धनगढी – प्रदेश र स्थानीय सरकारले घोषणा गरेको राहत धनगढी उपमहानगरका हावाहुरीपीडितले अझै पाउन सकेका छैनन्। विनाशकारी हावाहुरी आएको १ महिनाभन्दा बढी बितिसक्दासम्म पनि स्थानीय तहले राहत वितरण गर्न नसकेको हो।

जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कअनुसार जेठ २३ मा आएको हावाहुरीले जिल्लाभरि ९ हजार ७ सय ४९ घरमा क्षति पुगेको थियो। हावाहुरीका कारण दुई जनाले ज्यान गुमाएका थिए। त्यसपछि अनुगमनमा आएका जनप्रतिनिधि र नेताहरूले छिट्टै राहत दिने घोषणा गरे पनि धनगढी उपमहानगरपालिकाका हावाहुरीपीडितले अझै राहत नपाएको बताएका छन्। राहतका लागि केही दिन कुरे पनि कतैबाट नपाएपछि ऋण लिएरै छानो मर्मत गरेको उनीहरूले गुनासो गरेका छन्। वडाबाट नाम मात्रै लगेर गए तर राहत भने अहिलेसम्म नपाएको पीडितको गुनासो छ। उपमहानगरपालिका र प्रदेश सरकारले राहतस्वरुप केही रकम दिने उद्घोष गरे पनि कुनै निकायको रकम नपाएको पीडितको गुनासो छ।

हावाहुरीपछि सुदूरपश्चिम प्रदेश सरकारले घर पूर्ण क्षति भएका परिवारलाई २० हजार र आंशिक क्षति भएकालाई १० हजार दिने निर्णय गरेको थियो। पीडितको संख्या धेरै भएपछि प्रदेश सरकारले पूर्ण क्षति भएकालाई १० हजार र आंशिक क्षति भएकालाई ५ हजार दिने बताएको छ। तर, उपमहानगरपालिकामा अझै सो राहत वितरण भएको छैन। स्थानीय तहहरूले आफैँले घोषणा गरेको राहत पनि पीडितलाई दिएका छैनन्। स्थानीय तहलाई निकासा प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत रकम जिल्ला प्रशासन कार्यालयमा पठाएको जनाएको छ। प्रदेश सरकारबाट आएको राहत रकम पीडित परिवारलाई वितरणका लागि स्थानीय तहहरूलाई दिएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) मोहनराज जोशीले बताए।

प्रदेश सरकारले गोदावरीलाई ७२ लाख १५ हजार, घोडाघोडीलाई १७ लाख ६० हजार, लम्कीचुहालाई १० लाख १० हजार, गौरीगंगालाई ९ लाख २५ हजार हस्तान्तरण गरेको छ। टीकापुरलाई ५ लाख २५ हजार, कैलारीलाई ४२ लाख ९० हजार बर्दगोरियालाई १४ लाख ७० र धनगढीलाई १ करोड २७ लाख ६५ हजार सहयोग गरे पनि धनगढीले अझै राहत वितरण गरेको छैन। राहतका लागि प्रदेश सरकारबाट प्रशासनमार्फत १ करोड २७ लाख रुपैयाँ प्राप्त भएको धनगढीका मेयर नृपबहादुर वडले बताए।

धनगढीमा हावाहुरीले तीनवटा घर पूर्ण रूपमा नष्ट भएका र २ हजार २ सय ४७ वटा घरमा आंशिक क्षति पुगेको छ। उपमहानगरले पूर्ण क्षतिलाई ६ हजार र आंशिकलाई ३ हजार राहत उपलब्ध गराउने निर्णय गरेको थियो तर घोषणा गरेअनुसार राहत वितरण गरेको छैन।

लोकप्रिय

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

२०७६, ७ माघ मंगलवार १४:०४

सोमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

सोमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, ६ माघ सोमबार १९:१२

ठगी मुद्दामा पक्राउ परेका  नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार चलान

ठगी मुद्दामा पक्राउ परेका नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार…

२०७६, ७ माघ मंगलवार २१:१४

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

२०७६, ६ माघ सोमबार १४:३९

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

२०७६, ७ माघ मंगलवार २१:३९

विद्यार्थी आन्दोलन मजबुत बनाउन उम्मेद्वारी– विद्यार्थी नेता उपाध्याय

विद्यार्थी आन्दोलन मजबुत बनाउन उम्मेद्वारी– विद्यार्थी नेता उपाध्याय

२०७६, ६ माघ सोमबार १५:३२

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

२०७६, ७ माघ मंगलवार १६:२६

डिलाशैनी गाउँपालिका ४ का वडाध्यक्षको निधन

डिलाशैनी गाउँपालिका ४ का वडाध्यक्षको निधन

२०७६, ६ माघ सोमबार १७:२८

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

२०७६, ७ माघ मंगलवार १४:१६

सर्वाधिक ‘विकेट टेकर’ को सुचीमा छलाङ मार्ने सन्दीपको दाउ

सर्वाधिक ‘विकेट टेकर’ को सुचीमा छलाङ मार्ने सन्दीपको दाउ

२०७६, ६ माघ सोमबार ११:३७

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

२०७६, ७ माघ मंगलवार १७:३८

भारतमा २४ वर्षीय युवतीमाथि सामूहिक बलात्कार

भारतमा २४ वर्षीय युवतीमाथि सामूहिक बलात्कार

२०७६, ६ माघ सोमबार १७:२१

सामसङले विभिन्न किसिमका डिस्प्ले भारतमा बनाउँने

सामसङले विभिन्न किसिमका डिस्प्ले भारतमा बनाउँने

२०७६, ७ माघ मंगलवार १४:१५

अँगालो हालेर सुताउने अचम्मको जागिर!

अँगालो हालेर सुताउने अचम्मको जागिर!

२०७६, ७ माघ मंगलवार १४:२२

विमानस्थलमा ठोक्किए दुई जहाज, बुद्ध एयरको उडान रद्द

विमानस्थलमा ठोक्किए दुई जहाज, बुद्ध एयरको उडान रद्द

२०७६, ६ माघ सोमबार ११:०२