काठमाडौँ – सरकारी अस्पतालले विभिन्न बहानामा बिरामीबाट मनपरी शुल्क असुल्ने गरेको पाइएको छ। यसरी मनपरी शुल्क असुल्दा समेत सरकारका अनुगमन गर्ने निकाय मूकदर्शक बनेका छन्। सर्वसाधारणलाई प्रभावकारी सेवा दिनसमेत अधिकांश सरकारी अस्पताल असफल हुँदै आएका छन्। सरकारी अस्पतालमा उपचार गर्न बिरामीले घण्टौँ घण्टा कुर्नुपर्ने बाध्यता कायमै छ।

अस्पतालपिच्छे ओपीडी सेवादेखि उपचारसम्मको फरक फरक शुल्क तोक्दै बिरामीबाट बढी शुल्क लिने गरिएको छ। ती अस्पतालले शुल्क सम्बन्धमा सूचना पार्टीमा सबैले देख्ने गरी टाँस्नुपर्ने प्रावधान भए पनि लुकाउने गरेका छन्। आकस्मिक सेवा र ओपीडी सेवाकै शुल्क अस्पतालपिच्छे फरक छ।

बिरामी ऋण काढेर उपचार गर्न बाध्य हुँदा पनि ती सरकारी अस्पताल सेवामैत्री नभएको पाइएको छ । मुख्यतः केन्द्रमा रहेका सरकारी अस्पताल वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पतालमा दैनिक १ हजार बढी बिरामी उपचारका लागि विभिन्न जिल्लाबाट आउँछन्।

आमजनतालाई सहज र गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिनुपर्ने सरकारी अस्पतालभित्रकै बेथितिले बिरामी मर्कामा छन् । विपन्न नागरिकबाट उपचार सेवामा अवैध ढंगले शुल्क असुल्नु र सामाजिक सेवा इकाइको व्यवस्था गर्नुपर्ने भनिए पनि उपलब्ध नगराउनुले पनि सरकारी अस्पतालको पारदर्शितामा प्रश्न उठ्ने गरेको छ।

बिरामीले आफूले सेवा लिन चाहेको चिकित्सकबाट सेवा लिन पाउने व्यवस्था सुनिश्चित हुनुपर्ने प्रावधान भए पनि सो प्रावधान कागजमै सीमित छ। यो समाचार राजधानी दैनिकले छापेको छ।

लोकप्रिय

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

२०७६, २ श्रावण बिहीबार १९:१७

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:०८

बुद्ध मूर्ति तोडफोड

बुद्ध मूर्ति तोडफोड

२०७६, २ श्रावण बिहीबार ११:३५

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

२०७६, २ श्रावण बिहीबार ०६:३५

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

२०७६, २ श्रावण बिहीबार ०८:४८

भैँसीले बचाएको १४ जनाको परिवार

भैँसीले बचाएको १४ जनाको परिवार

२०७६, २ श्रावण बिहीबार २०:१९

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

२०७६, २ श्रावण बिहीबार १४:३५

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:३०

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

कुलमान घिसिङले फट्याइँ गर्न थाले

कुलमान घिसिङले फट्याइँ गर्न थाले

२०७६, २ श्रावण बिहीबार १९:२९

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७