डमरुबल्लभ भट्टराई

फर्केर हेर्दा – यो मेरो चौँथो यात्रा। पहिलो, मेदिबुङ बालसुवोधिनी विद्यालयमा पढ्दा साथीहरूसँग। त्यस बेला म १० वर्षको हुँदो हुँ। दोस्रो, आमालाई लिएर र तेस्रो, सहसचिव भतिज प्रेम भट्टराईको सौजन्यताबाट गाडीमै चढेर।

छोटो पाथिभरा यात्रा सफलतापूर्वक पूरा भएको छ। सबैमा एक किसिमको प्रसन्नता छ। पूर्वनिर्धारित दिनमा नै हामी काठमाडौँ फर्केका छौँ। ती दिनहरू सम्झन्छु, राम्रो उद्देश्यका लागि सहयोगी हातहरूको कमी नहुने रहेछ। यो यात्रामा स्वतस्फूर्त सहभागिता तथा सहयोगले यो कुरा देखायो। कोसँग कहाँ, कसरी, केका लागि हातेमालो गर्ने भन्ने मात्र हो। कुनै संघसंस्थासँग हातेमालो गरेमा कति, कस्तो स्रोतसाधन व्यवस्थापन गर्नुपर्ने हुन्छ। सँगसँगै कस्तोसम्मको दबाब खेप्नुपर्छ। आफ्नो अपनत्व वा मौलिकता रहन्छ वा रहँदैन, अर्काको झोलेमात्र बन्नुपर्छ कि भन्ने मात्र चिन्ताको विषय हो। निःस्वार्थ रूपमा स्वदेशी वा विदेशी सहयोगी हातहरू आउलान् त? सहयोगी हातहरू आएमा कुन सीमासम्म सकारात्मक वा नकारात्मक पक्षहरू हुन सक्लान् ? जवाफ सहज छैन। विशेष रूपमा त्यो क्षेत्रको अवस्थिति, पर्यटनप्रेमीहरू, प्रबुद्ध महानुभावहरू, स्थानीय संघसंस्थाहरू, स्थानीय निकायहरू तथा जनभावनाले बढी काम गर्ला। यसपटकको यो यात्राको सफलताको मुख्य कारक तत्त्व सहयोगी हातहरू हुन्। यो शुभारम्भ मात्र बनोस्।

यो प्रथम चरणको सफलताले दोस्रो चरणको अभियानको आह्वान गर्ला नै। क्रमशः तेस्रो चरणमा महाअभियानको रूप पनि लेला। सरसर्ती सफलताका विन्दुहरू केलाउँदा आयोजकहरू र सहभागीहरू बीचको समन्वय र सद्भाव राम्रो थियो, उदात्त थियो। आयोजकहरू निर्णय गर्न स्वतन्त्र लाग्थे। कसैको पनि बाह्य वा भित्री निर्देशन र हस्तक्षेप थिएन होला। ब्यानरमा पनि कसैको नाम जोड्नु परेको थिएन। सायद कसैसँग प्रतिस्पर्धा गर्नुपर्ने पनि थिएन होला। ‘टिम वर्क’का रूपमा सबै व्यवस्थापन भइरहेको देखिन्थ्यो। तोकिएको जिम्मेवारीप्रति सबै सचेत र उत्तरदायीपूर्ण देखिन्थे।

ताप्लेजुङको चाँगेबाट देखिएको पाथीभरा क्षेत्र (कुहिरो लागेको डाँडा)।

वसन्तपुरदेखि तीनजुरे, चौकी, गुफा, मिल्के, साँघु, दोभान, सुकेटार पाथीभरा हुँदै पौवाभञ्ज्याङ, इलामसम्म नै गर्नुपर्ने कुराहरू यत्रतत्र छन्। त्यस्तै सभापोखरी, जलजले कुम्भकर्ण हिमाल आदि स्थानहरूमा पनि सहयोगी उदात्त हातहरूको खाँचो छ।

यसमा पर्याप्त सम्भावनाहरू छन्। तर, ब्यानरमा मात्र रमाउने जो कोहीले पनि अब श्रेय पाउन सजिलो हुने छैन। आफ्नै नेतृत्व, आफ्नै ब्यानरमा तोकिएको अवधिमा लक्ष्य पूरा गर्न सकेमा मात्र आफ्नो लगानीको प्रतिफल स्वतन्त्र रूपमा आफ्नो झोलीमा आउने छ, श्रेय पाइने छ। हाम्रो समाज असल नियतका केही सानातिनो कामबाट मात्र पनि कृतज्ञ हुने खालको अझै रहेछ।

