वीरगन्ज – पछिल्लो समय वीरगन्जका मारवाडी समुदायले वीरगन्जबाहिर आफ्नो वैवाहिक कार्यक्रम आयोजना गर्न थालेका छन्। गत जून २९ गते वीरगन्जको टाउन हलमा प्रसाद ग्रहण कार्यक्रमबाट शुरू भएको एउटा वैवाहिक कार्यक्रम जुलाई ८ र ९ मा भारतको राजस्थान प्रान्तको जयपुरमा गएर सकिएको छ।

वीरगन्जबाट दलबलसहित हाई प्रोफाइल समुदायका व्यक्तिहरू सम्मिलित विवाहको फोटोले सामाजिक सञ्जालमा निकै नै चर्चा पाएको छ। यसअघि वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा प्रदेश २ का प्रदेश सांसद ओमप्रकाश शर्माले आफ्नी छोरीको विवाह काठमाडौंको सोल्टी होटलमा गरेका थिए भने पिताम्बर मुन्काले पनि एउटा वैवाहिक कार्यक्रम वीरगन्जबाहिर गरेका थिए। गत वर्ष उद्योगी रमेश अग्रवालले आफ्नो छोराको विवाह थाइल्याण्डमा गरेका थिए।

वीरगन्जकै चर्चित उद्योगी राजेश अग्रवाल र वीरगन्जका मेयर विजयकुमार सरावगी सम्धी बनेका कारणले पनि उक्त वैवाहिक कार्यत्र mमले चर्चा कमाएको हो। शंकर समूहमातहत रहेको जगदम्बा सिमेन्ट प्रालिका सञ्चालक राजेश अग्रवालका छोरा अंकित अग्रवाल र मेयर सरावगीकी छोरी जया अग्रवालको डेष्टिनेशन म्यारिजअन्तर्गत जयपुरको जेडब्लू मेरियट रिसोर्टमा सम्पन्न भएको हो। यो वैवाहिक कार्यक्रममा नेपालकै प्रसिद्ध उद्योगी तथा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोदेखि भारतका चर्चित औद्योगिक घरानाका व्यक्तिहरूको पनि सहभागिता रहेको थियो।

कोको गए जन्ती ?

राजस्थानको विवाहमा नेतादेखि उद्योगी र आफन्तजनको सहभागिता थियो। बेहुलाका पिता उद्योगी राजेशका तर्फबाट ६५ जना अतिथिहरू नेपालबाट गए भने भारतबाट ५० जना सरिक थिए। त्यस्तै, मेयर सरावगीको तर्फबाट ३५ जना विवाहमा सरिक भएका थिए। नेपालका उद्योगी उपेन्द्र महतोसँगै, प्रतिनिधिसभा सदस्य प्रदीप यादव, प्रदेश सासद ओमप्रकाश शर्मा, उद्योगी अनिल पाटवारी, राजेश अग्रवाल, रमेश अग्रवाल, सज्जन अग्रवाललगायतको सहभागिता थियो।

कसरी पुगे जन्ती ?

नेपालबाट जन्ती जानेहरू कार, रेल र हवाई मार्गबाट राजस्थान पुगेका थिए। वीरगन्जबाट तीनवटा गाडीमा बेहुला–बेहुली पक्ष गरी १० जना, नेपालबाट ३१ जना भीभीआईपी तथा आफन्तजनहरू रेलबाट, बाँकी नेपाल र भारतका प्रख्यात उद्योगी तथा साथीभाइहरू प्लेनबाट जयपुर पुगेका थिए।

करिब ५ करोड रुपैयाँ खर्च

स्रोतका अनुसार वीरगन्जबाट गरिने डेस्टिनेशन म्यारिजमा सोचेभन्दा बढी नै खर्च हुने गरेको बताएका छन्। उनले हालै सम्पन्न जयपुरका जेडब्लू मेरियट रिसोर्टको विवाहको कम्तीमा होटल, खाना, कोठा, सेवा शुल्क, यातायात र अन्य सबै खर्चको हिसाब गर्ने हो भने कम्तिमा ५ करोड रुपैयाँ खर्च भएको हुन सक्ने दाबी गरिएको छ।

‘जयपुरको त्यो निकै विलासी होटल तथा रिसोर्ट हो, होटल, प्लेनको टिकेटमा बढी खर्च भएको होला,’ स्रोतले भन्यो, ‘१६१ जनाको टोली जयपुर पुग्ने कार्यक्रम थियो, डेढ सयको हाराहारीमा दुवै पक्षबाट विवाहमा पुगेका थिए, ५ करोडकै हाराहारीमा खर्च भएको होला।’

किन टाढिँदैछ मारवाडी समुदाय ?

मारवाडी समुदायको वैवाहिक कार्यक्रम पछिल्लो समय किन वीरगन्जबाहिर भइरहेको छ भन्ने प्रश्नमा वीरगन्जकै मारवाडी समुदायले फरकफरक धारणा राखेका छन्। केहीले मधेश आन्दोलनपछि वीरगन्जका अधिकांश मधेसी समुदायले वीरगन्जकै धर्मशालामा वैवाहिक कार्यक्रम गर्न थालेपछि वीरगन्जमा पर्याप्त होटल तथा पार्टी प्यालेसको अभाव हुन थालेको छ भने अर्को दृष्टिकोण्मा मारवाडी समुदायका आफन्तजन तथा साथीभाइ अधिकांश वीरगन्जबाहिर रहेका छन्। उनीहरूलाई वीरगन्ज बोलाएर विवाहमा सहभागी गराउनुभन्दा विवाहको गन्तव्यस्थल नै परिवर्तनतर्फ ध्यान जान थालेको उनीहरूको तर्क छ।

