विराटनगर – मोरङको पथरी शनिश्चरे– १० मा बस र पिकअप भ्यान आपसमा ठोक्किँदा २ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन्। मृत्यु हुनेमा बसका २ यात्रु रहेको भए पनि नाम र ठेगाना खुलिनसकेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। मृत्यु हुने २ पुरुषमध्ये एक जनाको घटनास्थलमै र अर्का एकको नोबेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

बिहान ९ बजेको समयमा कानेपोखरीको बिहीबारेबाट यात्रु लिएर पूर्वतर्फ जाँदै गरेको को.१ ख ४८४२ नम्बरको बस र पथरी बजारको तरकारी बजारबाट पूर्वपश्चिम सडकतर्फ निस्किएको मे.१ च ५३९१ नम्बरको पिकअप एकआपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो।

रफ्तारमा रहेका बस र पिकअप ठोक्किँदा बस सडकमा पल्टिएको थियो । बस र पिकअपको अगाडिको भाग पूर्ण रूपमा कुच्चिएको छ। बसका सबै सिसाहरू फुटेको र अगाडिको चक्कासमेत निस्किएको छ। घाइतेहरूलाई तत्काल पथरी हस्पिटल र मोरङ हस्पिटल पुर्याइएको थियो। घाइतेमध्ये कानेपोखरी– ४ का टीकाराम थापा, कानेपोखरी नारायण चोककी खिलमाया लिम्बू, वडा नम्बर ३ का मित्र दाहालका छोरा नाम नखुलेका एक जना गरी १० जनालाई नोबेल र न्यूरो अस्पताल विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। यस्तै, कानेपोखरी– ३ की तारा लिम्बू र अविगेस राई, वडा नम्बर ५ की कविसा दाहाल, ४ का शरण राई र नगेन्द्र कार्की, ५ की सीता खतिवडाको पथरीस्थित मोरङ हस्पिटलमा उपचार भइरहेको छ।

यस्तै, झापा हल्दिबारीका टेकबहादुर भुसाल, बिर्तामोडका अभिषेक कार्की, श्याम कार्की, बिर्तामोड– ४ का जीवन बराइली, उर्लाबारी– ५ की इन्द्रमाया गुरुङ, डीबी माझी, ठेगाना नखुलेका होमबहादुर कटुवाल, प्रविना भट्टराई, सुकदेव धिमाल, प्रेमबहादुर कार्की, निर्मला गिरीसहित घाइतेको उपचार भइरहेको पथरी अस्पतालले जानकारी दिएको छ।

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

राैतहटमा इटाभट्टामा बम फेला

राैतहटमा इटाभट्टामा बम फेला

२०७६, २१ मंसिर शनिबार १७:३१

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

२०७६, २० मंसिर शुक्रबार २०:२५

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

२०७६, १९ मंसिर बिहीबार ०९:४९