बुटवल – भारतबाट आयातित आलुमा विषादीको मात्रा बढी देखिएको छ। बुधवारबाट बुटवलमा शुरू भएको विषादीको नमूना परीक्षणमा भारतबाट ल्याइएको आलुमा विषादीको मात्रा बढी देखिएको हो। ‘भैरहवा भन्सार कार्यालयले पठाएका दुईवटा आलुका नमूना हेर्दा ‘रुकावट प्रतिशत’ उच्च देखिएको छ विषादी अवशेष द्रुत विश्लेषण इकाइ बुटवलका प्रमुख रामबहादुर खत्रीले भने, ‘तत्कालका लागि खान नहुने’ सूचीमा आलु देखिएको छ।’

उनका अनुसार हालसम्म भैरहवा भन्सार कार्यालयबाट आएका नमूना परीक्षणमा ‘खान अयोग्य’ भने देखिएको छैन। बुटवल इकाइले तीन चरणमा विश्लेषण गर्ने गरेको छ। ३५ प्रतिशतसम्मको रुकावटलाई सामान्य मानेको छ भने ३५ देखि ४५ प्रतिशतसम्म तत्कालका लागि खान नहुने सूचीमा राख्ने गरेको छ। त्यस्तै, ४५ प्रतिशतभन्दा बढी रुकावट देखिएमा त्यस्तो फलफूल वा तरकारी खानका लागि अयोग्य हुने खत्रीको भनाइ छ।

बुटवलको कार्यालयले मंगलबारबाट बुटवलको सब्जीमन्डीबाट प्राप्त तरकारी तथा फलफूलहरूको ‘अवषेश विष्लेषण’ गर्ने गरेकोमा बिहीबारबाट भैरहवा भन्सार कार्यालयबाट आउने नमूनाहरूको समेत विश्लेषण गर्न शुरू गरेको छ। स्थानीय स्तरमा उत्पादन भएका तरकारी तथा फलफूलहरूको नमूना सब्जीमन्डीबाट दैनिकजसो ६ देखि १० वटासम्म नमूनाहरू आउने गरेका थिए। ती नमूना परीक्षणमा समेत विषादीको मात्रा पाइएको प्रमुख खत्रीले बताए। ‘स्थानीय उत्पादनमा विषादीको मात्रा हुँदै नभएको त होइन तर केही कम थियो,’ उनले भने।

पहिलो दिनमा भन्सारबाट आएका नमूनाहरूमध्ये २६ वटाको विषादी परीक्षण भएको थियो, जसमा रुकावट प्रतिशत ३५ भन्दा कम देखिएको थियो। तर, दोस्रो दिन शुक्रबार गरिएका ३० वटा नमूना परीक्षणमा आलुका दुईवटा नमूनामा रुकावट प्रतिशत ३५ भन्दा माथि देखिएकाले तत्कालका लागि खान नहुने सूचीमा राखिएको छ।

विगत ८ महिनादेखि बन्द रहेको विषादी परीक्षणको कार्य पुनः सुचारु भएसँगै भैरहवा भन्सारमा विषादी परीक्षणको काममा समेत सहज भएको भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत कलिराम पौडेलले बताए।

विषादी परीक्षणको काम दुई/तीन घन्टामै आउन थालेपछि भन्सारमा फलफूल तथा तरकारीका गाडीहरूको चापमा समेत कमी आएको छ। ‘विषादी परीक्षण इकाइ बुटवलमा काम नहुँदा काठमाडौँ पठाउनुपर्ने समस्या थियो। त्यसले गर्दा काम गर्न समस्या थियो। अहिले बुटवलबाट दुई घन्टामै रिपोर्ट आउँछ। काममा सहज भएको छ। गाडीहरूको चापसमेत घट्दै गएको छ,’ उनले भने।

बुटवलमा कर्मचारी अभावमा ८ महिनादेखि विषादी अवशेष द्रुत विश्लेषण इकाइ (प्रयोगशाला) लामो समयदेखि बन्द हुँदा तरकारी तथा फलफूलहरूको विषादी परीक्षण भएको थिएन। प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयमा दरबन्दीमा रहेका वरिष्ठ बाली संरक्षण अधिकृत रामबहादुर खत्रीलाई प्रदेश सरकारले इकाइको प्रमुखको रूपमा खटाएपछि विषादीको परीक्षण शुरू भएको हो।

डी.आर. बन्जाडे डी.आर. बन्जाडे
नेपाली पब्लिकका प्रदेश नम्बर ५ का प्रमुख संवाददाता हुन्।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

२०७६, १ श्रावण बुधबार १९:३८

कर्मचारीको बढेको तलब आजदेखि लागू

कर्मचारीको बढेको तलब आजदेखि लागू

२०७६, १ श्रावण बुधबार १८:३१

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

२०७६, १ श्रावण बुधबार १६:५७

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा नपाइने

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा…

२०७६, ३१ असार मंगलवार १९:३८

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

२०७६, १ श्रावण बुधबार १३:००

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

२०७६, ३० असार सोमबार १६:३३

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

२०७६, १ श्रावण बुधबार ०९:२६

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

२०७६, ३१ असार मंगलवार १४:२७

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

२०७६, ३० असार सोमबार १४:११

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

२०७६, ३१ असार मंगलवार १९:३०

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

२०७६, १ श्रावण बुधबार ०८:३९