काठमाडौं र सौरहामा गरिने मारवाडी समुदायका छोराछोरीको विवाहमा नेपालका मन्त्रीदेखि उच्च तहका नेता तथा भीभीआईपीलाई बोलाउन सहज हुने भएकाले पनि कतिले वीरगन्जबाहिर काठमाडौं र सौराहामा विवाह गर्ने गरेको बताएका छन्। यस विषयमा होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले वीरगन्जमा पछिल्लो समय चारतारे होटलहरू लर्ड्स दियालो, भिस्वा, पुजनलगायत होटल बने पनि मारवाडी समुदायले विवाह बाहिर गर्ने गरेकाले वीरगन्जको पैसा बाहिरका होटल व्यवसायीको हातमा गइरहेको बताए। उनले यदि वीरगन्जका उद्योगी व्यवसायीले वीरगन्जमा यस्तो कार्यक्रम गरे भने यहाँका होटल व्यवसाय तथा नेपालीले रोजगारी पाउने तर्क गरे।

सस्तो र नयाँपनका लागि

जयपुरको विवाहमा सहभागी एक उद्योगीले जयपुरको विवाह करिब २ करोडको हाराहारीमा खर्च भएको दाबी गरेका छन्। उनले पछिल्लो समय नेपाल सरकारले नै वैवाहिक कार्यक्रमका लागि कडाइ गरेको र जन्तीको संख्या तथा खर्चमा निगरानी बढाएपछि वीरगन्जका औद्योगिक घरानाको विवाह भारत, थाइल्याण्डमा गर्न थालिएको ती उद्योगीले बताए। उनले भने, ‘एकातिर सरकारले कडाइ गरिरहेको छ भने नेपालमा भन्दा सस्तोमा बाहिरी देशमा विवाह हुने भएकाले पनि त्यतातर्फ विवाह गर्न आकर्षित भएका हुन्।’

वैवाहिक कार्यक्रमका लागि नेपाल सरकारको नीति पर्यटन प्रवद्र्धनमैत्री नभएसम्म ठूला घरानाको विवाह यहाँ सम्भव नभएको ती उद्योगीको भनाइ थियो। उनले थपे, ‘वीरगन्ज या काठमाडौँमा विवाह भयो भने अतिथिहरू १० मिनेटमै कार्यक्रमबाट भाग्छन्, टाढा गएपछि सबै कार्यक्रममा सहभागी हुन्छन्, नयाँ अनुभव पनि हासिल गर्छन्।’

लोकप्रिय

सुर्खेतका युवाले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाए

सुर्खेतका युवाले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाए

२०७६, २७ आश्विन सोमबार १७:०५

धन्यवाद पारस ! अब खोजी सौरभ गांगुलीको

धन्यवाद पारस ! अब खोजी सौरभ गांगुलीको

२०७६, २८ आश्विन मंगलवार १८:१८

यि हुन एक करोड भारु कमाउने पहिलो बलिउड सुपरस्टार

यि हुन एक करोड भारु कमाउने पहिलो बलिउड सुपरस्टार

२०७६, २७ आश्विन सोमबार २१:११

नेपाल वायुसेवा निगम र टेलिकममा विदेशी साझेदार आउन नसक्नुका कारणहरू

नेपाल वायुसेवा निगम र टेलिकममा विदेशी साझेदार आउन नसक्नुका कारणहरू

२०७६, २८ आश्विन मंगलवार २२:२५

जहाज नआएको भन्दै सांसदले गरे काउन्टरमा तोडफोड

जहाज नआएको भन्दै सांसदले गरे काउन्टरमा तोडफोड

२०७६, २७ आश्विन सोमबार १७:१५

विश्वकप छनोटः आज जोर्डनसँग भिड्दै नेपाल

विश्वकप छनोटः आज जोर्डनसँग भिड्दै नेपाल

२०७६, २७ आश्विन सोमबार १५:३२

को हुन दिपाको काखकी नानी? (फाेटाेफिचर)

को हुन दिपाको काखकी नानी? (फाेटाेफिचर)

२०७६, २८ आश्विन मंगलवार १०:३०

चिन भ्रमणमा नेकपाका तिन टोली

चिन भ्रमणमा नेकपाका तिन टोली

२०७६, २८ आश्विन मंगलवार १७:२९

चीनको रासायनिक कारखानामा विस्फोट, ४ जनाको मृत्यु

चीनको रासायनिक कारखानामा विस्फोट, ४ जनाको मृत्यु

२०७६, २८ आश्विन मंगलवार १७:११

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

आईजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान

आईजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान

२०७६, २७ आश्विन सोमबार ००:४६

पायल्स निको पार्न अब घरेलु औषधि

पायल्स निको पार्न अब घरेलु औषधि

२०७६, २८ आश्विन मंगलवार ११:४८

खेम सेन्चुरी र सम्झना भण्डारीको लोकादोहोरी गीत ‘कपलु कोरेर’ सार्वजानिक (भिडियो सहित)

खेम सेन्चुरी र सम्झना भण्डारीको लोकादोहोरी गीत ‘कपलु कोरेर’ सार्वजानिक…

२०७६, २७ आश्विन सोमबार २२:३६

आक्रामक बन्दै अर्जेन्टिना, मेस्सीबिनै प्रभावशाली जित

आक्रामक बन्दै अर्जेन्टिना, मेस्सीबिनै प्रभावशाली जित

२०७६, २७ आश्विन सोमबार ११:१८

पशुपतिनाथमा करिब ४५ किलो सुन !

पशुपतिनाथमा करिब ४५ किलो सुन !

२०७६, २९ आश्विन बुधबार ०७:०१