काठमाडौँ – धितोपत्र बजारमा मङ्गलबार उकालो लागेको नेप्से परिसूचक बुधबार भने ओरालो लागेकाे छ। उतारचढावका बीच नेप्से परिसूचक १ दशमलव १२ अङ्कले घटेर १ हजार २ सय ४९ दशमलव १५ मा पुगेर रोकिएकाे छ। ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत शुन्य दशमलव ७३ अङ्कले घटेर २ सय ६८ दशमलव ३३ मा थामियो।

स्टकका अनुसार आज कूल १ सय ६८ कम्पनीका २९ लाख ९८ हजार ९ सय ४७ कित्ता शेयर रू ५७ करोड ३४ लाख ४७ हजार ५ सय ९ मा खरीद बिक्री भएको छ। परिसूचक ओरालो लागे पनि कारोवार भएका ११ मध्ये तीन उपसमूहको शेयर मात्र बढेको छ। बैंकिङ १ दशमलव ७८, लघुवित्त ३ दशमलव ५२ र जीवन बीमा उपसमूहका शेयर १ दशमलव ४४ अङ्कले बढ्दा होटल ३ दशमलव ७८, विकास बैंक २ दशमलव ७६, जलविद्युत ४ दशमलव ५४, वित्त शुन्य दशमलव ९८, निर्जीवन बीमा १६ दशमलव ७५, उत्पादन २७ दशमलव १, अन्य ६ दशमलव ९३ र सामूहिक लगानी कोषका शेयर शुन्य दशमलव ११ अङ्कले घटेको छ।

स्टकका अनुसार सिभिल बैंकको संस्थापक शेयर रू १७ करोड ५३ लाख ५९ हजार ४ सयमा खरीद बिक्री भई शीर्ष स्थानमा रह्यो। त्यस्तै सिटिजन लगानी कोषको शेयर रू ४ करोड ११ लाख ६५ हजार ८ सय १०, नेपाल बैंक रू २ करोड २३ लाख १७ हजार १४, एनआइसी एशिया बैंक रू १ करोड ६५ लाख ९५ हजार ६ सय ३४ र शिवम सिमेन्टको शेयर रू १ करोड ५५ लाख ७१ हजार ४ सय ५५ मा खरीद बिक्री भएको छ।

घटेको बजारमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ८१ प्रतिशतले कमाएका छन्। यस्तै समिट लघुवित्त वित्तीय संस्था लिमिटेड ४ दशमलव ४९, मल्टीप्रपोज फाइनान्स कम्पनी ४ दशमलव ४४, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड ४ दशमलव १३ र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ३ दशमलव ७९ प्रतिशतले कमाएका छन्।

सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ६७ प्रतिशतले गुमाएका छन्। कञ्चन डेभलपमेन्ट बैंक ६ दशमलव ९, आँखु खोला जलविद्युत् कम्पनी ५ दशमलव ४०, नविल इक्वुटी फण्ड ४ दशमलव ८४, कर्पोरेट डेभलपमेन्ट बैंक ४ दशमलव ८ र घलेम्दी हाइड्रो लिमिटेडका शेयरधनीले ३ दशमलव ३७ प्रतिशले गुमाएका छन्। (रासस)

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

२०७६, १ श्रावण बुधबार १९:३८

कर्मचारीको बढेको तलब आजदेखि लागू

कर्मचारीको बढेको तलब आजदेखि लागू

२०७६, १ श्रावण बुधबार १८:३१

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

२०७६, १ श्रावण बुधबार १६:५७

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा नपाइने

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा…

२०७६, ३१ असार मंगलवार १९:३८

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

२०७६, १ श्रावण बुधबार १३:००

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

२०७६, ३० असार सोमबार १६:३३

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

२०७६, १ श्रावण बुधबार ०९:२६

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

२०७६, ३१ असार मंगलवार १४:२७

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

२०७६, ३० असार सोमबार १४:११

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

२०७६, ३१ असार मंगलवार १९:३०

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

२०७६, १ श्रावण बुधबार ०८:३९