– यशोदा राई

यी शब्दहरू हुन्– चिरपरिचित कथाकार फूलमान बलका। प्रायः मलाई हिजोआजका कथाले तान्दैन। पढेरै छोड्छु। छिचोलिकनै छोड्छु भनी ढिपी कसेर पढ्न बसे तापनि सङ्ग्रहमा भएका एकाध कथाहरू पढेपछि त्यहीँ टुङ्गिन्छ अनि हतार हुन्छ थन्काउनलाई किताब राख्ने आलमारीतिर। ती कथाहरू मलाई बेस्वाद लाग्दा हुन् या ती कथाहरूले मेरो मन खिच्न नसकेका हुन् तर कथाकार फूलमान बलका कथा काजोल खातुन भने दोहोर्‍याएर पढ्दा पनि अझै धित मरेको छैन। सायद लेखकको अक्षरको शक्ति नै यही हो भन्छु म।

हुन त उनका हरेक अखबारीय लेखदेखि लिएर उनका कविता सङ्ग्रह महाभारतकी मैच्याङले पनि मलाई यसरी नै तानेको थियो। लेखकसँग पाठकलाई तान्ने के जादु छ कुन्नि मलाई अचम्मै लागेको छ। फूलमान बलका कथा ‘काजोल खातुन’ बुकहिल्स् प्रकाशनले निकालेको हो। जम्माजम्मी १३ वटा मात्रै कथा यस सङ्ग्रहमा समावेश छन्। यहाँ समाहित उनका सबै कथा उत्तिकै उत्कृष्ट लाग्छन्।

उनका कथा पढ्न थालेपछि निम्टाउने हतारो पाठकमा हुँदैन। कथानक सलल बग्छ। अब के हुन्छ, कथाले कस्तो मोड लिन्छ भन्ने कौतुहलताको हुटहुटी चलिरहन्छ। जब उनका कथा पढेर सकिन्छ, विरेचनको भाव सृजना हुन्छ र लगातार मथिङ्गल हल्लाइरहन्छ। उनका कथामा यावत् कुरा भेटिन्छन्, युद्ध, आन्दोलन, प्रेम, गरिबी, मानवीयता, सामाजिकता, ऐतिहासिकता, गतिशीलता। उनका कथा बुनाइ हेर्दा फरक किसिमका काँटा प्रयोग गरेका हुन् कि जस्तो भान हुन्छ।

फूलमानका कथामा जनयुद्धका बाछिटाले घाइते भएका विभिन्न पात्रको मार्मिक चित्रण गरिएको छ। पेमासाङ भन्ने जो पात्र छिन्, उनी जनयुद्धमा होमिएपछि प्रेम र लडाकु दुवैमा अयोग्य बनी अरबमा रगत र पसिना बगाइरहेकी निरीह पात्र हुन्। उनी त एउटा प्रतिनिधि पात्र मात्रै हुन्, पेमासाङजस्तै सयौँ नेपालीको दर्दनाक स्थिति अझै पनि यथावत् नै छ।

नेपाली राजनीतिमा शासकहरूले सर्वसाधारण जनतालाई आफू माथि चढ्ने भर्‍याङका रूपमा प्रयोग गरेका कयौँ कविता क्षेत्री जस्ता अकिञ्चन पात्रहरू अझै पनि छरिएर बसेका छन्। देशमा विभिन्न राजनीतिक उथलपुथल भए जनताको नारा बोकेर विभिन्न क्रान्तिहरू भए तर विडम्बना भन्नुपर्छ, कविता क्षेत्रीहरूका जीवन स्तर भने जहाँको त्यहीँ छ भन्ने प्रस्ट देखाउँछ, कथामा आएका यस्ता माार्मिक शब्द अनि भावहरूले:

गाउँमा छँदा मुलुकमा लोकतन्त्र आयो। गणतन्त्र आयो। दश वर्षपछि काठमाडौँ आएको मौका पारी म कविताको डेरा खोज्दै बालाजु नयाँबस्ती पुगेँ। डेरामा अरू नै अनुहारहरू थिए। तल सटरमा चिनारूहरू मात्रै भेटिए। मिर्गाैला फेर्न नसकी आमाको मृत्यु भएको पाँच वर्ष पुगेछ। बुवा दुःखको भारी बोकेर गाउँ फर्केछन्। आमाको उपचारको ऋणको भार बोकेर भाइ मलेसिया पलायन भएछ। पार्टीका केही नेताहरूले भने निजी लगाानीमा बालाजु छेउमा एउटा महँगो ‘प्लस टू’ खोलेका रहेछन् कविता मेमोरियल क्याम्पस !

यसैगरी ठाउँ–ठाउँमा उनका कथाहरू, कविता पढेजस्ता लाग्छन् अनि पाठकको मुटुमा चिमोटिरहन्छन् लगातार एकैनासले। उनले कथामा विभिन्न जीवन दर्शन, जीवनको बाध्यता र कटु यर्थाथहरूलाई पनि समाहित गरेका छन्। कथाकार एक ठाउँमा लेख्छन्, ‘आखिर जीवन यस्तो अनौठो अनुभूतिको मैदान हो, जहाँ सबै आफ्नै निम्ति रुन्छन्, हाँस्छन् र खुसी मनाउँछन्।’

उनका कथामा घुमिफिरी रुम्जाटार भनेझैँ हरेक कथामा युद्ध, जनआन्दोलन, जुलुस र हडतालका प्रसङ्गहरू आएकै हुन्छन्। त्यसैले यदाकदा यो पनि खड्किन्छ कि एकाध कथाहरू अलि फरक धारको पनि आएको भए झन् अरू स्वादहरू पनि थपिन्थ्यो होला भन्ने पनि मलाई लाग्छ। तर पनि उनका कथाहरूमा कथानक समायोजन अत्यन्तै सफल देखिन्छ।

कथामा चरिमाया तामाङ, रामकुमारी झाँक्री, नविना लामा, छायादेवी पराजुली, चैतन्य मिश्र, अभि सुवेदीहरूजस्ता चेतनशील पात्रहरूले उनका कथालाई जीवन्त यथार्थ र गतिशील मोडतिर डोर्‍याएका छन्। यथार्थ घटनाक्रमलाई काल्पनिक संसारको छाया दिन कथाकार माहिर छन्। त्यसैले काजोल खातुन नेपाली द्वन्द्वको मारमा सर्वस्व गुमाएकाहरूको ऐतिहासिक दस्तावेज हो भन्दा अन्यथा हुँदैन होला सायद। भाषाशैली, मिठास, भावनात्मकता, प्रेम, काल्पनिकता र मानवीयताले भरिभराऊ भएका पात्रहरूको सशक्त उपस्थिति रहेको, शब्द चयन अति नै लोभलाग्दो उत्कृष्ट कथा सङ्ग्रह हो, काजोल खातुन !

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२०७६, ३ श्रावण शुक्रबार १४:०६

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८