वीरगन्ज – वीरगन्जको विभिन्न वडामा शहरी विकास तथा भवन विभागमातहत रहेको सघन शहरी योजना कार्यालय, वीरगन्ज, पर्साले सञ्चालनमा ल्याएको सडक तथा नाला निर्माणको काममा ठेकेदार कम्पनीको भुक्तानी दिनमा आनाकानी गरेको निर्माण व्यवसायीहरूले आरोप लगाएका छन्।

करिब ७५ करोड २० लाखको बजेटमा वीरगन्जको हरपतगन्ज, अपौनी, लिपनीबिर्ता, पिपरा, श्रीसिया र सुगौली क्षेत्रमा निर्माण भइरहेको २७ किमी लम्बाइको कालोपत्र सडक र नालाको काममा ठेकेदार कम्पनी स्वच्छन्द, पप्पु, युनाइटेड जेभीको करिब ६ करोड ६७ लाख भुक्तानी दिनमा ढिलाइ भइरहेको निर्माण व्यवसायीहरूले बताएका छन्। आवको आज अन्तिम दिन निर्माण व्यवसायी तथा पेटी कन्ट्रयाक्टरहरू भुक्तानीका लागि सबै प्रक्रिया पूरा गरे तापनि शहरी तथा भवन कार्यालयका हाकिम राजेन्द्र खतिवडाको उदासीनताका कारण आफूहरूले भुक्तानी नपाएको र मर्कामा परेको गुनासो गरेका छन्।

पप्पुका प्रतिनिधि तथा सघन शहरी योजनाका योजना प्रबन्धक उमेश साहका अनुसार गत असार ३ गते नै कामको विस्तृत विवरण तथा ल्याब टेस्टसमेत संयुक्त रूपमा कार्यालयमा दर्ता गराइदिँदा समेत हालसम्म भुक्तानी नभएको आरोप लगाए।

यता निर्माण व्यवसायीका अनुसार पर्सा जिल्लामा छुट्याइएको रू. २५ करोड रकममध्ये कार्यालयले यसअघि निर्माण व्यवसायी ठेकेदार कम्पनी स्वच्छन्द, युनाइटेड बिल्डर जेभीलाई रू. १५ करोड ५६ लाख भुक्तानी गरिसकेको र बाँकी रू १० करोड रौतहटको गौरमा आश्रय निर्माण सेवा कम्पनीलाई असार ३० गते भुक्तानी गरेकाले रकमको अभावमा भुक्तानी दिन आनाकानी गरेको बताएका छन्। निर्माण व्यवसायीले पर्सामा विनियोजित बजेटको पैसा रौतहटको ठेकेदारलाई ५ प्रतिशत कमिशनमा दिएर पर्साका ठेकेदारलाई भुक्तानी नगरेको आरोप लगाएका छन्।

ठेकेदार कम्पनीले भुक्तानी नपाएपछि पेटी कन्ट्रयाक्टर प्रमोद निर्माण सेवा, सोसाइटी नेपाल, ग्ल्यामर नेपाल, श्रेष्ठ कन्स्ट्रक्सन निर्माण सेवा, एमडी निर्माण सेवालगायत कम्पनीहरू मर्कामा परी आज दिनभरि शहरी तथा भवन कार्यालयको चक्कर लगाएका थिए। प्रमोद निर्माण सेवाको रू. १ करोड २५ लाख, सोसाइटी नेपालको डेढ करोड, ग्ल्यामर नेपालको ८० लाख, श्रेष्ठ कन्स्ट्रक्सनको ७० लाख, गौरीशंकरको २० लाख र एमडी निर्माण सेवाको ५० लाख भुक्तानी लिन बाँकी छ।

यस विषयमा सघन शहरी तथा भवन आयोजना कार्यालय वीरगन्जका प्रमुख राजेन्द्र खतिवडाले ठेकेदार कम्पनीको लापरवाहीले भुक्तानीमा ढिलाइ भएको दाबी गरे। उनका अनुसार ठेकेदार कम्पनीले समयमा बिल र ल्याब टेस्ट रिपोर्ट नगरेकाले ढिलाइ भएको बताएका छन्। कमिशनको विषयमा कुरा गर्दै उनले एक रुपैयाँ कुनै ठेकेदार कम्पनीस“ग नलिएको र अख्तियारमा फस्ने डरले रीतपूर्वक काम नगरी भुक्तानी दिन नमिल्ने भएकाले अहिलेसम्म भुक्तानी नभएको प्रतिक्रिया दिए। साथै उनले सबै प्रक्रिया पूरा गरेर एक साताभित्र स्वच्छन्द, पप्पु, युनाइडेटको भुक्तानी दिने पनि आश्वासन दिए।

२०७७/२/९ सम्म सम्पन्न गर्नुपर्ने वीरगन्ज मनपाको ढल तथा सडकको काम करिब ४० प्रतिशत सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ।

लोकप्रिय

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

२०७६, २२ मंसिर आईतवार १८:४७

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

२०७६, २२ मंसिर आईतवार १०:३४

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

२०७६, २३ मंसिर सोमबार १९:१७

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

२०७६, २३ मंसिर सोमबार ११:०२

महिनावारी समयमै गराउने घरेलु उपाय

महिनावारी समयमै गराउने घरेलु उपाय

२०७६, २३ मंसिर सोमबार १४:२९

चाया हटाउने घरेलु उपाय

चाया हटाउने घरेलु उपाय

२०७६, २२ मंसिर आईतवार १४:३९

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

२०७६, २३ मंसिर सोमबार १७:४०

कोदो भित्र्याउन व्यस्त किसान

कोदो भित्र्याउन व्यस्त किसान

२०७६, २२ मंसिर आईतवार १७:३०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

२०७६, २३ मंसिर सोमबार १७:४१

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य

२०७६, २४ मंसिर मंगलवार ०७:१५

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

२०७६, २३ मंसिर सोमबार ०७:१८

हल्ट पुरस्कारको लागि टियुबाट एनसीसीको Substyro टिम विजयी

हल्ट पुरस्कारको लागि टियुबाट एनसीसीको Substyro टिम विजयी

२०७६, २२ मंसिर आईतवार १५:५८

बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा

बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा

२०७६, २२ मंसिर आईतवार १९:०९

रिचार्ज कार्डको पिन नम्बर मेटिएको अवस्थामा पनि रिचार्ज गर्न यसो गर्नुहोस्

रिचार्ज कार्डको पिन नम्बर मेटिएको अवस्थामा पनि रिचार्ज गर्न यसो…

२०७६, २४ मंसिर मंगलवार १३:५२