काठमाडौं, ९ माघ –कांग्रेस नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले डा. गोविन्द केसीसँग भएको सम्झौता अनुरुप राष्ट्रिय चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।

चिकित्सा शिक्षा सुधारका लागि सरकारमा बस्ने, प्रतिपक्षमा बस्ने, हिजो सरकार चलाएका र भोलि सरकार चलाउँछु भन्ने सबैले गम्भीरतापूर्वक लिनुपर्ने थापाकाे भनाई  थियाे।

९ दिनदेखि इलाममा अनसनरत डा. केसीकाे स्वास्थ्य अवस्था कमजोर भइसक्दा पनि सरकारले औपचारिक संवाद शुरु गर्न नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण पनि गराएका छन्।

उनले भने ‘योभन्दा उदेक लाग्दो विषय के हुन्छ? केसी १६ औं पटक अनसन बस्दा हामीलाई लाज लाग्नुपर्ने हो। मलाई पनि लाज लाग्ने विषय हो। म लज्जाबोधका साथ यहाँ आएको छु।’

‘केसीको स्वास्थ्य चिन्ताजनक छ। कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ। उहाँलाई केही भइहाले सरकार, मन्त्रीलाई मात्रै होइन सिंगो नेपालीलाई लाजको विषय हुन्छ,’ नेता थापाले भने, ‘लाजमात्र होइन, यति ठूलो घाउ र चोट हुन्छ त्यो कहिल्यै बिसेक हुँदैन।’

केसीका माग र चिकित्सा क्षेत्र सुधारका लागि प्रतिष्ठाको विषय नबनाई प्रधानमन्त्री ओलीले पहल कदमी लिनुपर्ने थापाले विचार व्यक्त गरे।

लोकप्रिय

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७

टोनी कक्कर नेपाल आउँदै

टोनी कक्कर नेपाल आउँदै

२०७६, ३१ भाद्र मंगलवार १६:०२

यी बिरामीका लागि कागती पानी खतरा

यी बिरामीका लागि कागती पानी खतरा

२०७६, ३० भाद्र सोमबार १५:३१

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

२०७६, ३० भाद्र सोमबार १७:१७