पोखरा – यहाँको एक युवकले १० लाख रुपैयाँ कबोलेर भाडाको मान्छे प्रयोग गरी श्रीमतीको हत्या गरेको रहस्य खुलेको छ। मकवानपुर घर भई पोखरा– १०, रामबजारमा मोबाईल पसल गरी बस्ने ३५ वर्षीय रमेश नेपालीले प्रहरीसमक्ष श्रीमतीको हत्या आफैँले गरेको स्वीकारेका छन्।

उनले श्रीमती २८ वर्षीया लक्ष्मी नेपालीको हत्या गर्न १० लाख रुपैयाँको कबोल गरेर ६ लाख दिइसकेको र बाँकी ४ लाख दिन बाँकी रहेको प्रहरीलाई बयान दिएका छन्।

हत्या यसरी भयो

लामो समयदेखि श्रीमती लक्ष्मीको खुट्टामा समस्या थियो। त्यसैको उपचारका लागि चाहिने जडिबुटी खोज्न भन्दै रमेशले श्रीमती लक्ष्मीलाई असार १ गते पुम्दीभुम्दीस्थित ठूल्ढुङ्गाको जंगलमा पुर्‍याएका थिए। जंगल पुगेपछि पूर्वयोजना अनुसार रमेशले तयारी अवस्थामा राखेको २ जना व्यक्तिले नै लक्ष्मीको हत्या गरेका थिए। सिद्धार्थ राजमार्गभन्दा करिब ५ सय मिटर तल जंगलमा गत बुधबार लक्ष्मीको अस्थिपञ्जर भेटिएको थियो।

प्रहरीमा श्रीमती हराएको निवेदन

घटनापछि रमेशले पोखरा– १५ स्थित वडा प्रहरी कार्यालय रामबजार र जिल्ला प्रहरी कार्यालय कास्कीमा श्रीमती लक्ष्मीको खोजी गरिदिन निवेदन दिएका थिए। लक्ष्मीले १ लाख ५० हजार रुपैयाँसमेत लिएर घरबाट हिँडेको र श्रीमती सम्पर्कबिहीन हुँदा छोराछोरी र परिवार बिचल्लीमा परेको रमेशले निवेदनमा उल्लेख गरेका थिए।

यसरी मोडियो अनुसन्धान

रमेशले रुँदै श्रीमती बेपत्ता भएकाले परिवार र छोराछोरी बिचल्लीमा परेको भन्दै विभिन्न सञ्चार माध्यममा प्रचार गर्न थालेपछि प्रहरीले घटनाको सुक्ष्म अध्ययन थालेको थियो। रमेशको क्रियाकलाप शंकास्पद देखिएपछि प्रहरीले उनको घर खानतलासी गर्दा लक्ष्मीले प्रयोग गर्ने गरेको मोबाइल, सिक्रीलगायत सामग्री भेटिएको थियो। त्यसपछि भने रमेशले प्रहरीसमक्ष घटनाबारे सबै बताएका थिए।

अर्को बिहे गर्न श्रीमतीको हत्या

घटनाको विषयमा बताउने क्रममा रमेशले दोस्रो विवाह गर्नका लागि आफूले श्रीमतीको हत्या गरेको स्वीकारेका छन्। नाता पर्ने एक युवतीसँग रमेशको लामो समयदेखि प्रेम सम्बन्ध रहेको उनका आफन्तहरुले बताएका छन्। आफन्तहरुका अनुसार नाताले मामा पर्नेकी छोरीसँग रमेशको प्रेम सम्बन्ध रहेको खुलेको छ। प्रेम सफल बनाउन श्रीमती तगारो हुने भएपछि रमेशले आफूनिकट साथीहरुसँग सल्लाह गरी हत्याको योजना बनाएको प्रहरीको भनाइ छ।

गाई मरेकाले झुक्यायो

लक्ष्मीको हत्या भएको २५ दिनसम्म पनि स्थानीयवासीले पत्तै पाएनन्। जबकि, साधारणतया दुई तीन दिनपछि नै दुर्गन्ध फैलिन्छ। केही दिन पहिले त्यस क्षेत्रमा एउटा गाई मरेका कारण त्यसैको दुर्गन्ध होला भन्दै बटुवा र स्थानीय झुक्किएको हुनसक्ने प्रहरी अनुमान छ।

अन्यको खोजी हुँदै

प्रहरीले हत्यामा संलग्न अन्यको खोजी तीव्र पारेको छ। केहीलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। ‘हत्यामा धेरै जनाको संलग्नता देखिन्छ। अनुसन्धान गरिरहेका छौँ,’ कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले भने, ‘धेरै कुरा खोल्दा अपराधी उम्कन सक्छ। केही समयपछि सबै कुरा सार्वजनिक गर्छौं।’

नरहरि पौड्याल नरहरि पौड्याल
नेपाली पब्लिकका गण्डकी प्रदेश संयोजक हुन्।

लोकप्रिय

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

२०७६, ३ कार्तिक आईतवार १०:४०

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः यूएईविरुद्ध ओमान विजयी

टी–२० विश्वकप छनोटः यूएईविरुद्ध ओमान विजयी

२०७६, २ कार्तिक शनिबार १०:५६

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६

बर्मुडामाथि पपुवा न्युगिनीको शनसनीपूर्ण जित

बर्मुडामाथि पपुवा न्युगिनीको शनसनीपूर्ण जित

२०७६, २ कार्तिक शनिबार १४:५०

डब्लुसीएलः चितवनसामु निरिह ललितपुर, रितुको अर्धशतकीय पारी

डब्लुसीएलः चितवनसामु निरिह ललितपुर, रितुको अर्धशतकीय पारी

२०७६, १ कार्तिक शुक्रबार १६:३०

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

२०७६, ३ कार्तिक आईतवार १३:४०

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

२०७६, ३ कार्तिक आईतवार १७:०६

प्रियंकाले दर्शकको मन जित्न सकिनन् ‘द स्काई इज पिंक’ बाट .

प्रियंकाले दर्शकको मन जित्न सकिनन् ‘द स्काई इज पिंक’ बाट…

२०७६, २ कार्तिक शनिबार ०८:०९