काठमाडौँ – ताप्लेजुङ नाङखोल्याङ (हाल: याङबरक गाउँपालिका)का केन्द्रविक्रम थलङ पेसाले शिक्षक हुन्। तर, उनमा संगीतको भोक पनि कम थिएन। गीतसंगीतमा लाग्ने उनको अत्यन्त ठूलो धोको थियो।

आफूले संकलन गरेको यो गीत उनी आफ्नै स्वरमा रेकर्ड गरान चाहन्थे। तर समय अभावकै कारण सकेनन्। अरूले नै गाएकाे यो गीत एक समय चर्चित बनेको थियो। तर, बाध्यतावश यस्ता चर्चित गीतका सर्जक उनले संगीत कर्मलाई निरन्तरता दिन सकेनन्। शिक्षण पेसालाई समेत सँगसँगै अगाडि बढाउनुपर्ने भएपछि गीतसंगीतमै भविष्य डोहोर्‍याउने उनको सपना केवल सपनामै सीमित रह्यो, पूरा गर्न सकेनन्। उनको त्यही सपना पूरा गर्न लागिपरेका छन्, उनका छोरा कञ्चन थलङ।

कञ्चन भन्छन्, ‘बुवाले गायन क्षेत्रमा निरन्तरता दिन सक्नुभएन। गायक बन्ने उहाँको ठूलो सपना थियो। त्यही सपना पूरा गर्ने कोसिस म गरिरहेको छु।’ बुवाको सपनालाई पूरा गर्न लागिपरेका कञ्चन पछिल्लो समय गायनसँगै अभिनयको क्षेत्रबाट पनि आफूलाई चिनाउँदै गइरहेका छन्। कञ्चनले दर्जनौँ गीतमा स्वर दिएका छन्, संगीत भरेका छन्। त्यति नै संख्यामा म्युजिक भिडियोमा अभिनयसमेत गरेका छन्।

बुवा केन्द्रविक्रम थलङसँग कञ्चन।

कञ्चनको सानैदेखि गीत/संगीतमा रुचि थियो। उनले नाङ्खोल्याङकै कालिका माध्यमिक विद्यालय (हाल उच्च मावि)मा १० कक्षासम्म अध्ययन गरेका हुन्। विद्यालयमा आयोजना हुने हरेक गायन प्रतियोगितामा उनको सहभागिता हुन्थ्यो।

भनिन्छ, प्रेरणाले नै मानिसलाई आत्मविश्वासी बनाउँछ र सफलताको बाटोतर्फ डोहोर्‍याउँछ पनि। त्यस्तै प्रेरणा मिलेको थियो कञ्चनलाई। २०५७ सालमा उनले पाँचथरको अमरपुरमा भएको एउटा कार्यक्रममा गीत गाएका थिए। उनले त्यो गीत सुनेर र प्रस्तुति देखेर कार्यक्रमका प्रमुख अतिथिले उनलाई व्यक्तिगत पुरस्कार दिए।

आफूलाई त्यसैबाट ठूलो प्रेरणा मिलेको कञ्चन बताउँछन्। ‘गीत गाउने सानैदेखिको इच्छा लुकाउन सकेको थिइनँ। त्यसकारण हरेक कार्यक्रममा गाउन पुगिहाल्थेँ। अमरपुरमा गाउँदा भने मलाई ठूलो प्रेरणा मिल्यो,’ उनी भन्छन्।

हरेक व्यक्तिको जीवनमा कहीँ न कहीँ ‘टर्निङ प्वाइन्ट’ आउँछ भनेझैँ उनको जीवनमा पनि अमरपुरको कार्यक्रमबाट ‘टर्निङ प्वाइन्ट’ आयो। सोही कार्यक्रमपछि उनले निर्णय गरे, अब गीत/संगीत क्षेत्रमै लागिरहने। त्यसयता उनी गीत/संगीत क्षेत्रलाई निरन्तरता दिइरहेका छन्।

२०६२/६३ तिर कञ्चन गीत गाउनका लागि पहिलोेपटक धरान झरेका थिए। नाम चलेका गायकहरू र सयौँ दर्शकमाझ गीत गाउनु नै उनका लागि चुनौती थियो। त्यसमा राम्रो गाएर आयोजकको मन जित्नु थप अर्को चुनौती।

तर, उनका लागि त्यो दिन चुनौती मात्र बनेन, आफूमा भएको कलालाई चिनाउने र सबैसामु प्रस्तुत गर्ने सुनौलो अवसर पनि बन्यो। उनको कला र प्रस्तुुति देखेर आयोजकले उनलाई अरू कार्यक्रमहरूमा पनि आउन अनुरोध गरे। अर्थात्, कञ्चनको कला र गलाले धराने आयोजक र धराने दर्शक श्रोताको मन जितिसकेको थियो।

