– प्रभुनारायण बस्नेत

पूर्वप्रधानमन्त्री एवं सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो ज्यान खतरामा रहेको बताएपछि फेरि चियाको कपमा तुफान सिर्जना गर्ने प्रयास भएको छ। प्रचण्डले (नेकपा) एमालेका स्वर्गीय महासचिव मदन भण्डारीको स्मृतिमा आयोजना गरिएको एउटा कार्यक्रममा भण्डारीको हत्यारा पत्ता नलागेको र आफूहरू पनि मारिन सक्ने भनेका थिए। दाहालको भनाइको गूढ रहस्य जे भए पनि धेरैले त्यसलाई उनको अनावश्यक आत्मवञ्चना ठहर्‍याएका छन्।

मदन भण्डारीको मृत्यु भएको साढे दुई दशक नाघिसकेको छ। तर, अझै उनको लाशमाथि राजनीति गर्ने कार्य जारी छ। एमाले प्रमुख प्रतिपक्षी दलको हैसियतमा हुँदा त्यस पार्टीका महासचिवको एउटा विस्मयकारी घटनामा निधन भएको थियो। त्यसलाई एमालेले सुनियोजित षडयन्त्र भनेर प्रचार गर्‍यो। गृह मन्त्रालयले गठन गरेको छानबिन समितिको विरोधमा अन्य वामपन्थी दलहरूसँग मिलेर आन्दोलन गर्‍यो र उसैले सिफारिस गरेका न्यायाधीश त्रिलोकप्रताप राणाको अध्यक्षतामा छानबिन समिति गठन गर्न सरकारलाई बाध्य बनायो।

घटनाको छानबिन गर्न पद्मरत्न तुलाधरको संयोजकत्वमा नागरिक छानबिन समिति बन्यो। एमाले आफैँले खड्गप्रसाद ओली नेतृत्वको छानबिन टोली गठन गर्‍यो। तर, कुनै पनि समितिको अध्ययन प्रतिवेदनले घटनालाई किटानीका साथ षडयन्त्रपूर्ण हत्याकाण्ड भनेर प्रमाणित गर्न सकेनन्। हत्यारा पत्ता लगाउनु त परैको कुरा भयो, एमाले नेताहरूले पटकपटक गिरिजाप्रसाद नै हत्यारा हो भन्ने आरोप पनि लगाए। आफ्नो सरकार आए दोषी पत्ता लगाएर कारवाही गर्ने प्रतिबद्धता पनि जाहेर गरे।

अपराधी पत्ता लगाउन र कारवाही गर्न केले रोकेको छ त? कुरामात्र गरेर कार्यकर्तालाई भ्रमित गरिन्छ? सरकारबाहिर रहँदा हामीलाई अपराधी को हो भन्ने थाहा छ भनेर भाषण गर्ने एमाले नेताहरू सरकारमा पुगेपछि किन मौन रहन्छन्? यस सम्बन्धमा अब एमाले (हाल नेकपा)का कार्यकर्ताले आफ्नै नेताहरूसँग जवाफ माग्नुपर्ने भएको छ।

सौभाग्यवश डेढ वर्षकै बीचमा एमाले सरकार बन्यो। त्यसयता एमाले एकल र संयुक्त गरेर दर्जन बढी पटक सरकारमा सामेल भएको देखिन्छ। तर, मदन भण्डारीको हत्यारा अझै पत्ता लाग्न सकेको छैन। भण्डारीकै विधवा विद्या भण्डारी दुईपटक राष्ट्रपति बनिसकेकी छन्। अहिले ओली-प्रचण्डको दुईतिहाइको सरकार छ। यस्तो बेला छानबिन गर्न, अपराधी पत्ता लगाउन र कारवाही गर्न केले रोकेको छ त? किन दोषी पत्ता लगाउने र कारवाही गर्ने कुरामात्र गरेर कार्यकर्तालाई भ्रमित गरिन्छ?

