पोखरा – अविरल वर्षासँगै गएको पहिरोले तीन दिनदेखि अवरुद्ध म्याग्दी–मुस्ताङ सडक सञ्चालनमा आएको छ। म्याग्दी र मुस्ताङबीचको सडक खण्डको घोप्टेभीरमा गएको पहिरोका कारण बेनी—जोमसोम सडक खण्ड पूर्ण रूपमा बन्द थियो। भीरको कडा चट्टान काटेर बनाइएको साँघुरो सडक खण्डको भाग पहिरोले लगेपछि त्यो खण्डमा चल्ने सानाठूला सबै सवारी आगमन ठप्प भएको थियो।

पहिरोले अवरुद्ध बनाएको सडक त्यसै ठाउँमा सडक विस्तारको कार्य गरिरहेको डोजर र मजदुरहरूको सहयोगले सञ्चाललनमा आएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले जानकारी दिए। ‘पूर्ण रूपमा अवरुद्ध सडक तीन दिनको प्रयासपछि खुल्ला भएको छ,’ उनले भने, ‘तर मौसमका कारण झण्डै एक सातादेखि अवरुद्ध हवाई सेवा भने अझै खुल्न सकिरहेको छैन।’

कोरिडोर सडक, मुस्ताङ प्रशासन र जनप्रतिनिधिहरूको पहलमा शनिबारदेखि अवरुद्ध सडक अस्थायी रूपमा एकतर्फी ट्रयाक खुल्ला गरिएको बेनी—जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।

ट्रयाक खुल्ला भएपछि म्याग्दी र मुस्ताङको सिधा यातायात सेवा सुचारु भएको हो । सुपरभाइजर शेरचनका अनुसार साँझ ५ बजेदेखि साना ठूला सबै सवारीसाधनलाई सहज हुने बताए। ‘तत्काललाई भने साना सवारी मात्र सञ्चालनमा आएका छन्’ उनले भने, ‘साँझसम्ममा ठूला सवारीसाधन पनि सञ्चालन गर्न सकिने गरी सडकको निर्माण कार्य भइरहेको छ।’

नरहरि पौड्याल नरहरि पौड्याल
नेपाली पब्लिकका गण्डकी प्रदेश संयोजक हुन्।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

२०७६, २९ आश्विन बुधबार २०:३४

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

२०७६, २९ आश्विन बुधबार २०:२५

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

२०७६, २९ आश्विन बुधबार १९:२१

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

२०७६, २९ आश्विन बुधबार १५:५३

पशुपतिनाथमा करिब ४५ किलो सुन !

पशुपतिनाथमा करिब ४५ किलो सुन !

२०७६, २९ आश्विन बुधबार ०७:०१

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

२०७६, ३० आश्विन बिहीबार १२:५६

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

१३ हजार घुससहित असइ पक्राउ

१३ हजार घुससहित असइ पक्राउ

२०७६, ३० आश्विन बिहीबार १५:५८