वीरगञ्ज – वीरगञ्ज उद्योग वाणिज्य संघले संघीय अर्थमन्त्री र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई एक ज्ञापनपत्र पठाउँदै साउन १ गतेदेखि लागू गर्ने भनिएको अव्यवहारिक ऐन–नियम, निर्णयहरू स्थगत, संशोधन तथा खारेज गर्न आग्रह गरेको छ। संघले प्रमुख जिल्ला अधिकारीमार्फत संघीय अर्थमन्त्री डा.युवराज खतिवडालाई र महानिर्देशकलाई आन्तरिक राजस्व कार्यालय पर्साका प्रमुख कर अधिकृतमार्फत ज्ञापनपत्र पठाएको हो।

प्रेषित ज्ञापनपत्रमा आर्थिक वर्ष ०७६/७७ बाट लागू गर्ने भनिएको अनिवार्य प्यान नम्बर, भेइकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ कानून, ढुवानीमा भ्याट र अग्रिम आयकरजस्ता अव्यवहारिक प्रावधानलाई खारेज गर्न माग गरिएको छ।

यसैगरी, संघले पठाएको १५ बुँदे ज्ञापनपत्रमा न्यूनतम आधारभूत खाद्यवस्तुहरूमा लगाइएको मुल्य अभिवृद्धि कर, ज्यालादारी कामदारलाई अनिवार्य प्यान नम्बरको व्यवस्था, बैंक खातामार्फत पारिश्रमिक भुक्तानी र सामाजिक सुरक्षा कोषका केही प्रावधानहरू अव्यवहारिक रहेको उल्लेख गरेको छ। योगदानमा आधरित सामाजिक सुरक्षा कोष चरणवद्ध रूपमा लागू गर्न, डिजेलमा भ्याट मिनाहाको पुरानै व्यवस्था लागू गर्न आग्रह गर्दै संघले तेस्रो मुलुकमा कामदार वापत वार्षिक १५ हजार र २० हजार रुपैयाँलाई खारेज गर्नुपर्ने माग गरेको छ।

यसैगरी, ज्ञापनपत्रमा उद्योग व्यवसाय सञ्चालन गर्ने क्रममा भुलवस हुन जाने त्रृटिमा समेत ठूलो रकम जरिवानाका साथै कैदसमेत गर्न सक्ने अधिकार सम्बन्धित कार्यालयलाई नै दिएको व्यवस्था पूर्ण रूपले अव्यवहारिक भएको हुँदा त्यस्ता अधिकार अदालत मातहतमा नै रहनुपर्ने संघले माग गरेको छ। संघका अध्यक्ष गोपाल केडियाद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा कार्यान्वयनमै ल्याउन नसक्ने व्यवस्था एवम् प्रावधानलाई संशोधन, परिमार्जन तथा केही समयमा लागि स्थगत नगरिए संघ आन्दोलनमा उत्रन बाध्य हुनेसमेत बताइएको छ।

 

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

२०७६, ६ भाद्र शुक्रबार १३:१८

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १५:५९

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

२०७६, ६ भाद्र शुक्रबार १४:२१

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

२०७६, ६ भाद्र शुक्रबार १४:४९