वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेसीमा आफूलाई विश्वास नरहेको बताएका छन्। उनले क्रिप्टोकरेन्सी मुद्रा होइन भन्दै यस मुद्राको व्यापार गर्न चाहनेहरु बैंकिङ नियमनको दायरामा आउनुपर्ने धारणा राखे।

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै ‘मलाई बिट्क्वाइन र अरु किसिमका क्रिप्टोकरेन्सीमा विल्कुलै विश्वास छैन, र यो मुद्रा होइन। यस्ता मुद्राको मूल्य निकै अस्थिर र अनुमानयोग्य छैन’ भनेका छन्। विद्युतीय प्रकृतिको भएकाले लगभग पत्ता लगाउन नसकिने यस्ता क्रिप्टोकरेन्सीले अवैध कृयाकलापलाई प्रश्रय दिन सक्ने पनि उनले बताए।

क्रिप्टोकरेन्सी विश्वका केन्द्रीय वा बैंकिङ प्रणालीमा आबद्ध नभई इन्टरनेट मार्फत एकापसमा गरिने कारोबार हो र यो एक किसिमको डिजिटल मुद्रा हो। सन् २००९ मा बिट्क्वाइन प्रारम्भ भएपछि क्रिप्टोकरेन्सी विश्वभर तिब्र गतिमा फैलिएको छ। फेसबुकले पनि गत महिना आफ्नै लिब्रा नामको क्रिप्टो मुद्रा प्रचलनमा ल्याउने घोषणा गरेपछि यसले विश्वका बैंकिङ नियामकहरुमाझ अझ चर्चा पाएको छ।

करिब दुई अब प्रयोगकर्ता भएको फेसबुकले सन् २०२० मा लिब्रालाई अरु साझेदार समेतको सहकार्यमा प्रचलनमा ल्याउने घोषणा गरेको छ। यसले विश्वको वित्तीय कारोबारलाई नै प्रभावित तुल्याउने अनुमान गरिएका छन्। तर राष्ट्रपति ट्रम्पले फेसबुक र अरु कम्पनीले क्रिप्टोकरेन्सी प्रारम्भ गर्दा अमेरिकी र अन्तर्राष्ट्रिय बैंकिङ नियमन प्रणाली दुबैलाई स्वीकार गर्नुपर्ने चेतावनी दिए। ‘संयुक्तराज्य अमेरिकामा एउटा मात्र वास्तविक मुद्रा (अमेरिकी डलर) छ, र यो विगतको भन्दा बढी मजबूत छ।’

विश्वका प्रमुख औद्योगिक मुलुकहरुको समूह जी–७ का अर्थ मन्त्रीहरुको फ्रान्समा बस्न लागेको बैठकमा क्रिप्टोकरेन्सीका बारेमा पनि छलफल हुने तयारी हुँदैछ। कतिपय अमेरिकी नेताहरुले फेसबुकको लिब्रा परियोजनालाई पूर्ण रुपमा बन्देज लगाउनुपर्ने माग समेत गर्न थालेका छन्। फेसबुकले मानिसका दैनिक जीवनका आवश्यकता पूरा गर्न लिब्रा सार्वजनिक गर्न चाहेको जनाएको छ।

विकासशील मुलुकहरुमा भने लिब्रालाई बैंकिङ, क्रेडिट कार्ड र ई–कमर्शका रुपमा पनि प्रयोग गर्ने फेसबुकको तयारी छ। (रासस–एएफपी)

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

लागुऔषधसहित दुईजना पक्राउ

लागुऔषधसहित दुईजना पक्राउ

२०७६, ५ माघ आईतवार २०:१७

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

कमजोर व्यवस्थापनका कारण ठाकुरराम बदनाम: विद्यार्थी नेता वर्णवाल

कमजोर व्यवस्थापनका कारण ठाकुरराम बदनाम: विद्यार्थी नेता वर्णवाल

२०७६, ५ माघ आईतवार १२:२७

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

नेपाली सिनेमामा समावेश लोकगीतबारे यस्तो चर्चा

नेपाली सिनेमामा समावेश लोकगीतबारे यस्तो चर्चा

२०७६, ५ माघ आईतवार १८:०६

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

ताेलामा २ सयले बढ्याे सुनकाे मुल्य

ताेलामा २ सयले बढ्याे सुनकाे मुल्य

२०७६, ५ माघ आईतवार १२:४५

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

शिक्षकको कुटाइबाट एक विद्यार्थीको मृत्यु

शिक्षकको कुटाइबाट एक विद्यार्थीको मृत्यु

२०७६, ४ माघ शनिबार १५:४२