काभ्रेपलाञ्चोक, ४ माघ – पनौती नगरपालिकाले आफ्नो क्षेत्रका ३ सय ६० भैँसीलाई ‘सुत्केरी भत्ता’ वितरण गरेको छ। नपाले चालू आर्थिक वर्षदेखि सुत्केरीभत्ता स्वरूप प्रतिभैँसी ५ हजार रुपैयाँ दिएको हो। कार्यालयले भैँसीबाट जन्मिएका पाडा वा पाडीको जन्मदर्तासमेत गरिरहेको छ।

नगरप्रमुख भीम न्यौपाने कतिपय सुत्केरी भैँसीगोठमा भत्ता दिन आफैँ पुग्ने गरेका छन्। उनी भन्छन्, “हामीले यस वर्ष भैँसी संरक्षण अभियानअन्तर्गत कृषकलाई व्यावसायिक भैँसीपालनतर्फ आकर्षित गरी आत्मनिर्भर बनाउन यसो गरेका हौँ।” उनका अनुसार कृषकले भैँसीको सुत्केरी भत्ता लिन अनिवार्य रूपमा बीमा गरेको हुनुपर्छ।

जन्मदर्ता भएका पाडीको स्याहार गरी सोही पाडी सुत्केरी भएपछि पालनपोषणस्वरूप कृषकले २० हजार रुपैयाँ भत्ता पाउने तथा पहिलो बेतमा ब्याएका भैँसीलाई ५ हजार र दोस्रो बेतदेखि २ हजार रुपैयाँका दरले भत्ता दिने नीति नगरपालिकाले बनाएको छ। साथै, कृषकले आफ्नो घरमा पालेको सुत्केरी भैँसी र उसबाट जन्मिएको पाडा वा पाडीको फोटोसहित वडा कार्यालयको सिफारिस र नागरिकताको प्रतिलिपि पेश गरेपछि नपा कार्यालयबाट भत्ता रकम उपलब्ध गराइनेछ।

नगरले चालू आवमा १२ लाख रुपैयाँ छुट्याएर सुत्केरी भैँसी भत्ता वितरण थालिएको नगरप्रमुख न्यौपानेले बताए। उनले भने, “हामीले व्यावसायिक कृषि र पशुपालनलाई प्राथमिकतामा राखी युवा तथा कृषकलाई अनुदान, प्रोत्साहन भत्ता दिएर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न यो अभियान थालेका हौँ।”

वडा नं. १२ का भावना थापाले नगरपालिकाले सुत्केरी भत्ता र अनुदान दिन थालेपछि आफूले अर्को एउटा भैँसी थप्ने योजना बनाएको बताए। उनले भने, “घरमा दुईवटा छन्, अब एउटा थप्छु, अब भैँसीले पाडो हैन पाडी पाओस् भन्ने चाहना छ।”

चालू आवको साउनदेखि हालसम्म सुत्केरी भत्ताका लागि भन्दै १ सय ७ वटा माग फारम भरिएको नगरका पशुचिकित्सक मणिप्रसाद सापकोटाले बताए।

यसमध्ये ५५ वटा पहिलो बेतका सुत्केरी भैँसीका फारम हुन्। उनी भन्छन्, “भैँसी सुत्केरी भएपछि कृषकले जानकारी दिनुहुन्छ, हामी वडाका जनप्रतिनिधिको रोहबरमा पाडा वा पाडीको जन्मदर्ता गर्छौं।” उनका अनुसार चालू आवको हालसम्म ८ लाख रुपैयाँ सुत्केरी भत्ता वितरण गरिएको छ।

सापकोटाका अनुसार नगरमा हाल ४ हजार ६ सय ४७ भैँसी छन्। नगरले ३ वर्षमा १० हजारभन्दा बढी भैँसी पुर्याउने लक्ष्य राखेको छ। नगरभित्र दैनिक ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । (रासस)

लोकप्रिय

‘विप्लवको नेपाल बन्द: प्रतिष्ठा जोगाउने लडाइँ, द्वन्द्वकालकै धङधङी’

‘विप्लवको नेपाल बन्द: प्रतिष्ठा जोगाउने लडाइँ, द्वन्द्वकालकै धङधङी’

२०७६, ५ बैशाख बिहीबार १५:४१

‘महालेखा परीक्षकको कार्यालयलाई विषरहित सर्पजस्तो बनाइएको छ’

‘महालेखा परीक्षकको कार्यालयलाई विषरहित सर्पजस्तो बनाइएको छ’

२०७६, ६ बैशाख शुक्रबार १८:२३

प्रदेश सरकारले प्रतिपक्षीलाई विभेद गरेको गुनासो

प्रदेश सरकारले प्रतिपक्षीलाई विभेद गरेको गुनासो

२०७६, ६ बैशाख शुक्रबार १८:४३

अप्रत्यासित

अप्रत्यासित

२०७६, ६ बैशाख शुक्रबार १६:१३

एनआईसी एशिया र क्यान्सर अस्पतालबीच सम्झौता

एनआईसी एशिया र क्यान्सर अस्पतालबीच सम्झौता

२०७६, ५ बैशाख बिहीबार १८:३८

पतकर, समय ढल्केको मेकानिक र ग्यारेज

पतकर, समय ढल्केको मेकानिक र ग्यारेज

२०७६, ६ बैशाख शुक्रबार १४:३५

काठमाडौँ-दिल्ली हवाई भाडा तीन गुणा बढ्यो

काठमाडौँ-दिल्ली हवाई भाडा तीन गुणा बढ्यो

२०७६, ६ बैशाख शुक्रबार ०७:२८

पोखरा विमानस्थलको रन वे निर्माण सम्पन्न (फोटोसहित)

पोखरा विमानस्थलको रन वे निर्माण सम्पन्न (फोटोसहित)

२०७६, ६ बैशाख शुक्रबार ०८:४४

आज देशका अधिकांश भागमा मौसम सामान्य बदली

आज देशका अधिकांश भागमा मौसम सामान्य बदली

२०७६, ६ बैशाख शुक्रबार ०६:२१

हुलाकी राजमार्गका जग्गाधनीलाई मुआब्जा वितरणा शुरू

हुलाकी राजमार्गका जग्गाधनीलाई मुआब्जा वितरणा शुरू

२०७६, ५ बैशाख बिहीबार १४:४०

गिद्धको संख्यामा वृद्धि

गिद्धको संख्यामा वृद्धि

२०७६, ५ बैशाख बिहीबार १३:१७

आंशिक रुपमा वृद्धभत्ता हटाउने सरकारको तयारी

आंशिक रुपमा वृद्धभत्ता हटाउने सरकारको तयारी

२०७६, ६ बैशाख शुक्रबार ०८:१९

नगरपालिकाले दियो रावलको छोरालाई पाण्डेको ‘मार्कसिट’

नगरपालिकाले दियो रावलको छोरालाई पाण्डेको ‘मार्कसिट’

२०७६, ६ बैशाख शुक्रबार १३:४३

साञ्जेन र रसुवागढीको आईपीओ आजदेखि

साञ्जेन र रसुवागढीको आईपीओ आजदेखि

२०७६, ६ बैशाख शुक्रबार १३:०२

प्रभु बैंकको ‘चेतना बचत खाता’ सञ्चालनमा

प्रभु बैंकको ‘चेतना बचत खाता’ सञ्चालनमा

२०७६, ५ बैशाख बिहीबार १२:२७