सिर्जना कार्की, रुकुम (पूर्व) – रुकुम (पूर्व)मा निकै आकर्षक र महत्त्वको नयाँ पर्यटकीय गन्तव्य पत्ता लागेको छ। पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १२ को कोलस्थित एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझैँ देखिने तीन ठूला गुफा भेटिएका हुन्।

गुफा भेटिएपछि त्यहाँका स्थानीय सबै मिलेर ती गुफाको मगर खाम भाषाबाट नामकरण पनि गरेका छन्। एउटा गुफाको नाम ‘मि कुङ’ नामकरण गरिएको छ। मगर खाम भाषामा मिको अर्थ मान्छे र कुङको अर्थ ओढार वा गुफा भन्ने बुझिन्छ।

अहिले भेटिएकामध्ये सबैभन्दा ठूलो यस गुफाभित्र ५० जना अटाउन सक्ने ठाउँ रहेको छ। यस गुफामा केराको घरीका जस्ता आकृति र चमेरा पनि थुप्रै रहेको पुथा उत्तरगङ्गा गाउँपालिका–१२ का वडाध्यक्ष गङ्गाबहादुर पुनले बताए। त्यसैगरी गुफामा मनै लोभ्याउने खालका कलाकृति देख्न सकिने पनि उनी बताउँछन्।

उनका अनुसार जमिन सतहबाट २५ मिटरभित्र पसेपछि मात्र गुफाको सतह भेटिन्छ। वडाध्यक्ष पुनले भने, “योभन्दा अगाडि मैले पोखरा र रुकुमकोट लगायतका ठाउँमा रहेका गुफाहरू हेरेको छु तर कोलमा भेटिएका यी गुफा ती गुफाभन्दा निकै ठूला, आकर्षक र अनौठा खालका छन्।” यस गुफामा खुट्टा डुबाउने खालको पानी रहेको पनि उनले बताए।

त्यसैगरी नजिकै अर्को गुफा रहेको छ। त्यस गुफाको नाम ‘सुनरी कुङ’ अर्थात् सुनपानी गुफा नामकरण गरिएको छ। त्यस गुफामा सुनको जस्तै रङमा विभिन्न आकृति भेटिएका छन्। जुन गुफामा भित्र प्रवेश गरेपछि सुनैको महलमा छिरेझैँ आभास हुने गर्दछ। जता हेरे पनि सुनजस्तै पहेँला चम्किने बिरुवाको पातको आकृतिले मनै लोभ्याइदिन्छ।

त्यसैगरी अर्को गुफा रहेको छ, त्यस गुफाको नाम ‘चाँदी कुङ’ नामकरण गरिएको छ। जहा चाँदीको जस्तो रङमा कुँदिएका अकृति तथा गुफा नै चाँदीको रङमा देख्न सकिने अध्यक्ष बुढाले बताए । यस गुफाको एउटा अचम्मको विशेषता रहेको छ। गुफाभित्र केही वस्तु राखियो भने केही वर्षभित्रै त्यो चिजलाई पनि चट्टानले विस्तारै छोपिदिने र त्यस वस्तु पनि चट्टानझै देखिन्छ।

गुफाभित्र कुनै पनि चिज राखेर त्यसलाई आफूले भनेजस्तै चट्टानमा परिवर्तन गर्न सकिने सम्भावना रहेको अध्यक्ष पुनको भनाइ छ। चाँदी कुङबाट निस्केको पानी अहिले एउटा सानो झरना बनेर उत्तरगङ्गामा मिसिएर बगिरहेको छ।

यी गुफालाई स्थानीयले पहिले पनि देखेको तर यसतर्फ त्यति चासो नदिएका कारण यसका बारेमा कसैले थाहा पाउन सकेका थिएनन्। तर, स्थानीय सरकार र अहिलेका युवाले यी गुफाका बारेमा चासो दिएर खोजीनीति गर्न थालेपछि गुफाहरूको यो रहस्य खुल्न गएको स्थानीयवासी बताउँछन्।

