पोखरा – गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विहीबारदेखि पोखरामा हुने भएको छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता असार २७ गतेसम्म पोखरा रंगशालामा हुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाका खेलाडीले सहभागिता जनाउने छन्। ४८ स्वर्ण, ४८ रजत र ६० काश्य पदक गरी कुल १५६ पदकका लागि प्रतिष्पर्धा हुनेछ। प्रतियोगितामा ९ सय १३ जना खेलाडीले प्रतिष्पर्धा गर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए।

उनका अनुसार १ सय ३२ जना अफिसियल पनि प्रतियोगितामा सहभागि हुनेछन्। प्रतियोगितामा भलिवल, कबड्डी, एथ्लेटिक्स, तेक्वान्दो र उसु खेलमा प्रतिष्पर्धा हुने छ। प्रतियोगितामा उत्कृष्ट खेलाडी छनौट गरेर काठमाडौँमा हुने केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि गराइने श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार पोखरा रंगशालामा गर्ने कार्यक्रम रहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुने जिल्लालाई २० हजार, द्वितीय हुने जिल्लालाई १५ हजार र तृतीय हुने जिल्लालाई १० हजारसहित ट्रफी प्रदान गरिने उनले बताए।

लोकप्रिय

मानव  तस्करीमा परेर फर्केकाको प्रस्तुतीमा राउण्ड टेबल नेपालले सर्कस प्रदर्शन गर्ने

मानव तस्करीमा परेर फर्केकाको प्रस्तुतीमा राउण्ड टेबल नेपालले सर्कस प्रदर्शन…

२०७६, २६ मंसिर बिहीबार २०:१३

कमजाेर हड्डीहरू बलियाे बनाउने सजिलाे उपाय

कमजाेर हड्डीहरू बलियाे बनाउने सजिलाे उपाय

२०७६, २७ मंसिर शुक्रबार १८:५२

सिन्धुपाल्चोकमा ४.५ रेक्टरको पराकम्प

सिन्धुपाल्चोकमा ४.५ रेक्टरको पराकम्प

२०७६, २६ मंसिर बिहीबार २०:४७

सत्य विश्व भूमी पार्टी नेपालको घोषणा

सत्य विश्व भूमी पार्टी नेपालको घोषणा

२०७६, २६ मंसिर बिहीबार १७:१६

पीपीएल विजेताले २७ लाख र उपविजेताले १० लाख पाउने

पीपीएल विजेताले २७ लाख र उपविजेताले १० लाख पाउने

२०७६, २६ मंसिर बिहीबार १७:०२

कमला घिमिरेको नयाँ गीत ‘वान टु वान टु’ (भिडियो सहित)

कमला घिमिरेको नयाँ गीत ‘वान टु वान टु’ (भिडियो सहित)

२०७६, २६ मंसिर बिहीबार १७:१५

‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ द्धारा ५ प्रतिभालाई सम्मान

‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ द्धारा ५ प्रतिभालाई सम्मान

२०७६, २७ मंसिर शुक्रबार १८:५०

प्रहरी सक्रियतामा रोकियो बालविवाह

प्रहरी सक्रियतामा रोकियो बालविवाह

२०७६, २६ मंसिर बिहीबार ०९:५६

पत्रकार महासङ्घका उपाध्यक्षमाथि कुटपिट

पत्रकार महासङ्घका उपाध्यक्षमाथि कुटपिट

२०७६, २६ मंसिर बिहीबार २१:०५

चुरोट पिउने महिलामा हुने १० खतराहरू

चुरोट पिउने महिलामा हुने १० खतराहरू

२०७६, २६ मंसिर बिहीबार १८:५९

विश्वकै धनी व्यक्ति जेफ बेजोसकाे संङ्घर्ष र सफलताकाे कारण

विश्वकै धनी व्यक्ति जेफ बेजोसकाे संङ्घर्ष र सफलताकाे कारण

२०७६, २६ मंसिर बिहीबार १५:४०

न्यातापोल अर्थात् पाँचतले मन्दिरको जीर्णोद्धार शुरु

न्यातापोल अर्थात् पाँचतले मन्दिरको जीर्णोद्धार शुरु

२०७६, २६ मंसिर बिहीबार ०८:१५

खेल दाैरान ज्यान गुमाएका क्रिकेटरहरु

खेल दाैरान ज्यान गुमाएका क्रिकेटरहरु

२०७६, २६ मंसिर बिहीबार १४:०१

पीएसजीको फराकिलो जित सँगै च्याम्पियन्स लिगको अन्तिम १६ टोली

पीएसजीको फराकिलो जित सँगै च्याम्पियन्स लिगको अन्तिम १६ टोली

२०७६, २६ मंसिर बिहीबार ११:१७

राष्ट्रिय शिक्षा नीति, २०७६ सार्वजनिक

राष्ट्रिय शिक्षा नीति, २०७६ सार्वजनिक

२०७६, २६ मंसिर बिहीबार १०:४४