– डि.बि. भट्टराई

धादिङमा २०४० चैतको अन्त्यमा मेरो प्रवेश। राजधानीसँग जोडिएको थानकोट, नागढुङ्गाबाटै शुरु हुने जिल्ला। कदर भएछ क्यार – प्रमोशनजस्तै अनुभूति। तर, यथार्थ त्यो हैन। चाँडै भ्रममुक्त हुन्छु। अहिलेसम्म भोगेको दुर्गम जिल्लाहरूभन्दा धेरै फरक कहाँ रहेछ र ! लाग्छ, पृथ्वी राजमार्ग बन्नुभन्दा अघिको अवस्था झन् कस्तो थियो होला?

धादिङबेँसीमा भर्खरै बसोबास शुरु भएको छ। स–साना अलेली पसलहरू। राजमार्गतिर पनि कता कति मात्र। चियानास्ताको प्रबन्धमै व्यस्त। रात बिताउने सहज वातावरण कहाँ थियो र?

सुनौला बजार डाँडा छ। त्यहीँ थियो, पुरानो सदरमुकाम। सानो संकुचित ठाउँ। केही वर्षअघि धादिङबेँसीमा सरेको छ। खेतीपाति राम्रो हुने व्यासी जमिन। अब त्यहाँ बसोबास विस्तार हुने क्रम छ। मलेखुबाट ४ घन्टा जति पैदल यात्रापछि धादिङबेँसी आउँछ। अनुकूल मिल्दा माल बोक्ने ट्याक्टरहरूले कहिलेकाहीँ सहयोग गर्छन्, हामी सामानमाथि आसन जमाउँछौँ। सरकारी भनेको जिल्ला पञ्चायतको एउटा गाडी छ। सभापति योगेन्द्रसिंह थापासँग प्रायः काठमाडौँमा व्यस्त।

मलेखु त्रिशूली नदीमा फेरी चल्छ। गाडी बोकेर आवत–जावत गराउँछ। त्यो पनि तोकेको समयमा मात्र। नदीमा पानी बढ्यो कि बन्द। कयौँ दिन पर्खनुपर्ने। बर्खामा पूरै बन्द। उतापट्टि कच्ची बाटो। पैदल यात्रा नै सहज र भरपर्दाे छ। धादिङको भूबनोट ठूलै छ। मकवानपुर, चितवन, गोरखा, नुवाकोटसहित चीनसँग जोडिन पुग्छ। काठमाडौँ त यसै जोडिएकै छ। म बसेको जिल्लाहरूमध्ये जाजरकोट र सल्यानबाहेक सबैमा नयाँ सदरमुकाम छन्। पञ्चायतकालीन छन्।

सुनौला बजार डाँडा छ। त्यहीँ थियो, पुरानो सदरमुकाम। सानो संकुचित ठाउँ। केही वर्षअघि धादिङबेँसीमा सरेको छ। खेतीपाति राम्रो हुने व्यासी जमिन। अब त्यहाँ बसोबास विस्तार हुने क्रम छ। मलेखुबाट ४ घन्टा जति पैदल यात्रापछि धादिङबेँसी आउँछ। अनुकूल मिल्दा माल बोक्ने ट्याक्टरहरूले कहिलेकाहीँ सहयोग गर्छन्, हामी सामानमाथि आसन जमाउँछौँ।

धादिङ ठूलो जिल्ला भएर पनि यहाँ कामको बोझ छैन। दिन काट्नै गाह्रो। वरिपरि डाँडाकाँडा, जता गए पनि उकाली ओराली। गाडी चढ्न मलेखु नै पुग्नुपर्ने। त्यहाँ गएर पनि के गर्ने। काठमाडौँ जाउँ – अनुमति छैन। प्रमुखलाई जिल्ला छोड्न गृहले सजिलै अनुमति दिँदैन। अरू कार्यालयलाई सजिलो छ। जिल्लामा खोज्ने मैले नै हो। मलाई जे भने पनि हुन्छ। केन्द्रले संरक्षण गरिहाल्छ। यसो विधि पुर्‍यायो – काठमाडौँ टाप।

