वीरगन्ज – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले रामायण सर्किटको पूर्वाधार विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले आज बुधबार जनकपुरमा आयोजना गरेको रामायण सर्किटको पूर्वाधार विकास विषयक कार्यक्रममा उनले त्यस्तो भनाइ राखेका हुन्।

मुख्यमन्त्री राउतले यस क्षेत्रको पर्यटकीय विकासमा रामायण सर्किट कोसेढुंगा सावित हुने बताए । उनले भने, ‘रामायण सर्किट धार्मिक पर्यकीय क्षेत्र मात्र नभई दुई देशबीचको सम्बन्ध सुमधुर राख्न ठूलो योगदान पुग्छ। साथै, त्रेता युगिन सभ्यताको झझल्को समेत दिने भएकाले दुवै देशका केन्द्रीय सरकार यस विषयमा गम्भीर हुनुपर्छ।’

नेपाल र भारतको सम्बन्ध राजनीतिक मात्र नभई परापूर्वकालदेखि जनजनको सम्बन्ध रहेकाले यसलाई राजनीतिक सिमांकनले छेक्ने काम कहीँ कतैबाट हुनु नहुने उनको भनाइ थियो। करोडौँ हिन्दुहरूको आस्थाको केन्द्र जानकी मन्दिरका साथै यस क्षेत्रको विकासमा केन्द्र सरकारले अझै ध्यान दिन नसकेको गुनासो गर्दै उनले प्रदेश सरकारले आफ्नो बुताले भ्याएसम्म जानकी मन्दिरलाई विश्वमा चिनाउने कार्यलाई अघि बढाएको स्पष्ट पारे।

कार्यक्रममा विशिष्ट अतिथि उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश रायले जनकपुर क्षेत्रको विकासका साथै धनुषा धामको विकासमा भारत सरकारलाई सहयोग गर्न आग्रह गरे। कार्यक्रममा भारत सरकारका पूर्वमन्त्री डा. सञ्जय पासवानले मिथिला क्षेत्रको विकासमा रामायण सर्किटको भूमिका महत्वपूर्ण रहेको चर्चा गरेका थिए।

कार्यक्रममा रामायण सर्किटका अध्यक्ष डा. रामवतार शर्मा, प्रदेश सभा सदस्य रामअशिष यादव, साधवी हेमलतासहितका वक्ताहरूले नेपाल–भारतका साथै मिथिला र अवधका सम्बन्धबारे विस्तृत व्याख्या गरेका थिए।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

२०७६, २९ आश्विन बुधबार २०:३४

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

२०७६, २९ आश्विन बुधबार २०:२५

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

२०७६, २९ आश्विन बुधबार १९:२१

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

२०७६, २९ आश्विन बुधबार १५:५३

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९