काठमाडौँ – मासबेस पार्टीलाई क्याडरबेस बनाउन खोजिएको र कडा अनुशासनको प्रावधान नियमावलीमा राखिएको भन्दै कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाएका छन् । शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्ने १७ मध्ये अधिकांशले कम्युनिस्ट दलले जसरी लेबी लगाउने हो भने कांग्रेसले लोकतान्त्रिक चरित्र नै गुमाउन सक्ने भन्दै पार्टीलाई सचेत गराए।

नियमावलीमा आएका लेबी, अनुशासनको कारबाही र नियन्त्रणका प्रावधान कांग्रेसलाई नसुहाउने र अन्तर्राष्ट्रिय प्रावधानविपरीत भएको उनीहरूको भनाइ थियो। चार लाख ७० हजार क्रियाशील सदस्य रहेको कांग्रेसले पहिले सदस्य लिँदा र नवीकरण गर्दा एक सय रुपैयाँ तिर्नुपथ्र्यो। तर, संशोधित नियमावलीले नयाँ सदस्यताको पाँच सय र नवीकरण शुल्क एक सयबाट बढाएर तीन सय ६५ रुपैयाँ बनाएको छ।

यसरी क्रियाशील सदस्यहरूलाई नै दिनको एक रुपैयाँ लेबीस्वरूप लिने व्यवस्था गरेपछि कांग्रेसमा यसको विरोध भएको हो । अधिकांशले लेबी शब्द नराख्न र रकम घटाउन माग गरेका छन् । नवीकरण शुल्क थोरै बढाए पनि लेबीका रूपमा लिन नहुने उनीहरूको भनाइ थियो ।

जो लेबीको समर्थनमा देखिए

केन्द्रीय सदस्यहरू शंकर भण्डारी, किशोरसिंह राठोर, अर्जुन जोशी र अतहर कमाल मुसलमान भने लेबी लगाएर क्याडरबेस पार्टी बनाउने शैली ठीक भएको भन्दै पक्षमा देखिए । कम्युनिस्ट दलको प्रभाव बढ्दै गएको भन्दै पार्टीमा अनुशासन कायम गराउन र सक्रिय बनाउन लेबी लिनुपर्ने र अनुशासनको प्रावधान अझै कडा राख्नुपर्ने उनीहरूको तर्क छ । सभापतिमाथि बोल्ने, अनुशासनविपरीत बोल्नेलाई अझै कडाइ गर्नुपर्ने प्रावधान राख्न उनीहरूले माग गरे ।

अझै कडा थियो नियमावली

अहिले राखिएका प्रावधानमै प्रश्न उठे पनि कांग्रेसमा संक्रमणकालीन व्यवस्थालाई निष्क्रिय बनाउने र केन्द्रीय समितिले पार्टीका संरचनाबारे निर्णय लिन सक्ने व्यवस्था उल्लेख थियो । तर, विधानविपरीत भएको भन्दै नियमावली मस्यौदा समितिकै सदस्यहरूले विरोध गरेपछि यसलाई रोकिएको एक सदस्य बताउँछन्।

यसअघि सामाजिक सञ्जालमा पार्टी र नेताविरुद्ध लेखे, पत्रिका लेखे कडा कारबाही गर्ने भन्ने उल्लेख थियो । तर, अहिले पार्टीको नीति तथा सिद्धान्त बोल्नेलाई कारबाही गर्ने भनेर उल्लेख गरेपछि नेताहरूले आपत्ति जनाएका हुन्।

कांग्रेस बैठकले बाढीपहिरो पीडितको उद्धार र राहतमा खटिन पार्टी पंक्तिलाई निर्देशन दिएको छ । साथै, केन्द्र, प्रदेश र स्थानीय सरकारलाई तदारुकतासाथ पीडितको उद्धार र राहतलाई प्रभावकारी बनाउन माग गरेको छ। यो समाचार नयाँ पत्रिकामा छ।

लोकप्रिय

सुर्खेतका युवाले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाए

सुर्खेतका युवाले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाए

२०७६, २७ आश्विन सोमबार १७:०५

धन्यवाद पारस ! अब खोजी सौरभ गांगुलीको

धन्यवाद पारस ! अब खोजी सौरभ गांगुलीको

२०७६, २८ आश्विन मंगलवार १८:१८

यि हुन एक करोड भारु कमाउने पहिलो बलिउड सुपरस्टार

यि हुन एक करोड भारु कमाउने पहिलो बलिउड सुपरस्टार

२०७६, २७ आश्विन सोमबार २१:११

नेपाल वायुसेवा निगम र टेलिकममा विदेशी साझेदार आउन नसक्नुका कारणहरू

नेपाल वायुसेवा निगम र टेलिकममा विदेशी साझेदार आउन नसक्नुका कारणहरू

२०७६, २८ आश्विन मंगलवार २२:२५

जहाज नआएको भन्दै सांसदले गरे काउन्टरमा तोडफोड

जहाज नआएको भन्दै सांसदले गरे काउन्टरमा तोडफोड

२०७६, २७ आश्विन सोमबार १७:१५

विश्वकप छनोटः आज जोर्डनसँग भिड्दै नेपाल

विश्वकप छनोटः आज जोर्डनसँग भिड्दै नेपाल

२०७६, २७ आश्विन सोमबार १५:३२

को हुन दिपाको काखकी नानी? (फाेटाेफिचर)

को हुन दिपाको काखकी नानी? (फाेटाेफिचर)

२०७६, २८ आश्विन मंगलवार १०:३०

चिन भ्रमणमा नेकपाका तिन टोली

चिन भ्रमणमा नेकपाका तिन टोली

२०७६, २८ आश्विन मंगलवार १७:२९

चीनको रासायनिक कारखानामा विस्फोट, ४ जनाको मृत्यु

चीनको रासायनिक कारखानामा विस्फोट, ४ जनाको मृत्यु

२०७६, २८ आश्विन मंगलवार १७:११

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

आईजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान

आईजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान

२०७६, २७ आश्विन सोमबार ००:४६

पायल्स निको पार्न अब घरेलु औषधि

पायल्स निको पार्न अब घरेलु औषधि

२०७६, २८ आश्विन मंगलवार ११:४८

खेम सेन्चुरी र सम्झना भण्डारीको लोकादोहोरी गीत ‘कपलु कोरेर’ सार्वजानिक (भिडियो सहित)

खेम सेन्चुरी र सम्झना भण्डारीको लोकादोहोरी गीत ‘कपलु कोरेर’ सार्वजानिक…

२०७६, २७ आश्विन सोमबार २२:३६

आक्रामक बन्दै अर्जेन्टिना, मेस्सीबिनै प्रभावशाली जित

आक्रामक बन्दै अर्जेन्टिना, मेस्सीबिनै प्रभावशाली जित

२०७६, २७ आश्विन सोमबार ११:१८

पशुपतिनाथमा करिब ४५ किलो सुन !

पशुपतिनाथमा करिब ४५ किलो सुन !

२०७६, २९ आश्विन बुधबार ०७:०१