भक्तपुर – वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरू भएको छ। बिहीबारदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो।

हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालयले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ भने नदी किनारामा बसेका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी नारायण भट्टले हनुमन्तेमा बाढी बढेकाले नदी आसपासका बासिन्दालई उच्च सतर्कतामा रहन आग्रह गरेको बताए।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रजिअ भट्टका साथै नेपाली सेना, प्रहरीसहितको टोलीले डुबानको जोखिममा रहेको क्षेत्र अनुगमन गरेको छ। उनले भने, ‘हनुमन्ते नदी किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेका छौँ, बाढी बस्तीमा पसेमा तत्काल उद्धार गर्न नेपाली सेना, प्रहरीलगायतको विपद् व्यवस्थापनका टोली समेतलाई तयारीमा राखेका छौँ, नेपाली सेनाका टोली जोखिम रहेको ठाउँमा परिचालन भएका छन्।’

नदी थुनिएको ठाउँहरुमा नेपाली सेनाको टोलीले खोला खोल्ने काम गरिरहेका छ। बाढी भक्तपुर नगरपालिकाको सूर्यविनायक राम मन्दिर, बाराहीस्थान, मध्यपुरथिमिको राधेराधे, शङ्खधर चोक, सूर्यविनायक नगरपालिकाको बालकोट, चारदोबाटोलगायत क्षेत्रबाट बाढी बस्तीमा पस्न थालिसकेका छन्। शङ्खधर चोकबाट दधिकोट जाने पुल भासिएको छ। मध्यपुरथिमि नगरपालिकाका बिस्कुट कारखाना, तरकारी बजारलगायत क्षेत्र डुबानमा परेका छन्।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित अन्य स्वयंसेवकको टोली जिल्लामा आइपर्ने विपद् न्यूनीकरणका लागि उच्च सतर्कतामा रहेका छन्। यस वर्ष रु २० लाखमा विपद् व्यवस्थापन एवं उद्धार सामग्रीहरु खरीद गरेर उद्धारको तयारीमा राखिएको छ।

गत वर्ष असार २८ गते परेको भीषण वर्षाका कारण आएको बाढीले भक्तपुर नगरपालिकाको जगातीदेखि सल्लाघारीसम्म, मध्यपुरथिमि नगरपालिकाको राधेराधे क्षेत्र कमरोटार क्षेत्र, मध्यपुर अस्पताल, शङ्खधर चोक, अरनिको राजमार्ग, सागबारी, सूर्यविनायक नगरपालिकाका कटुञ्जे, बालकोटलगायत क्षेत्रमा हनुमन्तेको बाढी पस्दा सयौँ घर डुबानमा पर्नाका साथै करोडौँको धनमाल क्षति भएको थियो।

यस वर्ष हनुमन्ते करिडोर निर्माण शुरू भएसँगै हनुमन्तेको बाढी बस्तीमा नपस्ने आशामा बसेका यहाँका बासिन्दामा भूमाफियाको चलखेलमा हनुमन्ते करिडोर निर्माण रोकिएकाले थप समस्या बल्झिएको हो।

प्रतिनिधिसभा सदस्य महेश बस्नेतले बाढीको जोखिममा रहेका क्षेत्रको अनुगमन गर्दै हनुमन्ते करिडोर निर्माण रोकिँदा थप समस्या आएको बताए। उनले उक्त करिडोर निर्माण रोकिएकै क्षेत्रमा पानीको बहाब फर्किएर गएको पाइएको बताउँदै जोखिम न्यूनीकरण गर्न आवश्यक पहल भइरहेको बताए।

विसं २०७५ मङ्सिरदेखि उक्त करिडोरको निर्माण कार्य शुरू भई असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेकामा असार लागेलगत्तै भूमाफियाको चलखेलमा रोकिएको छ। मध्यपुर थिमि नपा–३ र सूर्य्विनायक नपा–३ मा पर्ने चारदोबाटो क्षेत्रमा निर्माण कार्य पुगेपछि २०२१ सालको नापी नक्साअनुसार खोला बग्न दिन हुन्न भन्दै भूमाफियाले अवरोध पुर्याएपछि करिडोर निर्माण रोकिएको बालकोटका रामशरण श्रेष्ठले बताए।

शुक्रबार आएको बाढी करिडोर निर्माण रोकिएकै ठाउँबाट फर्किएर बस्तीमा पस्न थालेको बताउँदै यसबाट हुने क्षतिको जिम्मेवारी रोक्ने व्यक्तिहरुले लिनुपर्ने बताए। मध्यपुरथिमि नगरपालिका क्षेत्रमा ब्लक कारखानाले पर्खाल लगाएर दुई दशकदेखि कब्जा गर्दै आएको करोडौँको मूल्य पर्ने सात रोपनी सार्वजनिक जग्गा झिक्न पर्खाल भत्काएपछि भूमाफियाको चलखेलमा हनुमन्ते करिडोरको काम रोकिएको स्थानीयवासीको गुनासो छ।