हस्पिटल छ तर नाम मात्रको। एउटा मा.वि. छ, सेन्टरमा परेर होला ! त्यसको स्थिति ठीकै छ। हाट बजार लगाउने प्रयास छ तर आकर्षण छैन। न्यून जमघट। बजार लाने उत्पादन कम। अलेली भए पनि चलन छैन। घ्यू, कुखुरा, खसीहरू आफैँ काठमाडौँतिर पुर्‍याउँछन्। परम्परागत जान पहिचानका ठूला घरहरूमा नगन्य मूल्यमा छोडेर आउँछन्। त्यसैमा खुसी छन्। कृषि उत्पादनले जिल्ला धान्दैन। बाहिरकै भर छ। राजमार्ग वरपर र खासगरी नौबिसे क्षेत्रमा केही स–साना आर्थिक गतिविधि छन्। समष्टि रूपमा जिल्ला धेरै पछाडि छ। सबै कुरा काठमाडौँ केन्द्रित।

लामो समयदेखि निर्विकल्प राष्ट्रिय पञ्चायत सदस्य हुने सौभाग्य पाउने मिष्टर शब्दबाट परिचित पहुँचवाला व्यक्ति हरिबहादुर थापासँग प्रसङ्गबस सोध्न पुगेछु – काठमाडौँसँग जोडिएको जिल्ला किन यति पछि? यो प्रश्न प्रिय छैन। जवाफ छ, सि.डि.ओ. साहब तपाईं आफ्नो काम गर्नुहोस् न। यस्तो कुरा सोध्ने हैसियत तपाईंलाई कसले दियो? मेरो गाउँ, जिल्लातिर स्कूलका कुरा गर्नुहुन्छ, किन चाहियो स्कुल?

के हो विकास भनेको? गाउँलेलाई परेको बेला व्यक्तिगत सहयोग गर्नुपर्छ। औषधि उपचार आदि गराई दिनुपर्छ। चुनावको बेला मस्तसँग खुवाई दिनुपर्छ। दिसा गर्न नपाउँदै भोट हाल्न लगाउनुपर्छ। बाटो खर्च दिनुपर्छ नत्र बिर्सिहाल्छन्। आइन्दा यस्तो कुरा कसैसँग नगर्नुहोस्। एक किसिमको थ्रेट। नभन्दै त्यस्तै देखिन्थ्यो पनि। व्यक्तिगत रूपमा सबैको सहयोग गर्ने प्रयास गरेको लाग्थ्यो। यो कति राजनीतिक वा रणनीतिक मेरो समझको बाहिर।

लामो समयदेखि निर्विकल्प राष्ट्रिय पञ्चायत सदस्य हुने सौभाग्य पाउने मिष्टर शब्दबाट परिचित पहुँचवाला व्यक्ति हरिबहादुर थापासँग प्रसङ्गबस सोध्न पुगेछु – काठमाडौँसँग जोडिएको जिल्ला किन यति पछि? यो प्रश्न प्रिय छैन। जवाफ छ, सि.डि.ओ. साहब तपाईं आफ्नो काम गर्नुहोस् न। यस्तो कुरा सोध्ने हैसियत तपाईंलाई कसले दियो?

