काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आयातीत तरकारी र फलफूलका विषादि जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएको विषयमा खोजी गरिने बताएका छन्।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज आयोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै उनले नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्ने उद्देश्यले सरकारले जाँच शुरु गरेको र यो कसैका विरुद्ध नभई नेपालीको खानेकुराका बारेमा मात्र भएको स्पष्ट गरे।

स्वच्छ, प्रभावकारी, पारदर्शी र सेवामुखी प्रशासन बनाइने बताउँदै उनले भने, ‘जनतालाई आत्मविश्वास जगाउँदै भविष्यप्रतिको आशावादिता देखाएर प्रशासन क्षेत्रले छिटोछरितो रुपमा काम गर्नुपर्छ।’ उनले प्रशासनले एकातिर विकासका काम अगाडि बढाउनुपर्ने र अर्कातिर जनतामा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए।

अहिले सङ्घ र प्रदेशका बीचमा केही विवाद देखिएको जस्तो लागेको बताउँदै उनले भने, ‘कतिपयले प्रदेश भनेको छुट्टै स्वतन्त्र सार्वभौम राज्य भनेर पनि कुरा गरेका छन्। कतिपयले प्रदेश एउटा एकाइ र निकाय मात्र भएको जस्तो कुरा गर्छन्। यी दुई कुरा यथार्थ होइन। प्रदेश स्वतन्त्र राष्ट्रको एउटा निकाय हो जसलाई नियन्त्रण गर्ने काम सङ्घीय सरकारको हो।’ उनले सुरक्षा, अन्तरर्राष्ट्रिय मामिला र आर्थिक स्रोत साधनका विषय सङ्घअन्तर्गत हुने व्यवस्था रहेको स्पष्ट पारे। (रासस)

लोकप्रिय

भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

२०७६, २७ कार्तिक बुधबार १८:०५

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

२०७६, २७ कार्तिक बुधबार ११:०८

चिकित्सक सङ्घको अध्यक्षमा कार्कीको उम्मेदवारी

चिकित्सक सङ्घको अध्यक्षमा कार्कीको उम्मेदवारी

२०७६, २८ कार्तिक बिहीबार २०:२१

दिल्लीले रिलिज नगरे आर्थिक घाटामा सन्दीप!

दिल्लीले रिलिज नगरे आर्थिक घाटामा सन्दीप!

२०७६, २८ कार्तिक बिहीबार १४:२४

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

२०७६, २९ कार्तिक शुक्रबार १५:०३

भारतविरुद्ध नेपाललाई पहिलो सफलता

भारतविरुद्ध नेपाललाई पहिलो सफलता

२०७६, २८ कार्तिक बिहीबार १४:१२

कीर्तिपुरमा सचिन तेन्दुल्कर र विनोद दासको टिमबीच खेल हुँदै

कीर्तिपुरमा सचिन तेन्दुल्कर र विनोद दासको टिमबीच खेल हुँदै

२०७६, २८ कार्तिक बिहीबार १७:४५

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

२०७६, २७ कार्तिक बुधबार १७:२२

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा मिडियामा

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा…

२०७६, २७ कार्तिक बुधबार १३:२२

पारस र सन्दीपसहित साग खेल्ने क्रिकेट टोलीको घोषणा

पारस र सन्दीपसहित साग खेल्ने क्रिकेट टोलीको घोषणा

२०७६, २८ कार्तिक बिहीबार १९:१९

नेपाली भूमि नमिचेको चीनको स्पष्टोक्ति, आपसी समझदारीमा सीमा विवाद मिलाउन सुझाव

नेपाली भूमि नमिचेको चीनको स्पष्टोक्ति, आपसी समझदारीमा सीमा विवाद मिलाउन…

२०७६, २८ कार्तिक बिहीबार १८:३३

रानीको भिन्न अवतार चलचित्र ‘मर्दानी–२’ मा

रानीको भिन्न अवतार चलचित्र ‘मर्दानी–२’ मा

२०७६, २८ कार्तिक बिहीबार १७:२६

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

२०७६, २९ कार्तिक शुक्रबार ००:१५

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

२०७६, २९ कार्तिक शुक्रबार ०९:४५

भारतविरुद्ध नेपाललाई दोस्रो सफलता

भारतविरुद्ध नेपाललाई दोस्रो सफलता

२०७६, २८ कार्तिक बिहीबार १४:२८