काठमाडौँ – करिना श्रेष्ठ आफ्नो मोबाइल मर्मतका लागि बुधबार विशालबजार आएकी थिइन्। उनीसँगै अर्को साथी पनि थिए। पानी परिरहेको बेला उनीहरू घर फर्कनका लागि स्कुटर निकाल्दै पार्क गर्न आउँदा दिएको बिलसँगै २५ रुपैयाँ त्यहाँका कामदारको हातमा थमाए।

त्यस्तै, आफ्नो मोबाइल मर्मतका लागि विशालबजार पुगेका महेश खड्का कामदारसँग किचकिच गर्दै थिए। कारण थियो पार्क गरेको पैसा लिएको। उनलाई बिल दिई पैसा माग्दा पार्क गरेको केको २५ रुपैयाँ भन्दै एकछिनसम्म विवाद गरिरह्यो र अन्तिममा मोटरसाइकल चालकले २५ रुपैयाँ हातमा दिए। उनी भन्दै थिए, ‘सबै ठाउँमा लागू भए पो हो भन्नु, यो न्यूरोडमा मात्र भएर हुन्छ त ?’

स्मार्ट पार्किङ एकदम ठीक भएको तर पैसा अलिक बढी भएको रवीन्द्र लिम्बूको गुनासो छ। बैंकको कामले विशाल बजार आएका उनले स्मार्ट पार्किङले गर्दा भीड कम भएको अनुभव सुनाए।

काठमाडौँ महानगरपालिकाले न्यूरोडको ब्यस्त सडकलाई व्यवस्थित गर्नका लागि गत जेठ १६ गतेदेखि ‘ह्विल ट्रली योर्स’ कम्पनीसँग सहकार्य गरी स्मार्ट पार्किङ सञ्चालनमा ल्याएको छ। केही महिनाअगाडिसम्म न्यूरोडका भित्री सडकमा सवारीसाधनहरू अव्यवस्थित रूपमा देखिन्थ्यो भने अहिले त्यो समस्या कम भएको देख्न पाइन्छ।

स्मार्ट पार्किङलाई केही सर्वसाधारणहरूले पैसा तिर्नुपर्ने भनेर असन्तुष्टि जनाएका छन् भने धेरैले राम्रो सिस्टम ल्याएको भन्दै सन्तुष्टि जनाएका छन्। तर, प्रायःजसो दुईपाङ्ग्रे सवारीसाधन भएका मानिसहरूले यस नियमलाई राम्रो भनेर स्वीकारेका छन्। उनीहरू भन्छन्, ‘पहिले पार्क गर्नका लागि ठाउँ खोज्दै हिँड्नुपर्थ्याे, अहिले त्यो समस्या हटेको छ। अहिले सिधै आएर खाली छ वा छैन भन्ने थाहा पाउन सकिन्छ र पार्क गर्न पनि।’

चारपाङ्ग्रेवाला पनि सन्तुष्ट

न्यूरोडवरिपरि चारपाङ्ग्रे गाडीलाई पनि स्मार्ट पार्किङको व्यवस्था मिलाइएको छ। स्मार्ट पार्किङ सञ्चालनमा आएपछि चारपाङ्ग्रेवालाहरू भने निकै नै सन्तुष्ट छन्। उनीहरूले शुल्क महँगो भएको गुनासो गरे पनि आफ्नो सवारीसाधन कोरिने, ठोक्किनेजस्ता समस्याबाट जोगिनेमा विश्वस्त छन्। चारपाङ्ग्रे सवारीका धनी रिपन कार्कीले भने, ‘पार्किङ शुल्क महँगो भए पनि पार्किङ नपाएको अवस्थामा यो पनि राम्रै हो। पहिले पार्किङ खोज्न घुमिरहनुपर्थ्याे, अहिले त्यो समस्या हटेको छ। अर्को कुरा पार्किङ गरेको ठाउँमा अर्को सवारीले आफ्नो सवारीलाई स्क्य्राच गरिदिने हो कि भन्ने शंका पनि केही हदसम्म हटेको छ।’