पर्वतीय दृश्यावलोकनका लागि यी महत्त्वपूर्ण आधारभूमि हुन्। यी केन्द्रबाट पर्यटकको रुचिअनुसारका छोटालामा दूरीका पैदल मार्गहरू भेटिनेछन्, बन्नेछन्। त्यसबाट ऋतु अनुसारका प्रकृतिको सौन्दर्य अवलोकन गर्न तथा आनन्द लिन सकिने छ। यात्रामा लेकको भाग र औलो पनि नजिकै भेटिने छन्। गर्मी लागेमा केही समयभित्रै जाडो लेक एरियामा प्रवेश गर्न सकिने छ। जाडोमा चाँडै नै औलो वा न्यानो एरियामा प्रवेश गर्न सकिने छ। खोला, छहरा, नदी, जंगल, हिमाल, पहाडलगायत प्राकृतिक पर्वतीय सुन्दरता पनि नजिकैबाट नियाल्न सकिनेछ। त्यसैले यत्रो विशाल प्रकृतिको सही सदुपयोग गर्न बलिया सहयोगी हातहरूको आवश्यकता पर्न सक्दछ।

पर्यटन बोर्ड भनौँ वा अन्य स्वदेशी वा विदेशी संघसंस्थाले चाहेमा उनीहरूको सहयोग कुन हदसम्म कसरी लिन उचित हुन्छ त? भविष्यको भूमिका कस्तो हुने आदि कुराले पनि सहयोगी हातहरूको भूमिका निर्धारण गर्नेछ। यो क्षेत्र भर्जिन भएकाले पर्यटन विकास बोर्डले चाहेमा प्रचारप्रसारमा मात्र सीमित नरही गुणात्मक काम गर्न सकेमा उसले पहिलो श्रेय लिन सक्नेछ। व्यापक एरियामा रोजी रोजी आफ्नो भूमिका विस्तार गर्न सक्नेछ।

यसमा पर्याप्त सम्भावनाहरू छन्। तर, ब्यानरमा मात्र रमाउने जो कोहीले पनि अब श्रेय पाउन सजिलो हुने छैन। आफ्नै नेतृत्व, आफ्नै ब्यानरमा तोकिएको अवधिमा लक्ष्य पूरा गर्न सकेमा मात्र आफ्नो लगानीको प्रतिफल स्वतन्त्र रूपमा आफ्नो झोलीमा आउने छ, श्रेय पाइने छ। हाम्रो समाज असल नियतका केही सानातिनो कामबाट मात्र पनि कृतज्ञ हुने खालको अझै रहेछ। सहयोगी हातहरूले ‘आफ्नै गुण दोष आफैँसँग’ भन्ने मूलमन्त्र मनन गरेमा काममा सहयोग गर्न सबैको रुचि र हात थपिन सक्दछ। यो भरिया बन्ने बनाउने नभएर यथार्थमा हातेमालो कार्यक्रम हुनेछ। यसको मूल्याङ्कन लाखौँ आँखाले गर्नेछन्। यस क्षेत्रका प्राकृतिक सम्पदाहरू प्रायः राष्ट्रिय महत्त्वका हुने स्थितितिर उन्मुख छन्। समष्टि रूपमा यो पर्यटन प्रवद्र्धन नै राष्ट्रिय सम्पत्ति हो। यसलाई थप प्रकाश पार्न यो यात्राले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। त्यसैले पनि राष्ट्रिय कार्यक्रमहरूको त्यही कसीमा मूल्याङ्कन हुनेछन्। प्रत्येक कार्यक्रमहरू पारदर्शी, समयबद्ध र प्रभावकारी हुनु अपेक्षित छ।

मिडियाकर्मी साथीहरू हावा, कुहिरो, बादल, उकाली–ओराली, वर्षा, हिलो, जाडो, थकानको कति पनि पर्वाह नगरी हरपल प्रकृतिको सौन्दर्य क्यामेरामा कैद गर्न पैदल नै हिँड्न रुचाउने परिश्रमी साथीहरूको प्रशंसा गर्दछु। मौसमले साथ नदिएर यात्राको अधिकतम उपलब्धि हासिल गर्न नसकेर निराशजस्ता साथीहरूलाई पाथीभरा चुचुराको बिहानीले असीम हर्ष दिएको थियो। 

पाथीभरा देवी।

पर्यटन प्रवर्द्धन गर्न अहिले प्राप्त अवसरहरू कम छैनन्। राजमार्ग अपूरो छ तर पर्यटकीय हिसाबले पैदल मार्ग नै त्यहाँको पहिलो आकर्षण हुन सक्ला। त्यसले पर्यटकलाई प्रकृतिको अझ नजिक पुर्‍याउला।