त्यसपछि उनलाई सांगीतिक क्षेत्रमा लाग्न थप हौसला मिल्यो। ‘विभिन्न कार्यक्रममा प्रस्तुति दिँदा दर्शक, श्रोता र आयोजकबाट पाइने हौसलाले मलाई गीत/संगीत क्षेत्रमा लागिरहन ऊर्जा मिल्यो। हो, त्यही ऊर्जाले मलाई डोहोर्‍याइरहेको छ,’ उनी भन्छन्।

गाउँकै विद्यालयबाट एसएलसी पास गरेका कञ्चनले आईए पढ्नका लागि भने इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसलाई रोजे। कारण, इलाममा संगीत पनि सिक्न पाइन्थ्यो। उनले युनिभर्सल संगीत विद्यालयमा संगीतको कक्षा लिन थाले।

‘इलाम सांगीतिक माहोल भएको ठाउँ हो। त्यसैले म पनि पढाइसँगै संगीत सिक्नका लागि इलाम झरेको थिएँ। त्यहाँ पढ्नुभन्दा पनि संगीत सिक्नु मेरो प्रमुख उद्देश्य थियो,’ कञ्चन विगत सम्झिन्छन्।

इच्छा र चाहना हुँदैमा मात्र त्यो पूरा हुँदैन। त्यसका लागि संघर्ष, मेहनत र निरन्तरता चाहिन्छ। मेहनत गर्‍यो भने केही असम्भव हुँदैन भन्ने मान्यताका साथ अघि बढेका कञ्चन इलाममा संगीत सिकेपछि धरान झरे।

धरान आफैँमा एक सांगीतिक शहर हो। त्यहाँको सांगीतिक माहोलमा चिनिएर जम्न सक्नु उनका लागि चुनौतीसँगै अवसर पनि थियो। त्यहाँ उनका काका सन्तोष थलङ पनि गीत लेखनमै क्रियाशील थिए। त्यसकारण उनलाई धरानमा रहेर सांगीतिक यात्रामा थप अगाडि बढ्न सहज भयो।

धरानमा कञ्चनले संगीतालयमा गाउने गर्थे। साप्ताहिक रूपमा त्यहाँको सुरसाँझ संगीतालय र सरगम संगीतालयमा गाउनेसँगै उनले एल्मुनियमको कामसमेत गर्न थाले। गीत/संगीतमै उनले धरानमा ६ वर्ष बिताए। ‘इलाममा संगीत सिकेर धरानमा आफूभित्र भएको सांगीतिक क्षमतालाई चिनाउने मौका पाएँ,’ उनले भने।

सानैदेखि गीत/संगीतमा रुचि राख्ने कञ्चनले २०६३ सालसम्म आइपुग्दा थुप्रै कार्यक्रममा सहभागिता जनाउँदै प्रस्तुति दिइसकेका थिए। केही कार्यक्रममा पुरस्कृतसमेत भइसकेका कञ्चनको उद्देश्य थियो, गीत रेकर्ड गराउने।

२०६३ सालमा उनको त्यो इच्छा पनि पूरा भयो। उनले ‘आशा तिम्रो छ…’ बोलको पहिलो गीत रेकर्ड गराए। पहिलो गीत रेकर्ड गराउँदाको अनुभव सुनाउँदै उनले भने, ‘खुसीको कुनै सीमा थिएन। तर, अझै राम्रो गर्नुपर्ने आफूमा चुनौती थपिएको महसुस भएको थियो।’ उक्त गीतमा शब्द संगीतसमेत कञ्चनकै थियो।

‘दुम्से भाले भीमसेनजीलाई’बोलको गीत कञ्चनको दोस्रो गीत हो। उक्त गीतले नै कञ्चनलाई चिनाएको हो। सांस्कृतिक गीत भएकाले धेरैले मन पराएको कञ्चनको भनाइ छ।

लगातार दुईवटा गीत बजारमा ल्याएपछि कञ्चन म्युजिक भिडियोमा देखिए। दीपा लिम्बू राईको शब्द, गणेश गुरुङको संगीत र युगल पोमूको निर्देशन रहेको ‘धेरै दिन बित्यो…’ बोलको म्युजिक भिडियोमा उनलाई मिस लिम्बू सिजन–२ की विजेता मेरिना पोमूले साथ दिएकी छन्। ‘चिसो चिसो छ मौसम…’ बोलको गीत केही समयअगाडि मात्रै उनले बजारमा ल्याएका हुन्। यस गीतको भिडियोमा सोना पालुङ्वासँग कञ्चनले नै अभिनय गरेका छन्।