बिर्सन नसकिने प्रसङ्ग – मलेखुमा पृथ्वी राजमार्गको पुल भत्किनु। त्यो अझै ताजा छ। पूरै काम नलाग्ने गरी बाढीले पुल भत्काएको छ। यसको असर देशभरि नै छ। मलेखु वार–पार काठमाडौँ भित्रिने र बाहिर जाने गाडीहरूको लामो लाइन छ। त्यसबेला प्राथमिक उपचार भनेको रोकिएका मानिसहरूको चाँडोभन्दा चाँडो आवतजावतमा सहयोग गर्नु हो। त्यसमा वृद्ध, अशक्त, अपाङ्गता, बालक, बिरामीहरू पनि छन्। अनियन्त्रित खहरे खोलाको बाढी, वर्षा थामिएको छैन। तत्कालै अस्थायी फड्के पुल बनेको छ। त्यसैबाट जेनतेन वारपार गराउन प्रहरी लागेको छ। काठमाडौँमा चहलपहल गर्ने स्वयंसेवी संस्थाहरू त्यति देखिँदैनन्।

त्यो बेलाको मुग्लिङ – चिया नास्ताबाहेक अरू त्यति सहज छेन। स्टक नै थोरै। त्यत्रो मानिसलाई के खुवाउने, कतिञ्जेल खुवाउने, पैसा नहुनेले कसरी खाने, विकल्पहरू के छन्, धेरै खाले समस्या छन्। यातायात नै नभएपछि स्टकले पनि कति दिन धान्छ र? यात्रु बिरामी पर्न थालेका छन्। उपाय छैन। त्यहाँ अठार–बिस घर होलान्। हजारौँ यात्रु यत्रतत्र अलपत्र छन्। सबैको आशा प्रहरीमाथि केन्द्रित छ। ऊ चौबिसै घन्टा ड्यूटीमा छ। खाने बस्ने प्रबन्ध छैन। पिउने पानीसम्म सजिलो गरी उपलब्ध छैन।

ओठ मुख सुकाउँदै, जेनतेन बाँसको भरमा अड्याएको अस्थायी फड्के एक/दुई गर्दै हातले थामेर वारपार गर्नु छ। कुनै बेला त्यो भत्कनसक्छ। सामान्य त्रुटि हुनासाथ यात्रु खोलामा। त्यो बेला यो ठाडो खोलाले कसैको माया गर्ने वाला छैन। तर, सबैलाई हतारो छ। आश्रितहरूलाई पनि सँगसँगै तार्नु छ। म घटनास्थलमा नै छु। साथै भएको अनुभूति दिलाउन चाहन्छु।

सडक विभागका अधिकारीहरू देखिन थालेका छन्। के गर्ने, कहाँ गर्ने, कसरी गर्ने, अनुमान लगाउँदै छन्। उनीहरू त्यहाँ उपलब्ध भएसम्मको असल ठाउँमा खानपिनको आदेश गर्छन्। त्यो बेला पनि कतै पीडा नभएजस्तो मस्ती गर्ने मौका मिलेजस्तो दिनचर्या व्यवहार आदि चर्चा हुन थालेको छ। हाम्रो मेहनत परेका अस्थायी फड्केको पनि ठूल्ठूलो बिल बनेको, हामी भोकै–तिर्खै भन्ने प्रहरीको गुनासो छ। हो– उनीहरूको खटाईको सीमा छैन। नुहाउन धुवाउन टाढै छ। प्रहरी बन्दोबस्त थोरै छ। पालोपिलो सजिलो छैन। त्यसबेला यस्तो आकस्मिक परिस्थितिको कल्पना थिएन। सायद अतिरिक्त प्रहरी शक्तिको बन्दोबस्त पनि पर्याप्त थिएन कि!

बिर्सन नसकिने प्रसङ्ग – मलेखुमा पृथ्वी राजमार्गको पुल भत्किनु। त्यो अझै ताजा छ। पूरै काम नलाग्ने गरी बाढीले पुल भत्काएको छ। यसको असर देशभरि नै छ। मलेखु वार–पार काठमाडौँ भित्रिने र बाहिर जाने गाडीहरूको लामो लाइन छ। त्यसबेला प्राथमिक उपचार भनेको रोकिएका मानिसहरूको चाँडोभन्दा चाँडो आवतजावतमा सहयोग गर्नु हो।

