श्रीहरिकोटा – भारतले चन्द्रयान प्रक्षेपणको कार्यक्रम प्राविधिक समस्या देखाउँदै उड्नु एक घण्टाअघि स्थगन गरेको छ। यसबाट चन्द्रमामा अन्तरिक्ष यान ओराल्ने चौथो मुलुक बन्ने भारतको अभियानमा ढिलाई भएको छ।

चन्द्रयान–२ नाम दिइएको यो अभियान भारतको महत्वाकाँक्षी अन्तरिक्ष कार्यक्रम हो। रुस, संयुक्तराज्य अमेरिका र चीनले आफ्ना अन्तरिक्ष यान चन्द्रमामा पठाइसकेका छन्। सतिश धवन स्पेस सेन्टरबाट अन्तरिक्ष यान प्रक्षेपणको तयारी अन्तिम चरण थियो, तर आइतबार बिहान २.५१ बजे यान प्रक्षेपण कार्यक्रम एकाएक स्थगन गरियो। प्रक्षेपण काउन्ट डाउनलाई ५६ मिनेट २४ सेकेन्डमा स्थगित गरिएको थियो।

यान प्रक्षेपण गर्नु एक घण्टाअघि प्रक्षेपण उपकरणमा सानो प्राविधिक समस्या देखिएको भारतीय अन्तरिक अनुसन्धान संस्था (इस्रो) ले जनाएको छ। इस्रोले चन्द्रयानको प्रक्षेपण आजका लागि स्थगित गरिएको भएपनि आवश्यक जाँचपछि अर्को मिति घोषणा गरिने बताएको छ। इस्रोले चन्द्रमामा अन्तरिक्ष यान आगामी सेप्टेम्बर ६ मा पुर्याउने घोषणा गरेको थियो।

स्कुले बालबालिका समेत ठूलो संख्याका उत्साही व्यक्तिहरु चन्द्रयान प्रक्षेपण हेर्न प्रतिक्षा गरेका थिए। एक जना दर्शकले भने, के भएको हो हामीलाई थाहा छैन, र यसबाट हामी निकै बेखुशी भएका छौं।

भारतले चन्द्रयानको डिजाइन र निर्माणका लागि करिब १४ करोड अमेरिकी डलर खर्च गरेको थियो, र यसलाई सबैभन्दा सस्तो मानिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ सम्ममा मानव सहितको अन्तरिक्ष अभियान सफल बनाउने दृढता व्यक्त गरेका छन्। (रासस–एएफपी)

लोकप्रिय

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

२०७६, ११ माघ शनिबार १७:४७

डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

२०७६, १२ माघ आईतवार २०:२३

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा…

२०७६, १० माघ शुक्रबार २०:०२

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

२०७६, १२ माघ आईतवार १०:१५

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

२०७६, ११ माघ शनिबार १७:१९

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

२०७६, ११ माघ शनिबार १४:१०

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२०७६, १२ माघ आईतवार १७:५९

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

२०७६, १० माघ शुक्रबार १३:४२

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

२०७६, १२ माघ आईतवार १३:२१

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

२०७६, ११ माघ शनिबार ११:३६

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

२०७६, १२ माघ आईतवार ०८:५८

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

२०७६, ११ माघ शनिबार १७:२४

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

२०७६, ११ माघ शनिबार १२:४३

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

२०७६, ११ माघ शनिबार १६:४७