धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले गतआव २०७५/७६ मा करिब ३० करोडबराबरका नयाँ गाडी खरिद गरेको छ। प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका मन्त्रालयले उक्त रकमबराबरका गाडी खरिद गरेको हो।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास बजेट खर्च गर्न नसकेका मन्त्रालयले आर्थिक वर्षको अन्तिममा मन्त्री तथा कर्मचारीको सेवा सुविधाका लागि धमाधम करोडौंका गाडी खरिद गरेका छन्। गत आवमा मात्रै ४८ वटा मोटरसाइकल, १६ वटा ऐम्बुलेन्स र ३० वटा लक्जरियस गाडी खरिद गरेको छ, जसमा प्रदेश सरकारले २९ करोड १९ लाख १६ हजार रुपैया खर्च गरेको छ।

मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री त्रिलोचन भट्ट चढ्ने गाडीसहित आठवटा पुरानै गाडी रहेका छन्। त्यसमध्ये मुख्य मन्त्री भट्टले १ करोड ३० लाखदेखि १ करोड ४० लाखसम्म बजारमूल्य पर्ने टोयाटा कम्पनीको फच्र्युनर मोडेलको गाडी चढ्दै आएका छन् तर पुनः सो मन्त्रालयले आठवटा मोटरसाइकल र दुईवटा नयाँ गाडी खरिद गरेको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले ५ करोड ३१ लाख ४१ हजारमा ११ वटा गाडी खरिद गरेको छ। १ वटा कानूनमन्त्री र १ वटा सचिवको प्रयोगका लागि खरिद गर्दैछ भने नौवटा पिकअप भ्यान खरिद गर्दैछ। जुन नौवटै जिल्ला प्रहरी कार्यालयलाई प्रदान गरिने आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी पौडेलले बताए।

मन्त्री र सचिवको प्रयोगका लागि निशान कम्पनीको एसयूभी हार्ड टप, एसयूभी २००, महेन्द्रा कम्पनीको स्कारपियो, टाटा कम्पनीको स्ट्रोम मोडलका गाडी कुनै मन्त्रालयले खरिद गरिसकेका छन् भने कसैले खरिद प्रक्रिया अगाडि बढाएका छन्। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले यस वर्ष २ करोड ६१ लाख ५३ हजारमा नयाँ गाडीे खरिद गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले हालै ७० लाखमा एसयूभी २०० मोडेलको गाडी खरिद गरेको छ भने थप १ वटा गाडी खरिदका लागि टेण्डर आह्वान गरेको छ। मन्त्रालयसँग तीनवटा पुरानै गाडी चालू अवस्थामा छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि दुईवटा गाडी हुँदाहुँदै ठूलो रकम खर्च गर्दै ३ वटा नयाँ गाडीको खरिद प्रक्रिया अगाडि बढाएको छ। जसको मूल्य २ करोड ९ लाख रुपैयाँ रहेको छ। प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गत फागुनमा नै दुईवटा नयाँ गाडी खरिद गरिसकेको छ। मन्त्रालयका सूचना अधिकारी विश्वेश्वर खनालले मन्त्रालयसँग तीनवटा पुरानै चारपाङ्ग्रे गाडी र चारवटा मोटरसाइकल रहे पनि थप नयाँ आठवटा मोटरसाइकल खरिदका लागि प्रक्रिया थालेको बताए।

सामाजिक विकास मन्त्रालयसँग चारवटा चारपाङ्ग्रे र १८ वटा मोटरसाइकल पुराना हुँदाहुँदै मन्त्रालयले १५ वटा मोटरसाइकल, १६ वटा एम्बुलेन्स र दुईवटा चारपाङ्ग्रेमा ७ करोड ७२ लाख ८४ हजार रुपैयाँ खर्च गरेको छ। प्रदेश सरकारका मन्त्रालय मात्रै होइन, मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेश प्रमुखको कार्यालय, संसद सचिवालयको कार्यालयसमेत नयाँ गाडी खरिद प्रक्रियामा निकै अगाडि देखिएका छन्।