सबैको भरोशाको केन्द्र प्रहरी। उसैको यस्तो दयनीय अवस्था। अलिक बेठीक नै भयो कि जस्तो लाग्छ। संयोगले चिफ इन्जिनियर आएको बेला परेछ। अलिक पर गजुरीसम्म जान साथ लागेँ। आफ्नो अनुभव र पीडा राम्रै गरी पोख्न भ्याएँ। घोचपेच पनि गरेँ। तर, गाडीका सबै मौन, कुनै जवाफ छैन। लाग्छ, त्यहाँ असल श्रोता मात्र छन्।

गजुरी ओर्लनै लाग्दा मनमा लाग्छ, उहाँहरू त भगवान हुनुहुँदो रहेछ। तर, त्यसपछि स्थितिमा केही परिवर्तन आएको छ। प्रहरीले केही राहत पाएका छन्। नास्ता पानीसम्मको प्रबन्ध भएको छ। प्राविधिक टोलीले खानपिनको त्यस्तो आदेश दिन छोडेको छ। म अप्रिय रूपमा प्रस्तुत हुँदाका नतिजा थियो कि ! बाढी घटेपछि अस्थायी ड्राइभरर्सनबाट धेरै अवधि यातायात चलेको थियो। यसले पारेको विविध असरबारे समीक्षककै जिम्मा राखौँ।

बालबालिकाहरूलाई परिवर्तनका बाहक बनाउन सकिँदैन?

श्रीलंका भ्रमण पनि २०४० सालतिर नै हो। तर, अब त्यो एकादेशको कथाभन्दा कहाँ फरक होला र ! धादिङ जिल्लामा महत्त्वपूर्ण भनेको जर्मन सहायताको एकीकृत ग्रामीण विकास आयोजना छ। यदाकदा स–साना गोष्ठी, सेमिनार तथा काठमाडौँकेन्द्रित जमघटहरू हुने गर्छन्। त्यसमा म पनि कतै न कतै जोडिएको छु। यसमा को–अर्डिनेटर मदन श्रेष्ठको सौजन्यता छ। आयोजनाको श्रीलंकाको अध्ययन भ्रमण गराउने कार्यक्रम रहेछ। नेतृत्व जिल्ला पञ्चायत सभापतिको छ। यसमा सरिक हुने मौका आउँछ। पुरानो भएको नाताले होला, गृहले पनि नाइनास्ती गर्दैन। सामान्यतया यस्तो कार्यक्रममा गृहले जिल्ला छोड्न दिँदैन।

त्यहाँ रहेछ, ‘सर्वाेदय श्रमदान आन्दोलन’ नामको सामाजिक संस्था। जसको ख्याति अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको छ। सरकारी संयन्त्रभन्दा पर, राजनीतिभन्दा धेरै टाढा। भनिन्थ्यो – विनोवा भावेको समकालीन डा. आर्यरत्नेको प्रयासबाट सन् १९५८ तिर स्थापना भएको। धार्मिक, नैतिक, सांस्कृतिक धरातललाई उच्च राख्दै जनजीविका उत्थान गर्न विविध गतिविधिका सेन्टरहरू केन्द्रदेखि गाउँसम्म फैलिएका। त्यसैको अध्ययन भ्रमण गर्ने हाम्रो उद्देश्य छ। यो भ्रमण उपयोगी एवं स्मरणीय बनाउन सम्बन्धित अधिकारीहरू दिलदेखि नै प्रयासरत छन्। त्यसबेला आर.एन.ए.सी.को जहाज काठमाडौँबाट सीधै कोलम्बो आउने–जाने गर्दाेरहेछ।

देशभरि नै फैलिएका अलग अलग जिम्मेवारीका सेन्टरहरूका गतिविधिको गहिरो अध्ययन गर्न सेन्टरहरूमा नै बस्ने, खाने प्रबन्ध छ। मेसको खाना पूर्ण सात्विक। आफ्नो थाल आफैँ सफा गर्नुपर्छ। प्रत्येक साँझ प्रार्थना सभा। सबैको सहभागिता अनिवार्य छ। यो नियमित प्रक्रिया हो। केही दिन हामी पनि साथ छौँ। केही कुरा झण्डै बूढानीलकण्ठको विपश्यना केन्द्रका झझल्को दिने।

