काठमाडौँ – साँझ ६/७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ। साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा परिक्षणका रुपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस शुरु गरेको हो।

तीन रुटमा बस शुरु भएको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए। उनका अनुसार न्यूरोड गेटबाट नारायणगोपाल चोक हुँदै नयाँ बसपार्क, न्यूरोड गेटबाट त्रिपुरेश्वर हुँदै कलङ्की र न्यूरोड गेटबाट नै नयाँबानेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ बसपार्कसम्म गरेर तीन रुटमा अहिले बस शुरु भएको छ। बस विभिन्न स्थानको परिक्रमा गरेर पुनः न्यूरोड गेटमा नै फर्किरहेका छन्। यात्रुलाई रात्रिसेवाका बारेमा जानकारी नभएकाले अहिले यी बसमा यात्रु सङ्ख्या कम भएको उनले बताए। उनले भने, ‘यात्रुले जानकारी पाएपछि विस्तारै बढ्दै जानेछ।’

अहिले परीक्षणका रुपमा तीन वटा बसबाट शुरु गरिएकामा आगामी दिनमा रात्रिबस विस्तार गर्दै जाने संस्थाले जनाएको छ। संस्था गैरनाफामूलक भएकाले आगामी दिनमा यात्रुको सुविधाका लागि बस थप्ने र रुट अन्यत्र फैलाउने प्रबन्धक पाण्डेयले बताएका छन्। उनले भने, ‘हामीले यात्रुको सुविधालाई ध्यान दिएर सेवा थप गरिरहेका छौँ।’

काठमाडौँ उपत्यकाका स्थानीय तहसँगको सहकार्य बढाउँदै गएको साझाले जनाएको छ। काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिकालगायतले साझाको सेयर खरीद गरेको प्रबन्धक पाण्डेयले बताए। उनका अनुसार संस्थाले प्रदेश नं ३ कामनपा र ललितपुर महानगरपालिकासँगको सहकार्यमा रू ४५ करोडमा विद्युतीय बस खरीद गर्ने भएको छ।

विद्युतीय बस खरीदका लागि प्रदेश नं ३ सरकारबाट रू ३० करोड, काठमाडौँ महानगरपालिकाबाट रू १० करोड, ललितपुर महानगरपालिकाबाट रू २ करोड ५० लाख र साझा आफैँले रू २ करोड ५० लाख सेयर लगानी गरेर विद्युतीय बस खरीद गर्ने निर्णय भएको हो।

विसं २०७० मा सेवा शुरु हुँदा पहिले नगर केन्द्रित साझाका बस अहिले काठमाडौँका ग्रामीण क्षेत्रसम्म विस्तार भइरहेको उनले बताउका छन्। उनले भने, ‘उपत्यकाका अझै धेरै पालिकाले साझासँग सहकार्य गर्न चाहेका छन्।’ अघिल्लो साता मात्रै काठमाडौँ महानगरपालिका र साझा यातायातसँगको सहकार्यमा ‘यूरो ४’ मापदण्डका २० नयाँ बस भित्र्याएको थियो। बस भक्तपुर र ललितपुरका विभिन्न स्थानमा सञ्चालन भइरहेका छन। यी बस भक्तपुरको नयाँ र पुरानो दुवै बाटो हुँदै परिक्रमा गर्ने गरी रुट अनुमति लिएर सञ्चालन भइरहेको संस्थाका प्रबन्धक पाण्डेयले जानकरी दिए। नयाँ बसपार्कबाट जडीबुटी हुँदै कमलविनायकसम्मको एउटा मार्ग र चाबहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लगनखेलसम्मको अर्काे मार्गमा बस सञ्चालन शुरु भएको थियो।

दुई दशक पहिलेसम्म सबैभन्दा भरपर्दाे र विस्तार भएको सेवा प्रदायकका रुपमा साझा यातायात रहेको थियो। बीचमा केही वर्ष सेवा अवरुद्ध भएर पुनःसञ्चालनमा आएपछि साझाले यात्रुलाई सुविधा दिन विभिन्न कुराको शुरुआत गर्दै आएको छ। ठूला र आरामदायी सिट, टिकट, विद्युतीय कार्ड, अपाङ्गता र ज्येष्ठ नागरिकमैत्री बसको शुरुआत साझाले गरेको हो। विसं २०१६ मा स्थापित उक्त संस्थाको लामो समयसम्म सेवा अवरुद्ध भएपछि विसं २०७० मा सेवा पुनः शुरु भएको थियो। अहिले साझाका ७१ बस नियमित सञ्चालनमा छन्। यीमध्ये एउटा लो फ्लोर बस (अपाङ्गता र ज्येष्ठ नागरिकका लक्षित बस) र चार उपत्यका बाहिर चल्ने सुविधासम्पन्न (डिलक्स) बस छन् भने बाँकी शहरी बस रहेका संस्थाले जनाएको छ।

