायबाट आएका १ हजार ७ सय ७० मुद्दामा यी नमुना परीक्षण भएको प्रयोगशालाले जनाएको छ।

गत ११ महिनामा ६ हजार ४ सय ६८ नमुना प्राप्त भएको र गत आवको ७ सय ३० बाँकी नमुनाबाट यो परीक्षण गरिएको प्रयोगशालाले जनाएको छ। प्रयोगशालामा विषविज्ञान (टक्सिकोलोजी)मा सबैभन्दा बढी परीक्षण भएको प्रयोगशालाका कामु कार्यकारी अधिकृत वीरेन्द्रराज शाक्यले बताए।

विषविज्ञानअन्तर्गत सङ्कलन भएका ५ सय ५९ मुद्दाका १ हजार १ सय ४८ नमुना परीक्षण भएको उनले जानकारी दिए। रसायशास्त्रमा ५ सय, जीवविज्ञान तथा वन्यजन्तुमा १ सय २१, डीएनए १ सय ७३ र विवादित प्रलेखमा ४ सय १७ मुद्दाको परीक्षण भएको थियो।

प्रयोगशालाले यहाँ आएका मुद्दाका आधारमा नयाँनयाँ प्रविधि र उपकरण भित्र्याइरहेको कामु कार्यकारी अधिकृत शाक्यले बताए। विश्वका अरू देशमा भएका प्रविधि र उपकरणलाई भित्र्याएर प्राप्त मुद्दाको वैज्ञानिक रूपमा परिणाम दिने गरिएको छ।

यस प्रयोगशालामा सबैभन्दा बढी अदालतबाट नै मुद्दा आउने गरेका छन्। यीबाहेक राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण केन्द्र, वन विभाग, जिल्ला वन कार्यालय, प्रहरी, श्रम विभाग, जिल्ला प्रशासन कार्यालयलगायतका निकायबाट समेत मुद्दा आइरहेका छन्। न्यायिक सुधार समितिको सुझावका आधारमा विसं २०६२ मा प्रयोगशाला स्थापना भएको थियो। (रासस)

लोकप्रिय

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७