जग्गाधनीको सहमतिअनुसार सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकाले संयुक्त रुपमा तयार पारेको नक्साका आधारमा दीर्घकालीन रुपमा समस्या समाधान गर्नेगरी नदीको बहावलाई व्यवस्थित गर्दै जग्गाको विवाद ल्याण्डपुलिङको माध्यमबाट समाधान गर्ने, अतिक्रमण भएका सार्वजनिक जग्गाहरु फिर्ता गरी व्यवस्थित गरिने सहमतिअनुसार करिडोर निर्माण गरिएकामा एक महीनादेखि रोकिएको छ। (रासस)

लोकप्रिय

स्कटल्यान्डसँग पपुवा न्युगिनी झिनो रनले पराजित

स्कटल्यान्डसँग पपुवा न्युगिनी झिनो रनले पराजित

२०७६, ४ कार्तिक सोमबार १७:२८

अस्तव्यस्त फोहोर व्यवस्थापन

अस्तव्यस्त फोहोर व्यवस्थापन

२०७६, ५ कार्तिक मंगलवार १९:११

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

२०७६, ४ कार्तिक सोमबार २०:५५

दबगं – ३ को ट्रेलर रिलिज हुनेबित्तिकै भाईरल (ट्रेलर भिडियोसहित)

दबगं – ३ को ट्रेलर रिलिज हुनेबित्तिकै भाईरल (ट्रेलर भिडियोसहित)

२०७६, ६ कार्तिक बुधबार २०:२५

पत्रकारले धोनीको बारेमा साेद्धा काेहलीकाे यस्ताे कडा जवाफ

पत्रकारले धोनीको बारेमा साेद्धा काेहलीकाे यस्ताे कडा जवाफ

२०७६, ५ कार्तिक मंगलवार १७:४१

गेल र मालिगांलाई पछि पारे सन्दीपले, करोड बढी मुल्यमा अनुबन्धित

गेल र मालिगांलाई पछि पारे सन्दीपले, करोड बढी मुल्यमा अनुबन्धित

२०७६, ४ कार्तिक सोमबार १०:२४

पीपीएलको दोस्रो संस्करण डिसेम्बरमा हुने

पीपीएलको दोस्रो संस्करण डिसेम्बरमा हुने

२०७६, ४ कार्तिक सोमबार १६:५८

बढ्दै छ गायक शंकर कडेलको  ‘पूर्णिमा’ गीतको लोकप्रियता

बढ्दै छ गायक शंकर कडेलको ‘पूर्णिमा’ गीतको लोकप्रियता

२०७६, ४ कार्तिक सोमबार १५:५८

प्रकाश सपुतको नयाँ गीत ‘टिकामाला’ सार्वजानिक (भिडियो सहित)

प्रकाश सपुतको नयाँ गीत ‘टिकामाला’ सार्वजानिक (भिडियो सहित)

२०७६, ६ कार्तिक बुधबार १७:५८

११ बुँदे मागसहित हडतालमा उत्रिए बंगलादेशका क्रिकेटर

११ बुँदे मागसहित हडतालमा उत्रिए बंगलादेशका क्रिकेटर

२०७६, ५ कार्तिक मंगलवार १२:५३

च्याम्पियन्स लिगमा स्लेभियाविरूद्ध भिड्दै बार्सिलोना

च्याम्पियन्स लिगमा स्लेभियाविरूद्ध भिड्दै बार्सिलोना

२०७६, ६ कार्तिक बुधबार १७:३२

दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध

दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध

२०७६, ५ कार्तिक मंगलवार १७:०८

एमबाप्पेले तोडे मेस्सीको किर्तिमान

एमबाप्पेले तोडे मेस्सीको किर्तिमान

२०७६, ६ कार्तिक बुधबार १३:२३

विश्वकप छनाेटमा केन्यासँग सिंगापुर पराजित

विश्वकप छनाेटमा केन्यासँग सिंगापुर पराजित

२०७६, ६ कार्तिक बुधबार १९:२१

भारतविरुद्धको तेस्रो टेष्टमा पनि दबाबमा दक्षिण अफ्रिका

भारतविरुद्धको तेस्रो टेष्टमा पनि दबाबमा दक्षिण अफ्रिका

२०७६, ४ कार्तिक सोमबार १४:२७