बुटवल – रुपन्देहीमा सुनचाँदी पसलहरूमा चोरीका घट्ना बढ्न थालेको भन्दै व्यवसायीहरूले सुरक्षाको माग गरेका छन्। जिल्लाको सदरमुकाम भैरहवाको मुख्य बजार क्षेत्रका सुनचाँदी पसलहरूमा चोरीका घटना बढ्न थालेपछि व्यवसायी त्रसित बनेका हुन्।

मंगलबार राति सिद्धार्थनगरपालिका भैरहवास्थित बैंकरोडको एसआर सुनचाँदी पसलमा करिब २५ लाखबराबरको सुन चोरी भयो। रातको समयमा पसलभित्रको करिब २ क्वीन्टलको सुनको सेफ नै उठाएर लगेको पसल सञ्चालक रोशन विकले बताए। उनले ब्यस्त बजारको पसलमा यसरी चोरी हुनुलाई गम्भीरतापूर्वक लिन प्रहरी प्रशासनलाई आग्रह गरे। उनले भने, ‘दुई क्वीन्टलको सेफ नै चोरेर लैजाँदासमेत सुरक्षा निकायले अझैसम्म पत्तो लगाउन नसक्दा हामी चकित भएका छौँ।’

यसअघि गत फागुन १७ गते पनि सोही ठाउँमा प्रेमकुमार सेन्चुरीको विके ज्वेलर्समा चोरी भएको थियो। यसरी शृंखलावद्ध रूपमा चोरी हुँदा व्यवसायी आतंकित भएको सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रकाशमणि विश्वकर्माले बताए। उनले भने, ‘रातभर घरमा सुत्दा पनि हामी ढुक्क हुन सक्ने अवस्था छैन। यसरी व्यवसाय कसरी चलाउने हो ?’

ठूलो लगानीमा रहेको व्यवसाय निर्धक्क सञ्चालन गर्ने वातावरण नहुनु दुःखद भएको व्यवसायीहरूको गुनासो छ। ‘ठूलो लगानी गरेर सुन व्यवसाय सञ्चालन गर्नुपर्ने त्यसमा पनि मुख्य बजार क्षेत्रमा बारम्बार चोरीका घटना हुँदा पनि प्रहरीले सुरक्षा दिन सकेन भने हामीले कसरी व्यवसाय चलाउने ?,’ सुनचाँदी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष एमबी विश्वकर्माले भने, ‘त्यसतर्फ प्रशासन सचेत हुनुपर्छ।’

शृंखलावद्ध रूपमा भएका चोरीका घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी असफल भएको व्यवसायीहरूको आरोप छ। यसरी लगातार चोरीका घटना भइरहे व्यवसाय सञ्चालन गर्न कठिन हुने सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए। व्यवसायीहरूले प्रहरी प्रशासनले आफूहरूको मागलाई गम्भीरतापूर्वक नलिएकोमा आपत्ति जनाएका छन्।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

२०७६, १ श्रावण बुधबार १९:३८

कर्मचारीको बढेको तलब आजदेखि लागू

कर्मचारीको बढेको तलब आजदेखि लागू

२०७६, १ श्रावण बुधबार १८:३१

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

२०७६, १ श्रावण बुधबार १६:५७

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा नपाइने

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा…

२०७६, ३१ असार मंगलवार १९:३८

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

२०७६, १ श्रावण बुधबार १३:००

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

२०७६, ३० असार सोमबार १६:३३

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

२०७६, १ श्रावण बुधबार ०९:२६

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

२०७६, ३१ असार मंगलवार १४:२७

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

२०७६, ३० असार सोमबार १४:११

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

२०७६, ३१ असार मंगलवार १९:३०

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

२०७६, १ श्रावण बुधबार ०८:३९