अहिलेसम्म पेट्रोलियम पदार्थबाट चल्ने बसहरु मात्रै भित्र्याइरहेको संस्थाले प्रदेश सरकार र स्थानीय सरकारसँगको सहकार्यमा विद्युतीय बससमेत खरीद र सञ्चालनको तयारीसमेत गरिरहेको छ। (रासस)

लोकप्रिय

स्कटल्यान्डसँग पपुवा न्युगिनी झिनो रनले पराजित

स्कटल्यान्डसँग पपुवा न्युगिनी झिनो रनले पराजित

२०७६, ४ कार्तिक सोमबार १७:२८

अस्तव्यस्त फोहोर व्यवस्थापन

अस्तव्यस्त फोहोर व्यवस्थापन

२०७६, ५ कार्तिक मंगलवार १९:११

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

२०७६, ४ कार्तिक सोमबार २०:५५

दबगं – ३ को ट्रेलर रिलिज हुनेबित्तिकै भाईरल (ट्रेलर भिडियोसहित)

दबगं – ३ को ट्रेलर रिलिज हुनेबित्तिकै भाईरल (ट्रेलर भिडियोसहित)

२०७६, ६ कार्तिक बुधबार २०:२५

पत्रकारले धोनीको बारेमा साेद्धा काेहलीकाे यस्ताे कडा जवाफ

पत्रकारले धोनीको बारेमा साेद्धा काेहलीकाे यस्ताे कडा जवाफ

२०७६, ५ कार्तिक मंगलवार १७:४१

गेल र मालिगांलाई पछि पारे सन्दीपले, करोड बढी मुल्यमा अनुबन्धित

गेल र मालिगांलाई पछि पारे सन्दीपले, करोड बढी मुल्यमा अनुबन्धित

२०७६, ४ कार्तिक सोमबार १०:२४

पीपीएलको दोस्रो संस्करण डिसेम्बरमा हुने

पीपीएलको दोस्रो संस्करण डिसेम्बरमा हुने

२०७६, ४ कार्तिक सोमबार १६:५८

बढ्दै छ गायक शंकर कडेलको  ‘पूर्णिमा’ गीतको लोकप्रियता

बढ्दै छ गायक शंकर कडेलको ‘पूर्णिमा’ गीतको लोकप्रियता

२०७६, ४ कार्तिक सोमबार १५:५८

प्रकाश सपुतको नयाँ गीत ‘टिकामाला’ सार्वजानिक (भिडियो सहित)

प्रकाश सपुतको नयाँ गीत ‘टिकामाला’ सार्वजानिक (भिडियो सहित)

२०७६, ६ कार्तिक बुधबार १७:५८

११ बुँदे मागसहित हडतालमा उत्रिए बंगलादेशका क्रिकेटर

११ बुँदे मागसहित हडतालमा उत्रिए बंगलादेशका क्रिकेटर

२०७६, ५ कार्तिक मंगलवार १२:५३

च्याम्पियन्स लिगमा स्लेभियाविरूद्ध भिड्दै बार्सिलोना

च्याम्पियन्स लिगमा स्लेभियाविरूद्ध भिड्दै बार्सिलोना

२०७६, ६ कार्तिक बुधबार १७:३२

दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध

दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध

२०७६, ५ कार्तिक मंगलवार १७:०८

एमबाप्पेले तोडे मेस्सीको किर्तिमान

एमबाप्पेले तोडे मेस्सीको किर्तिमान

२०७६, ६ कार्तिक बुधबार १३:२३

विश्वकप छनाेटमा केन्यासँग सिंगापुर पराजित

विश्वकप छनाेटमा केन्यासँग सिंगापुर पराजित

२०७६, ६ कार्तिक बुधबार १९:२१

भारतविरुद्धको तेस्रो टेष्टमा पनि दबाबमा दक्षिण अफ्रिका

भारतविरुद्धको तेस्रो टेष्टमा पनि दबाबमा दक्षिण अफ्रिका

२०७६, ४ कार्तिक सोमबार १४:२७