विराटनगर – ट्रक यातायात तथा ढुवानी व्यवसायीहरूले आगामी साउन १ गतेदेखि सेवा ठप्प पार्ने चेतावनी दिएका छन्। सरकारले साउन महिनाबाट ढुवानी भाडामा भ्याट र भेइकल एण्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) सिस्टम लागू गर्ने भएपछि व्यवसायी त्यसको विरोधमा उत्रिएका हुन्। सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट भाषणबाट साउन १ गतेदेखि भीसीटीएस लागू गर्ने घोषणा गरिसकेको छ।

सरकारले ल्याउन लागेको भ्याट र भीसीटीएस सिस्टम व्यावहारिक नभएको भन्दै व्यवसायीले विरोध जनाएका हुन्। सरकारले ल्याएको भीसीटीएस सिस्टम लागू भएपछि प्रत्येक ढुवानीकर्ताले आफूले लोड अनलोड गर्ने सामानको विवरण भरेर राजस्व अनुसन्धान विभागले दिने युजर प्यान कोडसहित अनलाइन फारम भर्नुपर्ने हुन्छ।

ढुवानी सेवामा आवद्ध मजदुर र चालकहरू सामान्य लेखपढ गर्न मात्र जान्ने भएकाले बिल, बिल्टी, चालकको लाइसेन्स र मालसामानसहितको सम्पूर्ण विवरण अनलाइनमार्फत भर्न समस्या हुने उनीहरूको तर्क छ।

विराटनगर ट्रक व्यवसायी संघका अध्यक्ष मेघराज सिग्देलले सरकारले सरोकारवालासँग आवश्यक परामर्श र छलफल नगरी अव्यावहारिक नियम लागू गर्न खोजेपछि व्यवसायी सेवा ठप्प पार्न बाध्य भएको जानकारी दिए। अध्यक्ष सिग्देलले ढुवानी सेवा अधिकांश रूपमा स्वरोजगारमूलक पेशाको रूपमा सञ्चालनमा रहेको बताउँदै व्यवसाय गरेबापत ट्रक व्यवसायीले टीडीएस बुझाउँदै आएको बताए।

एक ट्रक धनीले सम्पूर्ण करसहित वार्षिक रूपमा २ लाख ३९ हजार बुझाउँदै आएको उनको दाबी छ। प्रदेश १ मा ५ सयभन्दा बढी ढुवानी व्यवसायी रहेका छन् भने ५ हजारभन्दा बढी ट्रक सञ्चालनमा रहेको जनाइएको छ। व्यवसायीहरुले सरकारले लागू गर्न लागेको नियम अव्यावहारिक भएको भन्दै प्रदेश सरकार र संघीय सरकारमा समेत ज्ञापन र ध्यानाकर्षण पत्र बुझाइसकेका छन्।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२०७६, ३ श्रावण शुक्रबार १४:०६

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८