विविध किसिमका गुराँसको साम्राज्य त छँदैछ। त्यसको अवलोकनका अतिरिक्त ठाउँठाउँमा शिखरहरू हेर्ने, मनोरञ्जन गर्ने, पिकनिक गर्ने, ध्यान गर्ने, गल्फ–क्रिकेट आदि खेल खेल्ने, फिल्म निर्माण गर्ने लगायतबाट भरपुर आनन्द लिनसक्ने क्षेत्रहरू सर्वत्र छन्। पर्यटकको बसाइ लामो पार्ने प्रशस्तै सम्भावना छन्। अझै कतै कमी छ भने योजनाबद्ध दीर्घकालीन सहभागितामूलक कार्यक्रमको कमी छ, यो एरियाको वास्तविक विशाल प्राकृतिक सम्पन्नतालाई लाभका आधारमा पहिचानको। यसपटक आयोजक समितिले सबैको आँखा खोल्ने प्रयास गरेको छ। वास्तवमा यो महान् कार्यको प्रारम्भ हो भन्नैपर्छ। अब त्यतातिर जुट्न बलिया सहयोगी हातहरूको आवश्यकता रहनेछ।

यस्तो यात्राको मेरो पहिला अनुभव थियो यो। धेरै कोणबाट यो सफल भएको लाग्छ। विभिन्न पेशा र व्यवसायका प्रबुद्ध व्यक्तिहरूका सहभागिताले पनि यसको विश्वास र प्रभावकारितामा वृद्धि भएको हुनुपर्छ। आयोजक साथीहरूको व्यावसायिक सुझबुझ र संयोजन पनि प्रशंसनीय छ। आयोजक एवं यात्रामा आबद्ध साथीहरूप्रति म आभारी छु। सबैले कुनै न कुनै रूपमा सहयोग गर्नुभएको छ, प्रेरणा प्रदान गर्नुभएको छ, सम्मान दिनुभएको छ।

निकै वर्षदेखि म सामान्य नागरिकका रूपमा छु। कुनै समय छिमेकी जिल्ला पाँचथर र संखुवासभामा प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेर काम गरेको थिएँ। सानो कामबाट पनि सर्वसाधारणमा कति गहिरो छाप पर्दोरहेछ, कति धेरै खुशियाली दिँदो रहेछ, योपटक मैले प्रत्यक्ष अनुभव गर्न पाएँ।

मिडियाकर्मी साथीहरू हावा, कुहिरो, बादल, उकाली–ओराली, वर्षा, हिलो, जाडो, थकानको कति पनि पर्वाह नगरी हरपल प्रकृतिको सौन्दर्य क्यामेरामा कैद गर्न पैदल नै हिँड्न रुचाउने परिश्रमी साथीहरूको प्रशंसा गर्दछु। मौसमले साथ नदिएर यात्राको अधिकतम उपलब्धि हासिल गर्न नसकेर निराशजस्ता साथीहरूलाई पाथीभरा चुचुराको बिहानीले असीम हर्ष दिएको थियो। सूर्याेदय बेलाको सुनौलो किरण, नीलो आकाश, चारैतिर खुला हिमाल तथा पहाडी शृङ्खलाको निष्कलङ्क सौन्दर्यको रस स्वादन गर्दै प्रकृतिको अनुपम रूपलाई क्यामरामा कैद गर्न लालायित उहाँहरूको चेहेराको चमक हेर्दा लाग्दथ्यो, उहाँहरूलाई अब प्राप्त गर्न बाँकी केही छैन। पदयात्री सबैका लागि यो खुसीको क्षण थियो। लाग्थ्यो, सबैले एकैसाथ रोमाञ्चक आनन्दको अनुभूति गरिरहेका छन्। यो पाथीभारा माताको विशेष कृपा थियो।

सुकेटार विमानस्थल (फाइल फोटो)।

मैले अन्तिम समयमा मात्र यो अमूल्य अभियानमा सरिक हुने निधो गरेको थिएँ। यो अभियानमा पदयात्राका संयोजक भाइ टंक श्रेष्ठको विशेष भूमिका रह्यो। उहाँको प्रोत्साहन, प्रेरणाप्रति म धेरै आभारी छु। यसमा भान्जा नेत्र घिमिरे र साथी बलबहादुर तामाङको पनि प्रेरणा थियो। म धेरै खुसी छु, यात्रामा सबै साथी सहृदयी बने। अभियानमा सक्रिय संलग्न साथीहरू चित्र साँवा, पासाङ लामा, पी.के. शेर्पा, योगेन्द्र नेयोङ सहितको अनवरत् रेखदेख र आतिथ्यता बिर्सन सकिँदैन। उहाँहरूलाई हार्दिक धन्यवाद प्रकट नगरिहन सक्दिनँ। घरसम्म सकुशल पुग्न सहयोग र सद्भाव दिने सहयात्री बालकुमारलाई म कसरी बिर्सन सक्थेँ र !

