पोखरा – छिमेकी मुलुक भारतमा अत्यधिक गर्मी बढेसँगै त्यहाँका विभिन्न स्थानबाट पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटकको संख्या ह्वात्तै बढेको छ। नेपालमा लामो समयसम्म चलेको द्वन्द्वको अन्त्य भएपछि क्रमशः भारतका विभिन्न स्थानबाट नेपाल आउने भारतीय पर्यटकहरूको संख्यामा वृद्धि हुन थालेको छ।

भ्रमणका लागि पोखरा आएका भारतीय पर्यटक पोखरा र आसपासका धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने गरेका छन्। स्थलमार्गबाट निजी सवारीसाधन लिएर आउने पर्यटकको संख्या अत्यधिक छ।

केही वर्षदेखि पर्यटकको आगमन बढाउन भारतका विभिन्न शहरमा नेपाल पर्यटन बोर्डसहित पर्यटन सम्बद्ध संघसंस्थाले गरेका प्रवर्द्धनात्मक कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि भारतीय पर्यटकको आगमनमा वृद्धि भएको नेपाल पर्यटन बोर्ड, क्षेत्रीय कार्यालय पोखराका वरिष्ठ अधिकृत सूर्य थपलिया बताउँछन्। बोर्डले पर्यटनसम्बद्ध संघसंस्थालाई सँगै लिएर भारतका विभिन्न शहरमा प्रवर्द्धनात्मक कार्यक्रमलाई अघि बढाएको छ।

प्रत्येक वर्षमा दुुई पटक भारत, बंगलादेश र चीनलगायतका देशका विभिन्न शहर पुगेर प्रचारप्रसार र अन्तरक्रिया कार्यक्रम गर्दै आएका छन्। यस वर्ष पनि भारतका विभिन्न शहरमा पुगेर कार्यक्रम गरेको थपलियाले बताए।

‘पर्यटनको विकासका लागि प्रचारप्रचारसहित व्यवसायीमा आत्मविश्वास चाहिन्छ, छिमेकी राष्ट्र र त्यहाँका सम्वद्ध व्यवसायीको विश्वास जित्नुपर्छ,’ उनले भने, ‘प्रवर्द्धनात्मक कार्यक्रमले बाह्य पर्यटकको विश्वास जित्ने वातावरण तयार हुँदै गएको छ।’

नेपाल पर्यटन बोर्ड, क्षेत्रीय कार्यालयको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा उत्तरपूर्वी भारतमा प्रवर्द्धनात्मक कार्यक्रम गरिँदै आएको छ। पछिल्ला दिन भारतको उत्तरप्रदेश, बिहार, पश्चिम बङ्गाललगायत स्थानबाट भारतीय पर्यटक आउने क्रममा वृद्धि भएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवं नेपाल पर्यटन व्यवसायी सङ्घ पोखराका अध्यक्ष सोम थापाले बताए।

‘भारतीय पर्यटक अधिकांशले निजी सवारीसाधन र बसमार्फत आउने गरेका छन,’ उनले भने, गर्मी छल्न र घुम्नका लागि पोखरा पर्यटकको रोजाइमा पर्ने गरेको छ।’भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही समयपहिले मुक्तिनाथ भ्रमण गरेसँगै भारतीय पर्यटक पोखरा हुँदै मुक्तिनाथसम्म पुग्ने गरेका छन्। भ्रमणमा आएका भारतीय पर्यटकहरू सामान्यतः दुई÷तीन रात पोखरामा बिताउने गरेका छन्।

होटल एशोसिएशन अफ नेपाल (हान)का पश्चिमाञ्चलका पूर्वअध्यक्ष एवं पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुली भारतीय पर्यटकको बढ्दो आगमनले व्यवसायी उत्साहित भएको बताए। ‘नेपालमा लामो द्वन्द्व र महाभूकम्पपछि क्रमशः पर्यटन व्यवसायले गति लिन थालेको छ,’ उनले भने। ‘शान्ति र स्थितरतासँगै भारतीय र अन्य देशको पर्यटकको आगमन वृद्धि भएको छ।’

पराजुलीका अनुसार नेपालको मुख्य पर्यटन बजार भारत र चीन नै हो। भारतीय पर्यटकको आगमनमा वृद्धि हुँदै गए पनि चिनियाँ पर्यटकको आमगनमा अझै वृद्धि हुन सकेको छैन। नेपालमा महाभूकम्प पहिलेको तथ्यांकलाई हेर्दा करिब ७० प्रतिशत चिनियाँ पर्यटक तातोपानी नाका हुँदै भित्रिने गरेका थिए। तर, लामो समयदेखि तातोपानी नाका बन्द भएपछि चिनियाँ पर्यटक आगमन पहिलेको अवस्थामा फर्कन नसकेको उनको भनाइ छ।

नेपाल आउने विदेशी पर्यटकमध्ये विगतमा ३० देखि ४० प्रतिशत मात्र पर्यटक पोखरा आउने गरेकोमा पछिल्लो समयमा ५० देखि ६० प्रतिशतसम्म आउने गरेको पराजुलीको भनाइ छ।

भूकम्पपछि पोखरामा भारतीय पर्यटकको आगमनमा वृद्धि हुँदै गए पनि चिनियाँ पर्यटकको आगमनमा भने अझै वृद्धि हुन सकेको छैन। पोखरामा पर्यटकलाई लक्षित गरी व्यवसायीले एक खर्बभन्दा बढी लगानी गरिसकेका छन्। पोखरामा हाल दुईवटा पाँच तारे, १४ वटा तीन तारे र अन्य पर्यटकस्तरीय करिब ४ सयवटा सुविधासम्पन्न होटल रहेका छन्।

नरहरि पौड्याल नरहरि पौड्याल
नेपाली पब्लिकका गण्डकी प्रदेश संयोजक हुन्।

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

२०७६, ६ भाद्र शुक्रबार १३:१८

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १५:५९

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

२०७६, ६ भाद्र शुक्रबार १४:२१

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

२०७६, ६ भाद्र शुक्रबार १४:४९