सरकारबाहिर रहँदा हामीलाई अपराधी को हो भन्ने थाहा छ भनेर भाषण गर्ने एमाले नेताहरू सरकारमा पुगेपछि किन मौन रहन्छन्? यस सम्बन्धमा अब एमाले (हाल नेकपा)का कार्यकर्ताले आफ्नै नेताहरूसँग जवाफ माग्नुपर्ने भएको छ। नेपालमा कोत पर्वयता सयौँ राजनीतिक हत्याका घटना भएका छन्। कोतपर्व, भण्डारखाल पर्व, रणोद्वीप हत्या, चार शहीदलाई मुत्युदण्ड, २०१८ साल काण्ड, दुर्गानन्द झा, यज्ञबहादुर थापाकाण्डसम्म राज्यले कानून नै प्रयोग गरेर र नगरेर गरेका हत्याबाहेक पनि अनगिन्ती हत्याकाण्ड भएका छन्।

त्यस्ता कतिपय हत्याकाण्डमा राज्य पक्ष संलग्न भएका पनि छन्। कतिपय गैरराज्य पक्षबाट पनि भएका छन्। तिनको न कसैसँग यकिन तथ्याङ्क छ, न त त्यसलाई गम्भीरतापूर्वक छानबिन गरिएको नै छ। हुन त राजनीतिक हत्याकाण्ड नेपालमा मात्र हुने होइन, यस्ता घटना इतिहासदेखि वर्तमानसम्म नै संसारभरि भइरहेका छन्। भारतमा चर्चित महात्मा गान्धी हत्याकाण्डदेखि इन्दिरा-राजीव गान्धी हत्यासम्म अझै चर्चामै छन्। पाकिस्तान र बंगलादेश त राजनीतिक हत्याका लागि विश्वमा कुख्यात नै छन्। श्रीलंकामा तमिल टाइगर (लिट्टे) नेताहरूको नरसंहारको अहिले पनि विरोध भइरहेको छ।

भीआई लेनिनमाथि गोली प्रहार भएको थियो। संसारका जनताको लोकप्रिय मतबाट निर्वाचित पहिलो कम्युनिष्ट राष्ट्रपति चिलीका साल्भाडोर एलिण्डेलाई अमेरिकी सेनाले राष्ट्रपति भवनमै आक्रमण गरी हत्या गरेको थियो। अमेरिकामा अब्राहम लिङ्कनसमेत केही राष्ट्रपतिको हत्या भएको थियो। मार्टिन लुथर किंग, बेनजिर भुट्टो आदि भाषण गरिरहेका बखत मारिएका थिए।

इन्डोनेसियामा सुहार्तोको ‘कु’पछि ३० लाख कम्युनिष्टका साथ सारा राजनीतिक नेताको हत्या नै भएको थियो। संसारको पहिलो साम्यवादी सरकारका प्रमुख भ्लादिमिर इलियच उल्यानोभ (भीआई लेनिन)माथि गोली प्रहार भएको थियो। संसारका जनताको लोकप्रिय मतबाट निर्वाचित पहिलो कम्युनिष्ट राष्ट्रपति चिलीका साल्भाडोर एलिण्डेलाई अमेरिकी सेनाले राष्ट्रपति भवनमै आक्रमण गरी हत्या गरेको थियो। अमेरिकामा अब्राहम लिङ्कनसमेत केही राष्ट्रपतिको हत्या भएको थियो। मार्टिन लुथर किंग, बेनजिर भुट्टो आदि भाषण गरिरहेका बखत मारिएका थिए।

हिंसाग्रस्त, प्रतिशोधपूर्ण र इष्र्यालु राजनीतिक परम्परा भएका मुलुकमा यस्ता घटना पटकपटक र निरन्तर घटेका छन्। माओवादीले नेपालमा कथित जनयुद्धको नाममा हजारौँ राजनीतिक नेता तथा कार्यकर्ताको हत्या गर्‍यो। के ती राजनीतिक हत्याका घटना होइनन्? तिनको अध्ययन र छलफल सम्भव छ? दोषीले सजाय पाउँछ त? अहिलेको अवस्थाबाट हेर्दा त्यसलाई जोसुकैले पनि असम्भव नै भन्न सक्छ। अझ यता केही दशकदेखि बाबुराम-हिसिला प्रवृत्तिले हत्यारालाई जोगाउन र राजनीतिक हत्याका घटनालाई प्रोत्साहित गर्न ‘मलाई (हामीलाई) कारवाही गरेर देखाओ’ भन्दै चुनौती दिइरहेको सुनिन्छ। यो सामान्य कुरा होइन।