यस्तै, धर्मपथमा आफ्नो किनमेलका लागि आएका प्रेम लामा यो सुविधा धेरै नै राम्रो लागेको बताउँदै भन्छन्, ‘स्मार्ट पार्किङ सुनेको थिएँ, आज आफैँले प्रत्यक्ष देख्न र अनुभव गर्न पाए। स्मार्ट पार्किङले गर्दा हो क्यारे, यो सडक आज निकै व्यवस्थित देखेको छु। पहिले केही काम परेर आउँदा पार्क गर्न नपाएर फर्किनुपर्थ्याे, अहिले त्यस्ताे छैन।’ घरबाटै ठाउँ खाली छ वा छैन भन्नेबारे थाहा पाउन सकिने यो सुविधालाई राम्रो मान्नुपर्ने उनको बुझाइ छ।

व्यवसायी भन्छन्- बढी शुल्क लियो

स्मार्ट पार्किङको व्यवस्थाले सबै ग्राहकलाई सजिलो बनाएको छ तर शुल्क भने बढी लिएको रोज स्टोरका रोजलाल श्रेष्ठले बताए। उनी भन्छन्, ‘दुईपाङ्ग्रेका लागि २५ र चारपाङ्ग्रेका लागि ८० लिएको छ। यो महँगो भयो।’ तर, स्मार्ट पार्किङले गर्दा आफ्ना ग्राहकहरूलाई सिधै आउन सक्ने सुविधा मिलेकोमा भने उनले खुशी व्यक्त गरेका छन्। स्मार्ट पार्किङ नहुँदा मानिसहरूले बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म आनन्दले पार्क गर्न सक्थे भने अहिले त्यस्तो सुविधा हटेको छ।

कम्पनी भन्छन्- प्रभावकारी बनेको छ

अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउनका लागि काठमाडौँ महानगरपालिकाले ‘ह्विल ट्रली योर्स’ कम्पनीसँग सहकार्य गरेर गत जेठ १६ गतेबाट न्यूरोडमा स्मार्ट पार्किङ सञ्चालनमा ल्याएको हो। अहिले उक्त कम्पनीले न्यूरोडका विभिन्न पाँच स्थान प्यूखा मार्ग, खिचापोखरी, धर्मपथ, विशालबजार र दरबार मार्गमा स्मार्ट पार्किङ सञ्चालनमा ल्याइएको कम्पनीका सिनियर इन्जिनियर विक्रान्त कार्कीले बताए।

स्मार्ट पार्किङका विषयमा शुरू-शुरूमा न्यूरोडका व्यवसायीहरूले असन्तुष्टि जनाए पनि अहिले भने उक्त सुविधाबाट सन्तुष्ट नै रहेको उनले दाबी गरे। उनले भने, ‘पार्किङ ग्राहकहरूका लागि चाहिने हो, त्यो त व्यवसायीले बुझ्नुपर्ने कुरा हो।’ महानगरपालिकाले व्यवसायीहरूलाई मर्कामा नपारी एक रोपनी जग्गामा छुट्टै पार्किङको व्यवस्था मिलाइदिएको उनले बताए।

स्मार्ट पार्किङले गर्दा न्यूरोडवरिपरि निकै सुधार आएको उनी दाबी गर्छन्। उनका अनुसार सकेसम्म चाँडै काम सकाएर जाने ग्राहकहरूका लागि अहिले धेरै नै सजिलो भएको छ। स्मार्ट पार्किङ नभएको बेला जथाभावी सडकमा सवारीसाधन पार्क गर्नाले पूरै सडक जाम हुन्थ्यो। उनले भने, ‘अहिले त स्मार्ट पार्किङका लागि बनाइएको ‘केटीएम पार्क’ एप्लिकेशन हेर्दै सवारीधनीहरू आफ्नो सवारी पार्किङका लागि आउनेको संख्या बढिरहेको छ।’