सेन्टरहरू उत्पादन केन्द्रकै रूपमा छन्। ती सानातिना उद्योगहरू नै हुन्, जसले उपयोग्य सामग्रीको उत्पादन र विक्रीवितरण गर्छ। यो नै प्रशिक्षणको अङ्ग छ। यो जीवन निर्वाह सहज बनाउने प्रत्यक्ष सामूहिक सहभागिताको प्रयास हो, तालिम केन्द्र हो, भावी जीवनरेखा कोर्ने आधारस्तम्भ हो। लामो समय त्यही काम गर्न चाहनेलाई अवसरको थलो हो। स्वतन्त्र व्यवसाय गर्नेलाई सञ्चालनको स्थितिमा पुर्‍याइदिन आवश्यक सबै सहयोग पुर्‍याउने सहयात्री पनि हो। रुचिअनुसारको सीप विकाससँगै कच्चा पदार्थको आपूर्ति, सुरक्षित भण्डारण, वस्तु उत्पादन, बजार अध्ययन, मूल्य निर्धारण, विक्रीवितरण, नाफा नोक्सानीको मूल्याङ्कन, समष्टि आम्दानी र खर्चको व्यवस्थापनलगायत पारदर्शी विधिहरू प्रशिक्षणकै अङ्गका रूपमा छन्।

संस्थाको उद्देश्य नाफामुखी छैन। दुई हप्ताको अवधिमा तमिल समस्या भएको क्षेत्र र सतर्क हुनुपर्ने अनुराधापुरमबाहेक प्रायः सेन्टरहरू अध्ययन गर्ने अवसर मिलेको छ। भनिन्थ्यो, सेन्टरअन्तर्गत ८ हजार गाउँमा श्रमदान सोसाइटी गठन गरिएका छन्। ग्रासरुटबाटै मूल उद्देश्य प्राप्तिको प्रयास। यसका गतिविधिहरू प्रस्ट, नतिजामूलक र अनुकरणीय लाग्छन्। त्यसमा पनि प्रि–प्राइमरी स्कुलको व्यवस्थापनले बढी छोएछ क्यार। घरीघरी सम्झना हुन्छ। यसलाई अलेली बाँडाैँ बाँडौँ जस्तो लाग्छ।

प्रत्येक श्रमदान सोसाइटीमा सात समूह छन्। त्यसमा प्रि–प्राइमरी स्कूल समूह प्रमुख लाग्छ। पच्चिस जना सदस्यबाट यो शुरु हुन्छ। समाजेवी भावनाकी शिक्षिकाको भूमिका मूल्यवान हुँदो रहेछ। स्कुलको आदर्श ठूलो छ। प्रारम्भिक दिनदेखि नै बच्चाहरूको चरित्र निर्माणका जिम्मेवारी छन्। नियमित साक्षर कक्षाका साथै पौष्टिक आहार, सरसफाइ, वातावरण संरक्षण, इमानदारिता, अनुशासन, नैतिक तथा सांस्कृतिक मूल्यहरूको ज्ञान तथा संस्कार दिनेजस्ता कुरा जोडिएका छन्। त्यसमा पनि कृषि तथा नगदे बालीमा प्रयोगात्मक प्रयोग तथा शिक्षण विधि नयाँ लाग्छ।

संस्थाको उद्देश्य नाफामुखी छैन। दुई हप्ताको अवधिमा तमिल समस्या भएको क्षेत्र र सतर्क हुनुपर्ने अनुराधापुरमबाहेक प्रायः सेन्टरहरू अध्ययन गर्ने अवसर मिलेको छ। भनिन्थ्यो, सेन्टरअन्तर्गत ८ हजार गाउँमा श्रमदान सोसाइटी गठन गरिएका छन्। ग्रासरुटबाटै मूल उद्देश्य प्राप्तिको प्रयास। यसका गतिविधिहरू प्रस्ट, नतिजामूलक र अनुकरणीय लाग्छन्।