संगठित हिंसालाई जायज र वैध ठहर्‍याउने यो प्रवृत्तिले महाविनाश निम्त्याउन सक्छ। प्रचण्डलाई पनि यो कुराको भलिभाँती ज्ञान छ। हिंसाले प्रतिहिंसा जन्माउँछ भन्ने सामान्य ज्ञानको विषय हो। त्यो प्रचण्ड-बाबुराम अर्थात् माओवादीले नबुझ्ने प्रश्नै उठ्दैन। यदि मुक्तिनाथ अधिकारीहरूका परिवारले न्याय पाएनन् भने तिनको विकल्प के हुन्छ? राज्यले नै संगठित हिंसालाई जायज ठहर्‍याउन थालेपछि को सुरक्षित र को असुरक्षित हुन्छ भन्ने कुराको टुंगो नै हुँदैन। यसरी हेर्दा प्रचण्डहरूले आफूहरू असुरक्षित रहेको भनेर गरेको बकपत्र अन्यथा होइन। उनीहरूमाथि जहिले पनि असुरक्षाको बादल मडारिरहेको छ।

प्रचण्डले आफू हत्याराहरूको व्युहभित्र फसेको ठान्नु उनको डरलाग्दो मनोरोगको लक्षण पनि हुनसक्छ। आफूले गरेको अपराधले पोलेर उनले जसलाई पनि आफ्नो दुश्मन देख्ने, आफ्नो हत्या गर्न सक्ने ठान्ने र त्यसको प्रचार गर्ने गरेका हुन सक्छन्। जनताको काम गर्नेहरू कहिल्यै खतराको सूचीमा हुँदैनन् र असुरक्षित रहँदैनन्।

तर, उनको संकेत उनले हत्या गरेका, विस्थापित गराएका र दुःख दिएका परिवारप्रति पटक्कै देखिँदैन। उनको संकेत त आफ्नै सगोत्रीप्रति छ। त्यसैले प्रचण्डको रोइलो आफू चर्चामा आइरहने र जनताको टुट्न लागेको सहानुभूतिलाई कायमै राख्ने चालबाजीमात्र पनि हुनसक्छ। केही समयपहिले प्रचण्डले विप्लव नेतृत्वको नेकपाले मार्ने सूचीमा एक नम्बरमा आफ्नै नाम राखेर माइन्युट गरिएको भनेर सार्वजनिक समारोहमै बोले। तर, त्यसको प्रमाण प्रस्तुत गरेनन्। सस्तो लोकप्रियताका लागि गरिएको त्यो प्रपञ्च त्यसबेला चकनाचुर भयो, जुनबेला विप्लवकै वक्तव्य आयो र त्यसमा उल्लेख थियो- आफ्नो पार्टी राजनीतिक हत्याप्रति विश्वास गर्दैन र त्यसमा अमुक व्यक्ति एक नम्बर वा दुई नम्बरमा पर्ने प्रश्नै उठ्दैन।

हुन त प्रचण्डले आफू जतिबेला पनि मारिन सक्छु भनेर बोलेको त्यो पहिलोपटक होइन। २०६३ सालमा खुला राजनीतिमा आएपछि उनले पटकपटक त्यसरी बोलेका छन्। एकपटक टुँडिखेलमा आफूलाई हत्या गर्ने षडयन्त्रमा लागेको व्यक्ति आफ्ना कार्यकर्ताको कब्जामा परेको भनेर बोले तर ती व्यक्ति उनको हत्याको षडयन्त्र रच्ने औकातका थिएनन्। काभ्रेका गोविन्द अधिकारी भनिने ती सामान्य मजदूर थिए। पछि त्यो बकवासको पर्दाफास भयो। प्रचण्ड जताततै आफूलाई मार्न आउनेको छायाँमात्र देख्छन्, उनले देशी-विदेशी तत्त्व आफ्नो हत्या गर्ने षडयन्त्रमा लागेको भनेर गर्ने चर्चा अब जनताले पत्याउन छाडिसके। त्यो कुनै हास्यकलाकारको प्रहसनकै हैसियतको घटना ठानेर सुन्ने-देख्नेहरूलाई रमाइलोको मसलासम्म बन्ने गरेको छ।

प्रचण्डले आफू हत्याराहरूको व्युहभित्र फसेको ठान्नु उनको डरलाग्दो मनोरोगको लक्षण पनि हुनसक्छ। आफूले गरेको अपराधले पोलेर उनले जसलाई पनि आफ्नो दुश्मन देख्ने, आफ्नो हत्या गर्न सक्ने ठान्ने र त्यसको प्रचार गर्ने गरेका हुन सक्छन्। जनताको काम गर्नेहरू कहिल्यै खतराको सूचीमा हुँदैनन् र असुरक्षित रहँदैनन्। जनताका नेताहरूलाई जनताले नै हरदम सुरक्षा प्रदान गरिरहेका हुन्छन्। तिनका लागि न पद खतराको विषय रहन्छ न पदमुक्त भएपछि नै तिनले आफूलाई असुरक्षित महसुस गर्छन्। तिनले आफूले गर्नुपर्ने काम निर्भिकतापूर्वक गर्छन्।

