नीरज गौतम, नेपालगञ्ज – दुई दिनदेखिको अविरल वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिकामा आएको बाढीले बेतहनी सडकखण्डको कजवे डुबाएको छ।

सो गाउँपालिका–२ स्थित कजवे डुुुबाउँदा साइकल तथा मोटरसाइकल ओहोरदोहोर गर्नसमेत अप्ठ्यारो भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए। बाढीले धान रोप्न तयारी अवस्थामा रहेका खेतसमेत डुबाएको छ भने धानको ब्याडमा पनि क्षति पुृर्‍याएको छ । सोमबार र मङ्गलबार रातभरि परेको पानीले डुडुवामा बाढी आउँदा डुडुवा गाउँपालिकाको बेतहनीमा केही घरसमेत डुबानमा परेको अध्यक्ष चौधरीले बताए।

सो गाउँपालिकाको वडा नं ३ राजारामपूर्वाका मोलहे अहिरका तीनवटा भैँसी बाढीले बगाएर मरेका छन्। यसैबीच, जिल्ला विपद् व्यवस्थापन समितिले बाँकेको राप्ती नदीमा बाढी आउन सक्ने सम्भावनाका कारण नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी गराए।

यसैगरी, नेपालगञ्जमा परेको दुई दिनदेखिको अविरल वर्षाका कारण नगरका होचा बस्ती डुबानमा परेका छन्। ढल तथा नालाको निकास थुनिँदा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडा डुबानमा परेका हुन्। नालाको निकास नहुँदा स्थानीय बेलासपुर, रानी तलाउ, महेन्द्रपार्क, घरबारीटोल, बेलासपुर, न्यूरोड, गणेशपुर, बाँकेगाउँ, कोरियनपुर, भृकुटीनगर, कारकाँदो, राँझालगायत क्षेत्र जलाम्य भएका छन्।

ढलको निकास थुनिएर बस्तीमा पस्दा नेपालगञ्ज– १० स्थित जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती डुबानमा परेको छ। थुनिएको नालाको निकास खोल्न उपमहानगरपालिकाले तदारुकता नदेखाएकोे स्थानीयवासीको गुनासो छ। एशियाली विकास बैंकको अर्बौं ऋण सहयोग खर्च गरेर नगरभरि सडक र नाला बने पनि डुबान समस्या समाधान नहुँदा नेपालगञ्जवासी आक्रोशित भएका छन्।

नगर प्रमुख डा धवलशम्शेर राणाले अर्को वर्षदेखि डुबानको समस्या नरहने प्रतिक्रिया दिनुभएको छ । ‘नाला सफा गर्ने मेशिन किन्दैछौँ, अर्को वर्षको वर्षात् अगावै नेपालगञ्जका सबै नाला मर्मत गरेर सफाइ गरिनेछ,’ नगर प्रमुख राणाले भने। रासस

लोकप्रिय

साेमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

साेमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ५ फाल्गुन सोमबार २०:१८

इलेक्ट्रिक कार चार्ज गर्न सकिने पावर बैंककाे विकास

इलेक्ट्रिक कार चार्ज गर्न सकिने पावर बैंककाे विकास

२०७६, ६ फाल्गुन मंगलवार २०:३४

होसीयारः यौनजीवनसँग आबद्ध महिलामा हुनसक्छ, पाठेघरको मुखको क्यान्सर

होसीयारः यौनजीवनसँग आबद्ध महिलामा हुनसक्छ, पाठेघरको मुखको क्यान्सर

२०७६, ६ फाल्गुन मंगलवार १०:१३

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त रुपमा गर्ने

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त…

२०७६, ७ फाल्गुन बुधबार १६:१५

प्रदेशस्तरमा फर्म दर्ता विधेयकमा छलफल

प्रदेशस्तरमा फर्म दर्ता विधेयकमा छलफल

२०७६, ५ फाल्गुन सोमबार १८:१४

तेन्दुलकरलाई ‘लउरेस स्पोर्टिङ मोमेन्ट’ अवार्डबाट सम्मानित

तेन्दुलकरलाई ‘लउरेस स्पोर्टिङ मोमेन्ट’ अवार्डबाट सम्मानित

२०७६, ६ फाल्गुन मंगलवार १७:५६

चौथो इन्द्रदह पर्यटन उत्सव चन्द्रागिरि नगरपालिकामा हुने

चौथो इन्द्रदह पर्यटन उत्सव चन्द्रागिरि नगरपालिकामा हुने

२०७६, ५ फाल्गुन सोमबार १४:५२

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

२०७६, ६ फाल्गुन मंगलवार १७:५४

टेलिकमको आकर्षक अनलिमिटेड डाटा र भ्वाइस प्याक, यसरी प्रयोग गर्नुहोस्

टेलिकमको आकर्षक अनलिमिटेड डाटा र भ्वाइस प्याक, यसरी प्रयोग गर्नुहोस्

२०७६, ५ फाल्गुन सोमबार १५:०५

हजार रुपियाँको लगानी दस वर्षमा करोडपति

हजार रुपियाँको लगानी दस वर्षमा करोडपति

२०७६, ५ फाल्गुन सोमबार ०७:१९

वैदेशिक सहयोगमा निर्माण भएका सडकमा समस्या

वैदेशिक सहयोगमा निर्माण भएका सडकमा समस्या

२०७६, ५ फाल्गुन सोमबार २०:४६

शिवकर्थिकेनकाे फिल्म ‘डाक्टर’ को फर्स्ट लुक सार्वजनिक

शिवकर्थिकेनकाे फिल्म ‘डाक्टर’ को फर्स्ट लुक सार्वजनिक

२०७६, ५ फाल्गुन सोमबार १७:३०

नेप्सेमा उच्च अङ्कको वृद्धि

नेप्सेमा उच्च अङ्कको वृद्धि

२०७६, ५ फाल्गुन सोमबार १७:२५

‘मिर्मिर कपालैमा’ लिएर आए  घोरासैनी

‘मिर्मिर कपालैमा’ लिएर आए  घोरासैनी

२०७६, ६ फाल्गुन मंगलवार ०८:५१

पर्यटक बढाउन ‘चितुवा’

पर्यटक बढाउन ‘चितुवा’

२०७६, ६ फाल्गुन मंगलवार १५:२६