ती चरणबद्ध ढङ्गले हुन्छन्। प्रत्येक स्कुल हातामै नर्सरी हुन्छ। सिजनअनुसारका तरकारी, फलफूल तथा नगदे बालीका बेर्ना तयार गर्न खन्ने खोस्रनेदेखि लिएर बीउ रोप्न उपयुक्त माटो तयारी गर्नेसम्मको काम बच्चालाई देखाइन्छ। त्यसमा पानी हाल्ने, मल मिलाउने, बीउ रोप्ने, गोड्ने, कीरा मार्ने, बिरुवा हुर्काउने, संरक्षण गर्ने, स्थानान्तरण गर्नेलगायतका कामहरू छन्। यी काम बच्चालाई देखाएर शिक्षिकाले स्वयं गर्ने हो। यस्तो पहिलो चरणमा हुने रहेछ।

अर्काे वर्ष दोस्रो चरणको काम हुन्छ। आफ्नो स्कुलको नर्सरीमा उत्पादित वस्तु बच्चाले आफ्नो घर करेसाबारीमा हुर्काउने कुरा आउँछ। कसले कसरी हुर्काउँछ, शिक्षिका निरीक्षण गर्न घरआँगनमै पुगेर मूल्याङ्कन गर्ने कुरा छ। तर, अभिभावकको सहयोगबेगर यो सम्भव हुँदैन। बच्चाहरू शिक्षिकाले भनेअनुसार बिरुवा हुर्काउन खोज्छन्। तर, सजिलो छैन। कुरा बुझ्नै गाह्रो। अन्ततः अभिभावक पनि बच्चाले के खोजेको हो, बुझ्न स्कुल जान करै लाग्छ। यस्ता धेरै अभिभावक जुटेपछि जिल्ला सेन्टरले नयाँ प्रविधिसहित विज्ञ नै पठाएर परिवर्तनका नयाँनयाँ कुरा सिकाउँदो रहेछ। यसरी प्रि–प्राइमरी स्कुलका बच्चाहरूले परिवर्तनको दिशामा चेञ्ज एजेन्टको रूपमा काम गरेझैँ लाग्छ।

यसको अर्काे चरण पनि छ। प्रि–प्राइमरी स्कुल तहका पढाइ समाप्त हुञ्जेलमा तेस्रो चरणको प्रयोगात्मक ज्ञान पनि दिइन्छ। यसक्रममा कृषि, फलफूललगायत नरिवल, सुपारी आदि स्थानीय नगदे बालीको बेर्ना उत्पादन, संरक्षणका साथै आर्थिक महत्त्वले पनि स्थान पाउँछ। बच्चाहरूलाई यदाकदा नर्सरीमा उत्पादित सामग्री लिएर बजार लगिन्छ। व्यापार केन्द्रहरू घुमाउने, मूल्य निर्धारण विधिहरू सिकाउने, विक्री गर्नेसम्मका काम देखाइन्छ, सिकाइन्छ। बच्चाहरूले यसरी तीन वर्षमा साधारण शिक्षासँगै उत्पादनको महत्त्वबारे पनि मोटामोटी ज्ञान प्राप्त गरिसक्ने रहेछन्।

फर्केर हेर्दा, सर्वाेदय श्रमदान आन्दोलनले चलाएका विविध कार्यक्रमहरू आफ्नो गतिमा होलान्। विशेष गरेर ग्रासरुटको श्रमदान सोसाइटीमार्फत प्रि–प्राइमरी स्कुलको तर्फबाट नियमित पाठ्यक्रम सँगसँगै चलाएका कार्यक्रमको भविष्य कस्तो रह्यो होला? कति उपयोगी बने होलान्? बच्चाहरू नै परिवर्तनका एजेन्ट बन्ने भूमिका कति अर्थपूर्ण भयो होला? समष्टि रूपमा समाजका तल्लो वर्गका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने प्रयास कति सफल भयो होला?

