काठमाडौँ – आइतबार सम्पन्न चार दिने १३औँ इक्यान शैक्षिक मेला वर्षाका कारण ५० हजार जनाले मात्र अवलोकन गरेको आयोजकले बताएको छ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गरेको मेलामा करिब एक लाखको सहभागिता रहने अपेक्षा गरिएको थियो।

इक्यानका महासचिव शेषराज भट्टराईले अविरल वर्षाका कारण केही समस्या आए पनि समग्रमा मेला सफल भएको बताए। ‘मेलाबाट विद्यार्थी तथा उनीहरुका अभिभावकहरुले विभिन्न देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधि र एजुकेशन कन्सलटेन्सीका परामर्शदाताहरुबाट काउन्सेलिङ पाएका छन्,’ उनले भने।

मेलामा अष्ट्रेलिया, जापान, अमेरिका, युके, न्यूजिल्याण्ड, क्यानडा, भारत, चीन, बंगलादेश लगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थी तथा अभिभावकहरुलाई ‘करिअर काउन्सेलिङ’ गरिएको थियो।

मेलाको दोस्रो दिन डा. समीरमणि दीक्षितले सहभागी विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिएका थिए। उनले उच्च शिक्षाका लागि विदेशी मुलुक जान कुनै आपत्ति नमान्न आग्रह गरे। ‘उच्च शिक्षाका लागि विदेश जानु राम्रो हो, तर विदेशमा गुणस्तरीय शिक्षा लिएर नेपाल फर्कन सकियो भने निकै राम्रो हुन्छ,’ उनको भनाइ थियो। पहिलेको तुलनामा अहिले विदेशमा पढेर फर्कनेको संख्या बढिरहेको उनले उल्लेख गरे।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गरेको मेलामा तीन सयभन्दा बढी स्टल राखिएका थिए। आयोजकका अनुसार चारै दिन रक्तदान तथा प्राथमिक उपचार शिविर सञ्चालन गरिएको थियो। मेलामा नेपाल फोटो पत्रकार महासंघले ‘सुन्दर नेपाल’ शिर्षकको फोटो प्रदर्शनी पनि गरेका थियो।

लोकप्रिय

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

२०७६, ७ माघ मंगलवार १४:०४

सोमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

सोमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, ६ माघ सोमबार १९:१२

ठगी मुद्दामा पक्राउ परेका  नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार चलान

ठगी मुद्दामा पक्राउ परेका नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार…

२०७६, ७ माघ मंगलवार २१:१४

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

२०७६, ६ माघ सोमबार १४:३९

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

२०७६, ७ माघ मंगलवार २१:३९

विद्यार्थी आन्दोलन मजबुत बनाउन उम्मेद्वारी– विद्यार्थी नेता उपाध्याय

विद्यार्थी आन्दोलन मजबुत बनाउन उम्मेद्वारी– विद्यार्थी नेता उपाध्याय

२०७६, ६ माघ सोमबार १५:३२

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

२०७६, ७ माघ मंगलवार १६:२६

डिलाशैनी गाउँपालिका ४ का वडाध्यक्षको निधन

डिलाशैनी गाउँपालिका ४ का वडाध्यक्षको निधन

२०७६, ६ माघ सोमबार १७:२८

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

२०७६, ७ माघ मंगलवार १४:१६

सर्वाधिक ‘विकेट टेकर’ को सुचीमा छलाङ मार्ने सन्दीपको दाउ

सर्वाधिक ‘विकेट टेकर’ को सुचीमा छलाङ मार्ने सन्दीपको दाउ

२०७६, ६ माघ सोमबार ११:३७

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

२०७६, ७ माघ मंगलवार १७:३८

भारतमा २४ वर्षीय युवतीमाथि सामूहिक बलात्कार

भारतमा २४ वर्षीय युवतीमाथि सामूहिक बलात्कार

२०७६, ६ माघ सोमबार १७:२१

सामसङले विभिन्न किसिमका डिस्प्ले भारतमा बनाउँने

सामसङले विभिन्न किसिमका डिस्प्ले भारतमा बनाउँने

२०७६, ७ माघ मंगलवार १४:१५

अँगालो हालेर सुताउने अचम्मको जागिर!

अँगालो हालेर सुताउने अचम्मको जागिर!

२०७६, ७ माघ मंगलवार १४:२२

विमानस्थलमा ठोक्किए दुई जहाज, बुद्ध एयरको उडान रद्द

विमानस्थलमा ठोक्किए दुई जहाज, बुद्ध एयरको उडान रद्द

२०७६, ६ माघ सोमबार ११:०२