के जर्ज वासिङ्टनमाथि जोखिम थिएन, युगान्तकारी परिवर्तनको नेतृत्व गर्ने लेनिन, माओ जोखिममुक्त थिए? थिएनन्। तर, तिनले कहिल्यै त्यसको भनक हुन दिएनन्। तिनले आफ्नो कर्तव्य निरन्तर गरिरहे। उनीहरू सुरक्षाको खतरालाई देखाएर आफ्नो दायित्वबाट कहिल्यै चुकेनन्।

आफूलाई सधैँ असुरक्षित रहेको ठान्ने कहालिलाग्दो सुरक्षा घेराभित्र रहन रुचाउने व्यक्ति नेता हुन सक्दैन। आफ्नोबारेमा मात्र चिन्ता गर्ने, आफ्नो ज्यानको, पदको र वैभवका बारेमा भन्दा अरू विषयमा विचार नगर्ने प्रवृत्ति वर्तमान पुस्ताका नेतामा डरलाग्दो रूपमा जरा गाडेर रहेको छ। आहोरात्र आफ्नै बारेमा मात्रै सोच्नेले कति बेला देश र जनताका बारेमा सोच्ने फुुर्सद पाउँछ? जब जनता र राष्ट्रको सम्बन्धमा सोच्नेसम्म फुर्सद नेताहरूलाई हुँदैन भने त्यस्ता नेताको नेतृत्वमा रहेको देशको उन्नतिको हालत के होला? जनताको जनधनको सुरक्षा र तिनको अधिकारको ग्यारेन्टी कसले गर्ने?

मलाई कुनै विदेशीले पो निशानी बनाएको छ कि, कुनै विरोधीले पो मेरोविरुद्ध षडयन्त्र रच्दै छ कि भन्ने त्रासमा जिउने नेताले तिनीहरूबाट आफू कसरी सुरक्षित हुनेभन्दा पर कुनै कल्पनै गर्न सक्दैन। त्यस्तो सुरक्षा खतरा आफ्नो ज्यान र पद दुवैको ठानेर हिँड्नेले आफ्नो ज्यान र पद जोगाउने उपायमात्र सोच्छ। अहिले नेपालको अविकास, पछौटेपन, अस्तव्यस्तताको जरो त्यसैमा जेलिएको छ। क्रान्ति गर्ने, परिवर्तनको नेतृत्व सम्हाल्ने, विकासको जग हाल्नेहरू हरदम जोखिममा रहन्छन्। त्यो स्वभाविक कुरा हो। तर, त्यसबाट भाग्ने, त्रसित भएर रोइलो गर्ने काम कायरहरूले मात्र गर्छन्।

के जर्ज वासिङ्टनमाथि जोखिम थिएन, युगान्तकारी परिवर्तनको नेतृत्व गर्ने लेनिन, माओ जोखिममुक्त थिए? थिएनन्। तर, तिनले कहिल्यै त्यसको छनक हुन दिएनन्। तिनले आफ्नो कर्तव्य निरन्तर गरिरहे। उनीहरू सुरक्षाको खतरालाई देखाएर आफ्नो दायित्वबाट कहिल्यै चुकेनन्। सही मानेमा तिनै हुन् युगपुरुष, नेता, अग्रणी र सबैका अनुकरणयोग्य पात्र। संसार बदल्ने सामर्थ्य केवल तिनैमा हुन्छ। दुर्भाग्यवश भन्नुपर्छ, त्यस्तो नेता नेपालले पाउन सकेन।

सधैँ आफ्नै गुनगान गाउने, आत्मप्रशंसा गाउनेभन्दा केही नगर्ने हाम्रा नेता हाम्रालागि अभिशाप हुन्। यिनीहरूको बुताबाट न देशको अखण्डता, स्वतन्त्रता र सार्वभौमिकता सुरक्षित हुन सक्छ न विकासको काँचुली फेर्न नै सम्भव छ। यस्ता नेता पाल्नु पनि धिक्कार छ। युगले यदि कुनै योग्य सपूत जन्माउन सकेन भने हामीले फेरि भयङ्कर दुर्घटनाको शिकार बन्नुपर्ने स्थिति आउन सक्छ। यसतर्फ हामीले विचार पुर्‍याउनु आवश्यक छ।

लोकप्रिय