कात्तिक २८, काठमाडौं । श्रीलंकाको पुर्नस्थापित संसदले बुधबार राष्ट्रपति मैत्रिपाला सिरिसेनाले नियुक्त गरेका प्रधानमन्त्री महिन्दा राजापाक्षे विरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ ।

श्रीलंकाको संसदमा विश्वासको मतका लागि भएको मतदानमा राजपक्षेले विश्वासको मत पाउन नसकेका हुन् । यसअघि मंगलबार श्रीलंकाको सर्वोच्च अदालतले संसद भंग गर्ने राष्ट्रपतिको निर्णय उल्ट्याएको थियो । त्यसपछि राजपक्षेले संसदमा विश्वासको मत लिनु परेको हो तर उनी यसमा असफल भएका छन् ।

श्रीलङ्काका राष्ट्रपति सिरिसेनाले गत अक्टोबर २६ मा प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई बर्खास्त गरी पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

संसदमा राजापाक्षेको बहुमत पुग्ने नदेखिएपछि संसदको विघटन गरी आगामी जनवरी ५ मा आकस्मिक निर्वाचन हुने राष्ट्रपति सिरिसेनाले घोषणा गरेका थिए । तर विक्रमासिंघेको दलले संसद विघटन गर्ने र निर्वाचन गर्ने निर्णयको विरोध गर्दै अदालतमा निवेदन दिएका थिए । निवेदनमाथि प्रधानन्यायाधीश नलिन परेराको नेतृत्वमा भएको तीन सदस्यीय इजलासले संसद पुर्नस्थापना गर्ने निर्णय सनाएको थियो ।

निर्णय सुनाइँदा जम्मा भएको ठूलो भीडबाट हुन सक्ने सम्भावित आक्रोसलाई ध्यानमा राखि अदालत परिसरमा सुरक्षा दिन सयौँ सुरक्षाकर्मी तथा कमाण्डोलाई अत्याधुनिक हतियारसहित तैनाथ गरिएको थियो ।

अदालतले राष्ट्रपति सिरिसेनाले गरेको घोषणालाई खारेज गर्दै संसदको पुर्नस्थापना भएको निर्णय सुनाएको थियो । अदालतले राष्ट्रपति सिरिसेनाले नियुक्त गरेका विवादास्पद बनेका प्रधानमन्त्री राजापाक्षेलाई २२५ सदस्यीय संसदमा बहुमत पुष्टी गरी विक्रमासिंघेलाई जिम्मेवारीबाट हटाउन सक्ने निर्णय दिएको छ । अदालतले स्वतन्त्र निर्वाचन आयोगलाई जनवरीमा निर्वाचन गर्नेगरी भएका सबै तयारी रोक्न आदेश दिइसकेको छ ।

लोकप्रिय

ऊर्जामन्त्री वर्षमान पुनलाई २०२ किलोको माला

ऊर्जामन्त्री वर्षमान पुनलाई २०२ किलोको माला

२८ मंसिर २०७५, शुक्रबार

सरकारको समीक्षा, काम सुस्त भयो : प्रधानमन्त्री ओली

सरकारको समीक्षा, काम सुस्त भयो : प्रधानमन्त्री ओली

६ मंसिर २०७५, बिहीबार

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

२१ मंसिर २०७५, शुक्रबार

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

११ मंसिर २०७५, मंगलवार

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

१ मंसिर २०७५, शनिबार

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

१ मंसिर २०७५, शनिबार

मन्त्रीहरुको कामको समीक्षा शुरु

मन्त्रीहरुको कामको समीक्षा शुरु

५ मंसिर २०७५, बुधबार

इपिएलः भैरहवा प्लेअफमा

इपिएलः भैरहवा प्लेअफमा

२६ मंसिर २०७५, बुधबार

२३ मंसिर २०७५, आईतवार

कैद र जरिवाना असुल गर्न बाँकी

कैद र जरिवाना असुल गर्न बाँकी

२४ मंसिर २०७५, सोमबार

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

२३ मंसिर २०७५, आईतवार

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

१९ कार्तिक २०७५, सोमबार

परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका भ्रमणमा जाँदै

9 घन्टा

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

११ मंसिर २०७५, मंगलवार

विदेशबाट घर फर्किरहेका युवा बसमै लुटिए

विदेशबाट घर फर्किरहेका युवा बसमै लुटिए

२५ मंसिर २०७५, मंगलवार