प्रत्येक स्कुल हातामै नर्सरी हुन्छ। सिजनअनुसारका तरकारी, फलफूल तथा नगदे बालीका बेर्ना तयार गर्न खन्ने खोस्रनेदेखि लिएर बीउ रोप्न उपयुक्त माटो तयारी गर्नेसम्मको काम बच्चालाई देखाइन्छ। त्यसमा पानी हाल्ने, मल मिलाउने, बीउ रोप्ने, गोड्ने, कीरा मार्ने, बिरुवा हुर्काउने, संरक्षण गर्ने, स्थानान्तरण गर्नेलगायतका कामहरू छन्।

आन्दोलनका जन्मदाता डा. आर्यरत्ने कहिलेकाहीँ नेपाल आउने गरेको सुनेा। पूर्वसचिव आदरणीय मुक्तिप्रसाद काफ्लेसँग भेटघाट सम्पर्क रहेछ। देश–विदेशमा लेक्चर दिन कहिले यहाँ, कहिले वहाँ हिँडिरहनुपर्ने व्यस्त जीवनशैली। उहाँकै थलोमा पुगेर पनि हामीले भेट गर्न सकेनौँ। अन्त्यमा लाग्छ– प्रि–प्राइमरी स्कुलको जस्तो सानो प्रयासबाट पनि यति अर्थपूर्ण काम हुँदो रहेछ। त्यो हेर्दा कताकता लाग्छ, हाम्रोमा पनि ठूलाठूला सामाजिक संस्थाहरू छन्। तर, हामी कहाँ छौँ, हाम्रा प्रयासहरू कति उपलब्धिपूर्ण हुँदैछन्। सबैको जानकारी नभएको पनि हुन सक्ला। आशा गरौँ, हाम्रा प्रयासहरू पनि अर्थपूर्ण देखियून्। श्रीलङ्कामा हामीलाई देखाएजस्तै विदेशीलाई बोलाई–बोलाई देखाउन पाइयोस्, गर्व गर्न सकियोस्।

किन हो अनायासै तर्क आउँछन् – शिक्षा, स्वास्थ्य, यातायात, कृषि, सुरक्षा, रोजगारी, श्रमको महत्त्व, अनुशासन, मेलमिलाप, चरित्र निर्माण आदि विषयमा स्कुलले बालबालिकाहरूलाई केही समसामयिक सन्देश दिन सक्थ्यो कि! हो सानै उमेरदेखि सचेत हुँदै जानुपर्ने र दैनिक जीवनमा पर्ने प्राथमिक कुराहरू धेरै छन्। तापनि स्कुलबाट हप्ताको एक दिन पाँच मिनेट मात्रै भए पनि यस्ता सूचनामूलक कार्यक्रम चलाउन सकिन्थ्यो कि? रुचिकर बनेमा क्रमशः अभिभावकहरू पनि सम्मिलित हुन्थे होलान्। यदाकदा विज्ञहरूको सेवा पनि पुर्‍याउन सकिन्थ्यो होला। घरघरमा तल्लो तहसम्म चर्चाको विषय पनि बन्थ्यो होला। हुन सक्छ परिवर्तनका नयाँनयाँ कुराहरूको प्रभाव चाँडै फैलियोस्। यस्ता कामबाट बालबालिकाहरूलाई परिवर्तनको बाहक बनाउन सकिँदैन?

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

२०७६, ६ भाद्र शुक्रबार १३:१८

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १५:५९

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

२०७६, ६ भाद्र शुक्रबार १४:२१

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

२०७६, ६ भाद्र शुक्रबार १४:४९