कार्कीले स्मार्ट पार्किङले हाल १ सय जनाभन्दा बढी व्यक्तिलाई रोजगारी दिएको जानकारी दिए। कम्पनीले सञ्चालनमा ल्याएको स्मार्ट पार्किङ निकै प्रभावकारी बनेकोमा आफू सन्तुष्ट रहेको उनको भनाइ छ। सेवाग्राहीहरूको गुनासोले गर्दा महानगरपालिकाले शुल्कमा भने केही परिवर्तन गर्न सक्ने उनले बताए।

लोकप्रिय

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

२०७६, ३ कार्तिक आईतवार १०:४०

लापरवाही गरेको आराेपमा चितवन मेडिकल कलेजमा तोडफोड

लापरवाही गरेको आराेपमा चितवन मेडिकल कलेजमा तोडफोड

२०७६, ३ कार्तिक आईतवार २०:१०

स्कटल्यान्डसँग पपुवा न्युगिनी झिनो रनले पराजित

स्कटल्यान्डसँग पपुवा न्युगिनी झिनो रनले पराजित

२०७६, ४ कार्तिक सोमबार १७:२८

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

२०७६, ४ कार्तिक सोमबार २०:५५

गेल र मालिगांलाई पछि पारे सन्दीपले, करोड बढी मुल्यमा अनुबन्धित

गेल र मालिगांलाई पछि पारे सन्दीपले, करोड बढी मुल्यमा अनुबन्धित

२०७६, ४ कार्तिक सोमबार १०:२४

पीपीएलको दोस्रो संस्करण डिसेम्बरमा हुने

पीपीएलको दोस्रो संस्करण डिसेम्बरमा हुने

२०७६, ४ कार्तिक सोमबार १६:५८

विश्वकप छनोटमा ओमानसँग हङकङ पराजित

विश्वकप छनोटमा ओमानसँग हङकङ पराजित

२०७६, ३ कार्तिक आईतवार १९:२०

‘अब सबै इन्डियाले गर्छ’

‘अब सबै इन्डियाले गर्छ’

२०७६, ३ कार्तिक आईतवार ११:१८

बढ्दै छ गायक शंकर कडेलको  ‘पूर्णिमा’ गीतको लोकप्रियता

बढ्दै छ गायक शंकर कडेलको ‘पूर्णिमा’ गीतको लोकप्रियता

२०७६, ४ कार्तिक सोमबार १५:५८

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

२०७६, ३ कार्तिक आईतवार १३:४०

१८ वटा बैंकसहित ८१ कम्पनीको शेयर कारोबार रोक्का

१८ वटा बैंकसहित ८१ कम्पनीको शेयर कारोबार रोक्का

२०७६, ३ कार्तिक आईतवार १४:०३

दक्षिण अफ्रिकाविरुद्धको टेष्टमा रोहितको शानदार दोहारो शतक

दक्षिण अफ्रिकाविरुद्धको टेष्टमा रोहितको शानदार दोहारो शतक

२०७६, ३ कार्तिक आईतवार १२:४३

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

२०७६, ३ कार्तिक आईतवार १७:०६

भारतविरुद्धको तेस्रो टेष्टमा पनि दबाबमा दक्षिण अफ्रिका

भारतविरुद्धको तेस्रो टेष्टमा पनि दबाबमा दक्षिण अफ्रिका

२०७६, ४ कार्तिक सोमबार १४:२७

प्रियंका कार्की र बसन्त थापाको ‘बैंस’ सार्वजानिक (भिडियो सहित)

प्रियंका कार्की र बसन्त थापाको ‘बैंस’ सार्वजानिक (भिडियो सहित)

२०७६, ४ कार्तिक सोमबार १७:३५