निकै वर्षदेखि म सामान्य नागरिकका रूपमा छु। कुनै समय छिमेकी जिल्ला पाँचथर र संखुवासभामा प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेर काम गरेको थिएँ। सानो कामबाट पनि सर्वसाधारणमा कति गहिरो छाप पर्दोरहेछ, कति धेरै खुशियाली दिँदो रहेछ, योपटक मैले प्रत्यक्ष अनुभव गर्न पाएँ। यस्तै यस्तै धेरै गर्न सकेको भए कति खुशियाली बाँडिने रहेछ! लामो अन्तरालपछि पनि कसरी मिटर ब्याज जस्तै गरी सम्मान र खुसी पाइने रहेछ, प्रत्यक्ष भोग्न पाएँ। अब चाहेर पनि त्यो समय रहेन।

गुफामा स्वागत मन्तव्यका क्रममा स्थानीय बुद्धिजीवी हरि खनालले यो खुशियाली बाँड्नुभएको थियो। त्यस्तै ताप्लेजुङमा एसएलसी जाँच दिने विद्यार्थीलाई धेरै टाढाको अपायक केन्द्रमा जानुपर्ने बाध्यतालाई सहज बनाएको रहेछु। यद्यपि, यो मेरो क्षेत्रको काम थिएन। सुकेटारको जमघटमा तत्कालीन प्रअले यो कुरा सार्वजनिक गर्नुभएको थियो।

०३९–४० सालतिर संखुवासभामा काम गर्दा गुफापोखरीमा हाटबजार लगाउने स्वीकृति दिइएको रहेछ। स्मृतिमै नरहेको यो सानो काम। गुफामा स्वागत मन्तव्यका क्रममा स्थानीय बुद्धिजीवी हरि खनालले यो खुशियाली बाँड्नुभएको थियो। त्यस्तै ताप्लेजुङमा एसएलसी जाँच दिने विद्यार्थीलाई धेरै टाढाको अपायक केन्द्रमा जानुपर्ने बाध्यतालाई सहज बनाएको रहेछु। यद्यपि, यो मेरो क्षेत्रको काम थिएन। सुकेटारको जमघटमा तत्कालीन प्रअले यो कुरा सार्वजनिक गर्नुभएको थियो। उहाँहरूसँग यस बीचमा मेरो व्यक्तिगत सम्पर्क भएनछ। न त मैले गरेको काम त्यति अर्थपूर्ण होला भन्ने नै थियो।

पदयात्राले अचानकको भेटघाटमा यस्तो सुन्ने, सुनाउने मौका दिएको थियो। फिदिम पौवाभञ्ज्याङको कार्यक्रममा फिदिमका मेयर ओनाहाङ नेम्बाङको न्यानो बन्धन मलाई छुटाउनै गाह्रोजस्तो। कति प्रगाढ ती दिनका सम्झनाहरू। कति निस्वार्थ विचार– सानो कुराबाट पनि धेरै सन्तुष्टि लिने–दिने हाम्रो संस्कारले पनि अतीतबाट पुरस्कृत हुन पुगेँ हुँला। संयोगले खुसीका क्षणहरू बटुल्ने अवसर जस्तै भएछ। धन्य ! सहृदयी आदरणीय जनहरू।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

२०७६, १ श्रावण बुधबार १९:३८

कर्मचारीको बढेको तलब आजदेखि लागू

कर्मचारीको बढेको तलब आजदेखि लागू

२०७६, १ श्रावण बुधबार १८:३१

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

२०७६, १ श्रावण बुधबार १६:५७

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा नपाइने

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा…

२०७६, ३१ असार मंगलवार १९:३८

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

२०७६, १ श्रावण बुधबार १३:००

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

२०७६, ३० असार सोमबार १६:३३

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

२०७६, १ श्रावण बुधबार ०९:२६

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

२०७६, ३१ असार मंगलवार १४:२७

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

२०७६, ३० असार सोमबार १४:११

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

२०७६, ३१ असार मंगलवार १९:३०

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

२०७६, १ श्रावण बुधबार ०८:३९