नारायण ढुङ्गाना, काठमाडौँ – जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान हुँदाहुँदै पनि असार २६ देखि परेको अविरल वर्षाका कारण मुलुकले नसोचेको धनजनको क्षति बेहोर्नुपर्‍यो।

गृह मन्त्रालयको अभिलेखमा बाढी, पहिरो र डुबानका कारण आज (मंगलबार) मध्याह्नसम्ममा ७८ जनाले ज्यान गुमाइसकेका छन् भने ३० भन्दा बढी बेपत्ता छन्। विज्ञका अनुसार बाढीको प्राकृतिक बहावलाई रोक्दा बढी क्षति पुगेको छ। दीर्घकालीन योजनामा कमजोरी हुँदा पनि अहिले क्षति बेहोर्नुपरिरहेको छ।

वातावरणविद् सनोत अधिकारीको भनाइमा पछिल्लो समयमा एकैपटपक धेरै वर्षा हुने अवस्था बढ्दो छ। यसले एकातर्फ बाढीपहिरो बढाउँछ भने अर्काेतर्फ पानीका स्रोत व्यवस्थापनमा समस्या हुन पुग्छ। गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनाल भन्छन्, “पहिले नै बस्ती नबसाउनुपर्नेमा बस्यो, प्राकृतिक बहाव रोक्न खोज्नु नै क्षतिको प्रमुख कारण हो।”

खनालले भने, “अहिले पनि जोखिम न्यूनीकरणको स्पष्ट नक्साङ्कन छैन, विपद् अझै विकासको मूल प्रवाहीकरणमा पर्न नसक्नु विडम्बना हो।” खोला मिचेर घर बनाउने, जथाभावी डोजर चलाएर बाटो निर्माण गर्ने, गिट्टी–बालुवा निकासी, जङ्गल फँडानी लगायतका कारण जोखिम बढ्दो छ। भारतीय बाँधका कारण पनि डुबानको समस्या छ।

गृहमन्त्री रामबहादुर थापाको विचारमा पनि अहिलेको विपद् मानवसिर्जित समस्या हो। हालैको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीले भने, “जतासुकै खनेकाले पहिरो गएको छ, चुरे सबै नाङ्गिँदै छ, तराई मरुभूमिमा परिणत हुने खतरा छ, भारतले दक्षिणतिर बाँध र बाटो बनाउँदा डुबान ल्याइरहेको छ, यहीँ उपत्यकामा हामीले हेर्‍यौँ भने खोलामा घर बनादिने होइन नि, त्यसले त घर डुब्छ नै।”  उनका अनुसार नीति नै सुधार गर्नुपर्ने जरुरी छ।

सरकार विपद् जोखिम रोक्न ‘हाइ अलर्ट’मै थियो तर स्रोतसाधन अभावले काम गर्न कठिनाइ भएको देखिन्छ। यसपटकको तराई डुबानमा न्यूनतम जगेडा राख्नुपर्ने डुङ्गासँगै डुङ्गा खियाउने जनशक्तिको अभाव देखियो। स्थानीय तहले विपद्को बेलामा चाहिने स्रोतसाधनलाई प्राथमिकता दिएनन्। जब कि संविधानले नै विपद् व्यवस्थापनको जिम्मा स्थानीय तहलाई तोकेको छ । यी विविध कारण क्षति बढ्न गयो।

खोलानाला तटबन्ध गर्ने, गहिर्‍याउने, फराकिलो बनाउने गर्दा बाढीबाट क्षति कम हुन्छ तर खोलानाला साँघुरिँदै गएको छ। कुनै पनि विकास निर्माणको समयमा रूख बिरुवा रोप्ने र प्रकृतिलाई यथावत् राख्ने प्रयास हुनुपर्छ। विकास निर्माणमा यसतर्फ ध्यान पुगेको देखिँदैन। नीति निर्माण गर्ने महत्त्वपूर्ण जिम्मेवारीमा रहेका सांसदहरू नै मानिसले गरेको प्रकृतिको दोहनले नै प्रकोप बढाएको स्वीकार गर्छन्। विकासका कामको फितलो अनुगमन, असमान सन्धि–सम्झौता र पूर्वतयारीका योजना प्रभावकारी नहुँदा मुलुकले वर्षेनि क्षति बेहोर्नुपरेको सांसदहरुको भनाइ छ।

सांसद प्रेम सुवालले पूर्वतयारीमा राम्ररी ध्यान नपुगेको बताउँदै भने, “चुरे दोहन, गिट्टी–बालुवा निकासीले विपद् निम्तिएको हो, भारतीय बाँधले डुबान बढाएको छ, अब कूटनीतिक पहल गरेर दीर्घकालीन निकास निकाल्नुपर्छ।” मुलुकमा ६ हजार बढी नदीनाला छन्। वर्षेनि ती खोलानालाले कुनै न कुनै स्थानमा बाढीको प्रकोप ल्याएको हुन्छ। बाढीपहिरो रोक्न सकिँदैन तर उचित व्यवस्थापन गरे क्षति न्यूनीकरण गर्न भने सकिन्छ। त्यसतर्फ समयमै सचेत हुनुपर्छ।

विपद्को जोखिम देशका विभिन्न क्षेत्रसँगै राजधानीमै बढ्दो छ। अघिल्लो वर्ष धोबी खोला पसेर अनामनगर डुबानमा पर्‍यो। यो वर्ष कलङ्की आसपास क्षेत्र नै प्रभावित हुने गरी बाढी पस्यो। सांसद दिलेन्द्रप्रसाद बडू आगामी दिनमा अझ बढी सतर्कताको आवश्यकता छ भन्छन्। “खोलाको तटबन्धलाई प्राथमिकता दिएको भए आन्तरिक क्षति कम हुन्थ्यो, तीव्र रूपमा अघि बढेको सडक निर्माणमा अनधिकृत डोजर चलेको छ, वर्षातमा मात्रै कराएर विपद् कम गर्न सकिँदैन,” बडूले भने।

सांसद यशोदा सुवेदी अहिलेको समस्या प्राकृतिक प्रकोप नभई मानवनिर्मित भएको बताउँछन्। “विपद् रोक्न चुस्त अनुगमन र कूटनीतिक पहल जरुरी छ,” सुवेदीले थपे। यसैगरी सांसद झपटबहादुर रावलले पूर्वजले गरेको गल्तीसँगै प्राविधिक अध्ययनविना जनप्रतिनिधिका डोजर स्काभेटरबाट मनलाग्दी बाटोघाटो बनाउँदा विपद्को जोखिम बढेको दाबी गरे। “मनपरि तरिकाले प्रकृतिलाई नष्ट गर्छौं, खोला कब्जा भइरहेको छ, काठमाडौँ उपत्यकाभित्रै यो तहले मान्छे डुब्नु दुर्भाग्य हो,” रावल बताउँछन्।

सांसद वृजेशकुमार गुप्ताले नेपालमा बाढी आउँदा भारतमा पनि क्षति पुग्ने भएकाले दुई देशले योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। (रासस)

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

२०७६, ६ भाद्र शुक्रबार १३:१८

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १५:५९

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

२०७६, ६ भाद्र शुक्रबार १४:२१

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

२०७६, ६ भाद्र शुक्रबार १४:४९