हाल काठमाडौँमा बस्दै आएका कञ्चनले आफ्नो १० वटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन्। यसैगरी उनले अरूको दुई दर्जन बढी म्युजिक भिडियोमा पनि अभिनय गरेका छन्।

यूमा आर्ट्सले आायोजना गरेको लिम्बुवान आइडलमा पूर्वका ९ जिल्लाबाट सयौँ प्रतिस्पर्धी थिए। ताप्लेजुङ आइडललाई पनि प्रतिस्पर्धामा सहभागी गराइएको थियो। अन्ततः सबै प्रतिस्पर्धी र ताप्लेजुङ आइडललाई समेत पछि पार्दै कञ्चन २०६९ सालमा पहिलो ‘लिम्बुवान आइडल’ बन्न सफल भए।

उनी भन्छन्, ‘आइडल बनेपछि ममाथि थप जिम्मेवारी थपिएको महसुुस गरेँ। आइडल हुनुभन्दा अगाडि नै केही गीतले मलाई चिनाइसकेको थियो। आइडलले आमश्रोता र दर्शकमाझ चिनाउन मद्दत गर्‍यो।’ लिम्बुवान आइडल बनेपछि उनले १० वटा गीत समेटिएको ‘हाम्रो यात्रा’ एल्बम निकालेका छन्। उक्त एल्बममा केन्द्र विक्रम थलङ, बिरेन्द्र हाङ लाबुङ, भद्रकला आङ्बुहाङ, राजु आङ्देम्बे, हाङपाल आङ्बुहाङ, यासेली योङ्हाङ, सन्त कुमार आङ्देम्बे, अबिनाश आङ्बुहाङ, नीलम आङ्बुहाङ राई, दीपा लिम्बू राईलगायतको शब्द छन्।

गत वर्ष निर्माण गरिएको चलचित्र ‘थात्थलो’मा कञ्चनले नायकको भूमिका निर्वाह गरेका छन्, जुन उनको पहिलो चलचित्र हो। उनले थात्थलोमा मुख्य पात्र ‘चुम्मे’को भूमिकामा अभिनय गरेका छन्।

उनले भने, ‘चलचित्र खेल्नुअघि धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका कारण पहिलो चलचित्रमा नै नायकका रूपमा अभिनय गर्ने मौका पाएँ। चलचित्र राम्रो बनेको छ।’ युवाले स्वदेशमै केही गर्नुपर्छ भन्ने सन्देशमा आधारित उक्त चलचित्रमा नेपालीमूलकी बर्मेली नायिका सुमी लिम्बूले कञ्चनलाई साथ दिएकी छन्।

किशोरकुमार पंधाक र सीता तुम्बापो पन्धाकको निर्माण तथा खगेन्द्र पंधाकले निर्देशन गरेको चलचित्रको हङकङमा प्रिमियर–शो गरिसकिएको छ। त्यस्तै देश तथा विदेशका विभिन्न शहरमा विशेष शो पनि भइसकेको छ। अझै केही शहरमा विशेष शो गर्ने तयारीका लागि कञ्चन पनि प्रचारप्रसारमा लागिरहेका छन्।

लोकप्रिय

नेकपाको सचिवालय बैठक शुरु

नेकपाको सचिवालय बैठक शुरु

२०७६, ४ आश्विन शनिबार १६:३९

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड,  एकलाख डलरको खर्च

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड, एकलाख डलरको खर्च

२०७६, ३ आश्विन शुक्रबार १७:२१

सलमान र अक्षयको भिडन्त पक्का

सलमान र अक्षयको भिडन्त पक्का

२०७६, ३ आश्विन शुक्रबार १७:०८

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

२०७६, ३ आश्विन शुक्रबार १३:१४

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, ५ आश्विन आईतवार १४:५८

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

२०७६, ३ आश्विन शुक्रबार १२:५९

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

२०७६, ४ आश्विन शनिबार ०९:४८

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

२०७६, ४ आश्विन शनिबार १३:१८

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

२०७६, ४ आश्विन शनिबार १५:४५

‘रणहार’लाई मदन पुरस्कार प्रदान

‘रणहार’लाई मदन पुरस्कार प्रदान

२०७६, ३ आश्विन शुक्रबार १७:३६

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

२०७६, ४ आश्विन शनिबार १८:००

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

२०७६, ३ आश्विन शुक्रबार १६:०८

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

२०७६, ४ आश्विन शनिबार १०:५६

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

२०७६, ४ आश्विन शनिबार १०:२३

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

२०७६, ३ आश्विन शुक्रबार १०:५८