काठमाडौँ – नेपाल वायुसेवा निगमले संस्थाको व्यवस्थापन करारमा दिने तयारी पुनः शुरू गरेको छ। जहाज किन्न लिएको ऋणको किस्तासमेत तिर्न कठिन भएपछि निगमले सरकारसँग २० अर्ब पूँजी मागेको थियो। तर, सरकारले यथास्थितिमा रकम दिन नसकिने बताएपछि व्यवस्थापन सुधारका लागि निगमले यो रणनीति अपनाउन लागेको हो।

त्यसका लागि निगमले पूर्वनिर्देशक राजुबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय विज्ञ समिति गठन गरी काम अगाडि बढाएको छ। समितिलाई १० दिनभित्र करारको मोडालिटी तथा कुनकुन विभाग कसरी करारमा दिन सकिन्छ भन्नेबारे प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको निगमका प्रवक्ता नवराज कोइरालाले जानकारी दिए।

‘रणनीतिक साझेदार भित्र्याउने लामो प्रक्रियाको कुरा हो। त्यसमा जान लामो समय लाग्न सक्छ। कतिपय अवस्थामा नीतिगत रूपमा पनि सुधार आवश्यक होला। तर, व्यवस्थापन करारमा दिन समस्या छैन। यसैले निगम हाललाई व्यवस्थापन करारमा दिने गृहकार्यमा जुटेको छ,’ कोइरालाले भने।

विज्ञ समितिको प्रतिवेदन आएपछि त्यसमाथि निगमको बोर्डमा छलफल हुनेछ । बोर्डबाट प्रतिवेदन पारित भएमा मन्त्रालय पठाउने र त्यहाँबाट स्वीकृति लिएपछि मात्र करारको विश्वव्यापी टेन्डरमा जाने उनले जानकारी दिए । निगमले अहिलेलाई इन्जिनीयरिङ, अपरेशन र मार्केटिङको व्यवस्थापन करारमा दिने सोच बनाएको कोइरालाले बताए ।

गतसाता सम्पन्न निगमको ६१औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले निगम सही ढंगले चल्न नसकेको र यथास्थितिमा निगमलाई १ रुपैयाँ पनि दिन नसकिने बताउनुभएको थियो । प्रधानमन्त्रीले आन्तरिक रूपमा निगम सञ्चालनको उचित योजना ल्याउन अथवा रणनीतिक साझेदार भित्र्याउने बाटोमा लाग्न निर्देशन दिनुभएको थियो । सरकारले पूँजीवृद्धि गरिदिए त्यसबाट विमान किन्दा लिएको रू। ३७ अर्ब ऋणको ५० प्रतिशतजति र ओभरड्राफ्टको २ अर्ब रुपैयाँ भुक्तानी हुने तथा आगामी दिनमा बुझाउनुपर्ने साँवा र ब्याजको किस्तामा उल्लेखनीय कमी आई निगम आर्थिक रूपमा सबल हुने निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बताएका थिए ।

सरकारले पूँजीवृद्धि नगरिदिने भएपछि सुधारको पहल स्वरूप व्यवस्थापन करारमा दिने रणनीतिमा जान लागेको हो । यद्यपि, प्रधानमन्त्री ओलीले रणनीतिक साझेदार ल्याउने विषयमा कुरा उठाउनु भएको थियो । मंगलवार पनि यस विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छलफल भएको छ । प्रधानमन्त्रीले भने बमोजिम नै आन्तरिक रूपमा निगम सञ्चालनको उचित योजना ल्याउन अथवा रणनीतिक साझेदार भित्र्याउन मन्त्रालयले पनि निगमलाई निर्देशन दिएको मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए।

रणनीतिक साझेदार: सधैं चर्चामा

निगममा रणनीतिक साझेदार ल्याउने कुरा समय समयमा चर्चामा आउने गरेको छ। यसअघिका सञ्चालक समितिले पनि रणनीतिक साझेदार ल्याउने प्रक्रिया शुरू गर्ने निर्णय गरेका थिए। तर, विभिन्न कारणले ती प्रक्रिया त्यसै रोकिए । ७ वर्षपहिले रणनीतिक साझेदार भित्र्याउन सम्पूर्ण प्रक्रिया पूरा भइसकेपछि निगमको मुख्य व्यवस्थापक जर्मनीको लुफ्थान्सा एयरलाइन्स हुने वा नेपाली नै रहने भन्ने विवादले त्यो कुरा त्यहीँ रोकिएको थियो।

केही महीनाअघि इथोपियन एयरलाइन्सले पनि निगमको रणनीतिक साझेदार हुने चासो देखाएको थियो। सन् २००७ र २०१५ मा पनि रणनीतिक साझेदार भित्र्याउने चर्चा चलेको थियो। सन् १९७३ मा निगमका केही विभागको व्यवस्थापन एयर फ्रान्सलाई करारमा दिइएको थियो। अहिले निगम त्यही मोडलमा जान खोजेको छ।

निगममा रणनीतिक साझेदार ल्याउन कठिन रहेको र यसको सुधार चुस्त व्यवस्थापनबाटै गर्न सकिने निगमका पूर्व कायममुकायम उपनिर्देशक शान्तवरसिंह थापा बताउँछन्। ‘निगम सुधारको एकमात्र विकल्प चुस्त व्यवस्थापन नै हो। सरकारले हस्तक्षेप नगरी जिम्मेवारी दिने हो भने छोटो समयमै यसको सुधार सम्भव छ,’ थापा भन्छन् । व्यवस्थापन विदेशीलाई नभई नेपालीलाई दिएर पनि सुधार गर्न सकिने उनको सुझाव छ। यो समाचार अभियान दैनिकले छापेको छ।

लोकप्रिय

नेकपाको सचिवालय बैठक शुरु

नेकपाको सचिवालय बैठक शुरु

२०७६, ४ आश्विन शनिबार १६:३९

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड,  एकलाख डलरको खर्च

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड, एकलाख डलरको खर्च

२०७६, ३ आश्विन शुक्रबार १७:२१

सलमान र अक्षयको भिडन्त पक्का

सलमान र अक्षयको भिडन्त पक्का

२०७६, ३ आश्विन शुक्रबार १७:०८

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, ५ आश्विन आईतवार १४:५८

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

२०७६, ३ आश्विन शुक्रबार १३:१४

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

२०७६, ३ आश्विन शुक्रबार १२:५९

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

२०७६, ४ आश्विन शनिबार ०९:४८

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

२०७६, ४ आश्विन शनिबार १३:१८

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

२०७६, ४ आश्विन शनिबार १५:४५

‘रणहार’लाई मदन पुरस्कार प्रदान

‘रणहार’लाई मदन पुरस्कार प्रदान

२०७६, ३ आश्विन शुक्रबार १७:३६

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

२०७६, ४ आश्विन शनिबार १८:००

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

२०७६, ३ आश्विन शुक्रबार १६:०८

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

२०७६, ४ आश्विन शनिबार १०:५६

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

२०७६, ४ आश्विन शनिबार १०:२३

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

२०७६, ३ आश्विन शुक्रबार १०:५८