मुख्य न्यायाधिवक्ताको कार्यालयले पुसमा नै दुईवटा निशान कम्पनीका गाडी र दुईवटा मोटरसाइकल खरिद गरेको थियो। दुईवटा गाडी खरिदमा मात्रै कार्यालयले १ करोड १४ लाख ८४ हजार खर्च गरेको छ। प्रदेश प्रमुखको कार्यालयले चालू आवमै ५७ लाख पर्ने हुुन्डाईको क्रेता गाडी खरिद गरेको छ। कार्यालयसँग तीनवटा चारपाङ्ग्रे, दुईवटा मोटरसाइकल र एउटा स्कुटी पुरानै रहेका छन्। प्रदेशसभा सचिवालयले चालू आर्थिक वर्षमा १० वटा नयाँ गाडी खरिद गरिसकेको छ। ६ करोड २७ लाख ९० हजा रुपैयाँ खर्च गरेर गाडी खरिद गरेको प्रदेशसभा सचिवालयलका निमित्त कार्यालय प्रमुख छवि पाण्डेले बताए।

असार १ गते सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा सार्वजनिक गरेको बजेट वक्तव्यअनुसार प्रदेशमा बसोबास गर्ने ठूलो जनसंख्या अझै पनि निरपेक्ष गरिबीको रेखामुनि रहेको छ। सो वक्तव्यअनुसार निरपेक्ष गरिबीको रेखामुनि ३३.९ प्रतिशत, आय असमानताको मापक जिनी गुणक ०.३३, बेरोजगारी दर ११.५ प्रतिशत र प्रदेशमा कुल जनसंख्या र रोजगारीको अनुपात २४.१ रहेको छ भने साक्षरता प्रतिशत ६२.८ मात्रै रहेको छ। मन्त्री बोहराले प्रस्तुत आँकडाअनुसार प्रदेशको अवस्था अझै पनि डरलाग्दो अवस्थामा दर्शाउँछ तर त्यही प्रदेश सरकारमा रहेका मन्त्रीको विलासी जीवनशैलीले उनीहरूलाई नै गिज्याइरहेको छ।

लोकप्रिय

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

२०७६, ७ माघ मंगलवार १४:०४

सोमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

सोमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, ६ माघ सोमबार १९:१२

ठगी मुद्दामा पक्राउ परेका  नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार चलान

ठगी मुद्दामा पक्राउ परेका नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार…

२०७६, ७ माघ मंगलवार २१:१४

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

२०७६, ६ माघ सोमबार १४:३९

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

२०७६, ७ माघ मंगलवार २१:३९

विद्यार्थी आन्दोलन मजबुत बनाउन उम्मेद्वारी– विद्यार्थी नेता उपाध्याय

विद्यार्थी आन्दोलन मजबुत बनाउन उम्मेद्वारी– विद्यार्थी नेता उपाध्याय

२०७६, ६ माघ सोमबार १५:३२

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

२०७६, ७ माघ मंगलवार १६:२६

डिलाशैनी गाउँपालिका ४ का वडाध्यक्षको निधन

डिलाशैनी गाउँपालिका ४ का वडाध्यक्षको निधन

२०७६, ६ माघ सोमबार १७:२८

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

२०७६, ७ माघ मंगलवार १४:१६

सर्वाधिक ‘विकेट टेकर’ को सुचीमा छलाङ मार्ने सन्दीपको दाउ

सर्वाधिक ‘विकेट टेकर’ को सुचीमा छलाङ मार्ने सन्दीपको दाउ

२०७६, ६ माघ सोमबार ११:३७

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

२०७६, ७ माघ मंगलवार १७:३८

भारतमा २४ वर्षीय युवतीमाथि सामूहिक बलात्कार

भारतमा २४ वर्षीय युवतीमाथि सामूहिक बलात्कार

२०७६, ६ माघ सोमबार १७:२१

सामसङले विभिन्न किसिमका डिस्प्ले भारतमा बनाउँने

सामसङले विभिन्न किसिमका डिस्प्ले भारतमा बनाउँने

२०७६, ७ माघ मंगलवार १४:१५

अँगालो हालेर सुताउने अचम्मको जागिर!

अँगालो हालेर सुताउने अचम्मको जागिर!

२०७६, ७ माघ मंगलवार १४:२२

विमानस्थलमा ठोक्किए दुई जहाज, बुद्ध एयरको उडान रद्द

विमानस्थलमा ठोक्किए दुई जहाज, बुद्ध एयरको उडान रद्द

२०७६, ६ माघ सोमबार ११:०२