कोल गाउँभन्दा तलतिर गुफाहरू रहेका छन्। तर, ती गुफामा पुग्नका लागि धेरै वर्षपहिले गाउँभन्दा माथिबाटै सुरुङमार्ग रहेको स्थानीयवासीको दाबी छ। कोलका पूर्वप्रधानपञ्च ६९ वर्षीय गनबहादुर पुनले धेरै वर्ष अगाडि शिकारीले लखेटेको मृग यी तीन गुफाभन्दा दुई किलोमिटर माथि रहेको ‘निम कुङ’ नाम गरेको गुफाबाट छिरेको र त्यस मृगलाई लखेट्दै गएको कुकुुर एक हप्तापछि दुई किलोमिटर तल अहिले भेटिएको गुफाबाट बाहिर निस्किएको किंवदन्ती रहिआएको सुनाए।

निमको अर्थ मगर खाम भाषामा भालु हो । यस गुफामा भालु लुक्ने भएकाले निम कुङ नाम राखिएको स्थानीयवासी हिक्मत प्रतेलले बताए। यो गुफामा पनि उज्यालोको सहायताले २५ मिटरभित्र जान सकिन्छ।

जनयुद्धकालमा गुरिल्ला लुकेको गुफा

यी गुफाहरू जनयुद्धकालमा माओवादी लडाकुले प्रयोग गरिएको पनि पाइएको छ। गुफाका अनुसन्धानमा भित्र छिरेका स्थानीय युवाले जनसेनाले प्रयोग गरेका लाल्टिन, पार्टीका ब्यानर र पोस्टर फेला पारेका छन्। दुई वर्षअघि अर्को गुफामा स्थानीयवासीले लुकाइराखेको अवस्थामा बन्दुकसमेत फेला पारेका थिए।

अहिले यी गुफामा पुग्नका लागि बाटो भने सहज छैन। बाहिरबाट आएका जो कोहीले सजिलै गुफा पत्ता लगाउन सक्दैनन्। थाहा पाएका स्थानीयवासीसँगको सहकार्यमा मात्र गुफा पुग्न सकिने स्थानीयवासी बताउँछन्। यस गुफाको पहिचानका लागि गत वर्ष वडाले रु. १ लाख छुट्याएको वडाध्यक्ष पुनले बताए।

त्यसैगरी रुकुम (पूर्व)का प्रदेशसभा सदस्य तेजबहादुर ओलीले आफूले अहिलेसम्म हेरेका गुफामध्ये यी गुफा बिल्कुलै नयाँ र फरक खालका गुफा रहेको बताए। भर्खरै पत्ता लागेका यी गुफाको पहिचान, प्रचारप्रसार तथा संरक्षण र विकासका लागि पहल गर्ने र यसलाई रुकुम (पूर्व)को पर्यटकीय गन्तव्यका रूपमा चिनाउने बताए ।

आवश्यक प्रचारप्रसार र पूर्वाधारको विकास गर्न सके यी गुफा पर्यटकीय गन्तव्यका रूपमा चिनिने र स्थानीयवासीका लागि आयआर्जनको एउटा राम्रो स्रोत बन्ने उनको भनाइ छ। (रासस)

लोकप्रिय

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

२०७६, ३ कार्तिक आईतवार १०:४०

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः यूएईविरुद्ध ओमान विजयी

टी–२० विश्वकप छनोटः यूएईविरुद्ध ओमान विजयी

२०७६, २ कार्तिक शनिबार १०:५६

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६

बर्मुडामाथि पपुवा न्युगिनीको शनसनीपूर्ण जित

बर्मुडामाथि पपुवा न्युगिनीको शनसनीपूर्ण जित

२०७६, २ कार्तिक शनिबार १४:५०

डब्लुसीएलः चितवनसामु निरिह ललितपुर, रितुको अर्धशतकीय पारी

डब्लुसीएलः चितवनसामु निरिह ललितपुर, रितुको अर्धशतकीय पारी

२०७६, १ कार्तिक शुक्रबार १६:३०

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

२०७६, ३ कार्तिक आईतवार १३:४०

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

२०७६, ३ कार्तिक आईतवार १७:०६

प्रियंकाले दर्शकको मन जित्न सकिनन् ‘द स्काई इज पिंक’ बाट .

प्रियंकाले दर्शकको मन जित्न सकिनन् ‘द स्काई इज पिंक’ बाट…

२०७६, २ कार्तिक शनिबार ०८:०९