काठमाडौँ – सरकारले यहि साउन १ गतेबाट मालसामान ढुवानी विवरण सूचना प्रणालीमा राख्नैपर्ने नयाँ ब्यवस्था लागू गर्न लागेको छ । नक्कली बिल–बीजक जारी गरी वा भन्सार छलेर अर्बौंको राजश्व चुहावट गर्ने तथा विभिन्न तरिकाले हुने आर्थिक अपराध रोक्न सरकारले मालसामान ढुवानी गर्दा सूचना प्रणालीमा राख्नैपर्ने नयाँ व्यवस्था लागू गरेको हो ।

छोटो समयमै बिल मात्रै बनाएर आठ अर्बभन्दा बढीको राजश्व चुहावट गरेको तथ्य फेला पारी घटनाको अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागले यस्तो प्रवृत्ति र तस्करी रोक्न मालसामान ढुवानी गर्दा केन्द्रीय सूचना प्रणालीमा राख्नैपर्ने व्यवस्था लागू गरी नयाँ प्रयासको थालनी गरेको हो । प्रविधिको प्रयोगबाटै सुशासन कायम गर्ने यो महत्वपूर्ण खुट्किलो हुने जनाइएको छ ।

एक ठाउँबाट अर्को स्थानमा व्यावसायिक प्रयोजनका लागि मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण राजश्व अनुसन्धान विभागको ‘भेइकल एण्ड कन्साइनमेण्ट ट्र्याकिङ सिस्टम’मा आधारित केन्द्रीय सूचना प्रणालीमा समावेश गरेर मात्र ओसारपसार गर्नुपर्ने प्रावधान छ

यही साउन १ गतेबाट उक्त प्रणाली लागू गर्न लागिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए। गत वर्षदेखि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतमा आएको विभागले आर्थिक अनुशासन कायम गरी तस्करी नियन्त्रण गर्नु नै ‘सफ्टवेयर’ प्रणालीको मुख्य उद्देश्य रहेको जनाएको छ।

नेपाल सरकार राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा १५ ९ग० को उपदफा ५ ले दिएको अधिकार प्रयोग गरी सोही दफाको उपदफा १ मा एक ठाउँबाट अर्को स्थानमा व्यावसायिक प्रयोजनका लागि मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण राजश्व अनुसन्धान विभागको ‘भेइकल एण्ड कन्साइनमेण्ट ट्र्याकिङ सिस्टम’मा आधारित केन्द्रीय सूचना प्रणालीमा समावेश गरेर मात्र ओसारपसार गर्नुपर्ने प्रावधान छ।

नेपाल सरकार राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा १५ ९ग० को उपदफा ५ ले दिएको अधिकार प्रयोग गरी सोही दफाको उपदफा १ मा एक ठाउँबाट अर्को स्थानमा व्यावसायिक प्रयोजनका लागि मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण राजश्व अनुसन्धान विभागको ‘भेइकल एण्ड कन्साइनमेण्ट ट्र्याकिङ सिस्टम’मा आधारित केन्द्रीय सूचना प्रणालीमा समावेश गरेर मात्र ओसारपसार गर्नुपर्ने प्रावधान छ ।

सोही व्यवस्थाअनुसार यही असार २३ गते राजपत्रमा सूचना प्रकाशित गरी सरकारले यही साउन १ गतेबाट लागू हुनेगरी व्यवसायीलाई आह्वान गरेको छ । विगत १० महीनादेखि नै विभागले उक्त सफ्टवेयर बनाउने काम थालेको थियो । विगत दुई महीनादेखि विभागले लागू गराउन आवश्यक तयारी थालेको थियो । मुलुकका विभिन्न ६० स्थानमा पुगेर व्यवसायीसँग छलफलसमेत गरेको महानिर्देशक मैनालीले बताए। सो विषयमा व्यवसायीको छाता सङ्गठनका पदाधिकारीसँग मङ्लगबार मात्रै भएको छलफलमा समेत उनीहरुले नयाँ व्यवस्थाअनुसार नै अगाडि बढ्ने र पहिलो चरणमा प्रचारप्रसारलाई तीव्र गति दिने विषयमा सहमति जनाएका छन् ।

महानिर्देशक मैनालीले भने, ‘अब भन्सार विन्दुबाटै मालसामान लिएर हिँड्दा थोक वितरकले मालसामान बिक्री गर्नु पहिला गाडी नम्बर, चालक, सामानको प्रकृति, खरीदकर्ता, बिल मूल्य कोडसहित विभागको वेब साइटमा प्रविष्ट गराउनुपर्छ ।’

‘युजर नेम र पासवर्ड’ व्यवसायी आफैँले बनाउनुपर्ने र त्यसबाट विभागको साइटमा इन्ट्री गरेर मात्रै मालसामान ढुवानी गर्नुपर्ने व्यवस्था छ । पहिले कागज बोकेर हिँड्नुपर्दथ्यो । हरेक भन्सार प्वाइण्टमा देखाउनु पर्दथ्यो तर अब यस प्रणालीमा प्रविष्ट गरेपछि कागज बोकिरहनु पर्दैन । उक्त प्रणालीमा थोकस्तरमा मालवस्तु बिक्री गर्ने आपूर्तिकर्ता, उद्योग र वितरक मात्र प्रविष्ट गरिनेछ ।

“पहिले चेक प्याइण्ट छले पुग्थ्यो तर अब छड्के जाँच हुन्छ, त्यसकारण जाँचस्थल कहाँ हुन्छ कसैलाई थाहा हुन्न, यसले आर्थिक अपराध र सामान तस्करी रोक्न सजिलो हुन्छ”, महानिर्देशक मैनालीले थप्नुभयो । उक्त प्रणालीको प्रयोगका लागि अहिलेसम्म एक हजार २०० व्यवसायीले नाम इन्ट्रीका लागि युजर आइडी र पासवर्ड बनाइसकेको विभागले जनाएको छ । रासस

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

२०७६, १ श्रावण बुधबार १९:३८

कर्मचारीको बढेको तलब आजदेखि लागू

कर्मचारीको बढेको तलब आजदेखि लागू

२०७६, १ श्रावण बुधबार १८:३१

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

२०७६, १ श्रावण बुधबार १६:५७

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा नपाइने

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा…

२०७६, ३१ असार मंगलवार १९:३८

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

२०७६, १ श्रावण बुधबार १३:००

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

२०७६, ३० असार सोमबार १६:३३

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

२०७६, १ श्रावण बुधबार ०९:२६

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

२०७६, ३१ असार मंगलवार १४:२७

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

२०७६, ३० असार सोमबार १४:११

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

२०७६, ३१ असार मंगलवार १९:३०

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

२०७६, १ श्रावण बुधबार ०८:३९