धनगढी – कैलाली र कञ्चनपुरको सीमावर्ती मोहना राजघाटमा निर्माणाधीन पुलको म्याद दुई पटक थप भइसकेको छ। तर दोस्रो पटकको म्याद सकिन लाग्दा पनि पुलको काम भने ५५ प्रतिशतभन्दा बढी हुन सकेको छैन।

आठ करोड रुपैयाँ लागतमा तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनी एलाइड एड्भेञ्चरसँग २०७१ असारमा सम्झौता भएको थियो। २०७४ साल असारमा म्याद सकिँदा पुलको काम २० प्रतिशत मात्रै काम भएको थियो। त्यसपछि थपिएको १ वर्षमा पनि आधा मात्र काम भएपछि सडक डिभिजन कार्यालयले पुनः म्याद थप गर्दै २०७६ असार मसान्तसम्मको लागि अन्तिम मौका दिएको थियो। तर अन्तिम मौकासम्म पनि निर्माण कम्पनीले पुलको काम ५५ प्रतिशत मात्रै सम्पन्न गरेको छ। ठेकेदार कम्पनीले बन्द, हड्तालले काम गर्न बाधा पुगेको कारण देखाउँदै म्याद थप गराउँदै आएको छ।

कृष्णपुर नगरपालिका रैकवारबिचुवाका जनताले दैनिक आवतजावतमा प्रयोग गर्ने राजघाट पुल ठेकेदारको लापारबाहीका कारण अझै अनिश्चित बनेको छ। यसतर्फ सम्बन्धित निकायले पनि चासो नदिएको स्थानीयहरुको गुनासो छ। समयमै पुल नबन्दा उनीहरु समस्यामा छन्।

गत वर्ष मुख्यमन्त्री त्रिलोचन भट्ट र भौतिक पुर्वाधार विकासमन्त्री पठान सिंह बोहराले पुल निर्माण स्थलमै गएर ठेकेदार चन्द्रशेखर मल्ललाई १ वर्षमा पुल निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए। तर मुख्यमन्त्री र मन्त्रीले निर्देशन दिएको एक वर्ष पुग्दा पनि काम भने अधुरै छ। पुलको काम निराशाजनक रहेको सव-डिभिजन कार्यालय धनगढीका इञ्जिनियर महेन्द्र पन्तले बताए। ‘ठेकेदारलाई जति भने पनि लागेन, त्यो पुलले बदनामै गराउने भयो,’ उनले समस्या सुनाए।

एलाइड एडभेञ्चर प्रालिका इञ्जिनियर दिनेश बटालाले पुलको ६५ प्रतिशत काम सम्पन्न भइसकेको दावी गरे। विगतमा विभिन्न बाधा अवरोधले पुल निर्माण कार्य सुस्त रहे पनि हाल निर्माण कार्य तीव्र भइरहेको उनको दावी छ। अब एक वर्ष म्याद थपिएमा पुल निर्माण कार्य सम्पन्न हुने उनी बताउँछन्।

तीन वटा स्लाव हुने सो पुलको एक साताअधि एउटा स्लाव हालिएको छ। सव–डिभिजन कार्यालयका इञ्जिनियर पन्तका अनुसार केबुल तार सहितको नयाँ प्रविधिको पुल भएकाले स्लाव हालेको २८ दिनपछि मात्रै केबुल तार तान्न मिल्छ। उनका अनुसार केबुल तान्नुभन्दा अगाडि नै वर्षा भएमा बनेको स्लावसहित नदीले पुल बगाउने अवस्था आउनसक्छ।

लोकप्रिय

घूससहित वडाअध्यक्ष पक्राउ

घूससहित वडाअध्यक्ष पक्राउ

२०७६, ३ मंसिर मंगलवार १७:४०

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

२०७६, ३ मंसिर मंगलवार १७:१७

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

२०७६, २ मंसिर सोमबार ११:२०

पर्यटकीय स्थलको प्रवद्धर्न

पर्यटकीय स्थलको प्रवद्धर्न

२०७६, २ मंसिर सोमबार १२:३९

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

२०७६, ३ मंसिर मंगलवार १३:१२

अब प्रियंका म्यूजिक भिडियो निर्देशनमा पनि (भिडियो सहित)

अब प्रियंका म्यूजिक भिडियो निर्देशनमा पनि (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार २०:५०

कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक

कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक

२०७६, ३ मंसिर मंगलवार १७:१५

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

२०७६, ३ मंसिर मंगलवार १७:०६

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

२०७६, ३ मंसिर मंगलवार ११:५६

पारस र सोमपालसहित ७ नेपाली क्रिकेटर पीएसएलको ड्राफ्टमा

पारस र सोमपालसहित ७ नेपाली क्रिकेटर पीएसएलको ड्राफ्टमा

२०७६, २ मंसिर सोमबार १५:५१