काठमाडौँ – निर्वाचन आयोगले कात्तिक मसान्त वा मंसिर पहिलो साताभित्रै रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ। संघ, प्रदेश र स्थानीय तहमा गरी देशभर ४७ स्थानमा जनप्रतिनिधि रिक्त रहेको बताएको आयोगले उपनिर्वाचनका लागि आन्तरिक तयारी अघि बढाएको हो । निर्वाचन ऐनअनुसार नै पनि निर्वाचन सम्पन्न गर्न आयोगलाई कम्तीमा पनि १ सय २० दिन आवश्यक पर्छ।

सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समेत उपनिर्वाचनलाई प्राथमिकतामा राखेको छ भने प्रधानमन्त्री केपी ओलीले समेत रिक्त स्थानमा छिट्टै निर्वाचन हुने बताउँदै आएका छन्। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कात्तिक मसान्त वा मंसिर पहिलो सातासम्म रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी आयोगले तयारी अघि बढाएको बताए।

तर, स्थानीय तहको निर्वाचनका लागि मिति भने आयोगको परामर्शमा सरकारले नै तोक्ने कानुनी व्यवस्था छ। प्रमुख निर्वाचन आयुक्त थपलियाले केही दिनभित्रै आयोगले सो विषयमा सरकारसँग परामर्श गर्ने बताए। कात्तिक मसान्त वा मंसिर पहिलो सातासम्म रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी आयोगले तयारी अघि बढाएको छ। सरकारसँग केही दिनभित्रै सो विषयमा छलफल हुन्छ,’ प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने।

हाल आयोगले २०७४ सालमा सम्पन्न निर्वाचनपछि जनप्रतिनिधि रिक्त सबै तहको विवरण संकलन सकेर निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीको विवरण तयार गरिरहेको छ।

आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले आयोगले निर्वाचनका लागि आवश्यक पर्ने साधनस्रोतको विवरणसहित आवश्यक कार्यविधि तयार गरिरहेको जानकारी दिए । उनले गत निर्वाचनका अधिकांश सामग्री नै उपनिर्वाचनका लागि प्रयोग गर्न सकिने अवस्थामा रहेको समेत जनाए ।

आयोगले संकलन गरेको पछिल्लो विवरणअनुसार प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहअन्तर्गत गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष ४, नगरपालिकाका प्रमुख १ र नगरपालिका तथा गाउँपालिकाका वडा अध्यक्ष ३८ गरी कूल ४७ पद रिक्त छन् ।

रिक्त पदहरू

प्रतिनिधिसभामा निर्वाचित तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ‘ताप्लेजुङ हेलिकोप्टर दुर्घटना’मा परी निधन भएका कारण कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ खाली छ।

त्यसैगरी, प्रदेशसभातर्फ भक्तपुर १ ‘क’ बाट निर्वाचित हरिशरण लामिछानेको मृत्यु भएपछि सो स्थान पनि रिक्त छ । यस्तै, दाङ ३ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार वली र बाग्लुङ २ ‘ख’ बाट निर्वाचित टेकबहादुर घर्तीको निधन भएकाले सो स्थानसमेत रिक्त छन् ।

यस्तै, नगरपालिकातर्फ सुनसरीको धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बाको निधन पछि सो स्थान रिक्त छ । यसैगरी, गाउँपालिका अध्यक्ष/उपाध्यक्षमा ४ पद तथा नगरपालिका तथा गाउँपालिकाका वडाध्यक्षमा ३८ वटा पद रिक्त छन् । यसअघि वडाध्यक्षको उपनिर्वाचनका विषयमा भने कानुन अभावका कारण आयोग अन्योलमा थियो। तर, अहिले भने स्थानीय तह निर्वाचन ऐन संशोधन गरी कानुनी बाटो खुला भएपछि वडाध्यक्षको रिक्त पदमा पनि आयोगलाई निर्वाचन गर्न बाटो खुलेको छ।

आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि समेत योग्यता पुगेर पनि नाम दर्ता गर्न बाँकी तथा पहिले छुटेका गरी सबैलाई आग्रह गरिसकेको छ । मतदाता नामावली ऐन, २०७३ अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि नाम दर्ता गर्न पाइँदैन ।

आयोगका प्रवक्ता खरेलले आयोगले ७७ वटै जिल्लामा रहेका निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा तोकिएका इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन कार्यलाई निरन्तरता दिइरहेको जनाए। यो समाचार राजधानी दैनिकले छापेको छ।

लोकप्रिय

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

२०७६, ७ माघ मंगलवार १४:०४

यस्ता छन् विषपानकाे प्रकार, लक्षण र उपचार विधी

यस्ता छन् विषपानकाे प्रकार, लक्षण र उपचार विधी

२०७६, ८ माघ बुधबार २०:१४

ठगी मुद्दामा पक्राउ परेका  नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार चलान

ठगी मुद्दामा पक्राउ परेका नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार…

२०७६, ७ माघ मंगलवार २१:१४

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

२०७६, ७ माघ मंगलवार २१:३९

गोप्य क्यामेरा राखेर १६ सय व्यक्तिकाे अश्लील भिडियो बनाउने पक्राउ

गोप्य क्यामेरा राखेर १६ सय व्यक्तिकाे अश्लील भिडियो बनाउने पक्राउ

२०७६, ८ माघ बुधबार १९:१८

नायिका सेक्सी देखिएको भन्दै सरकारले लगायो प्रतिबन्ध

नायिका सेक्सी देखिएको भन्दै सरकारले लगायो प्रतिबन्ध

२०७६, ८ माघ बुधबार १३:३३

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’

२०७६, ८ माघ बुधबार १७:४३

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

२०७६, ७ माघ मंगलवार १६:२६

यस्ताे छ नेपाल टेलिकमकाे विन्टर अफर

यस्ताे छ नेपाल टेलिकमकाे विन्टर अफर

२०७६, ७ माघ मंगलवार १४:०९

निमासद्वारा नवनिर्वाचित ईक्यान पदाधिकारी सम्मानित

निमासद्वारा नवनिर्वाचित ईक्यान पदाधिकारी सम्मानित

२०७६, ८ माघ बुधबार १८:५८

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

२०७६, ७ माघ मंगलवार १४:१६

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

२०७६, ७ माघ मंगलवार १७:३८

शतक विकेटको इतिहास बनाउन चुके सन्दीप

शतक विकेटको इतिहास बनाउन चुके सन्दीप

२०७६, ८ माघ बुधबार १६:३९

अँगालो हालेर सुताउने अचम्मको जागिर!

अँगालो हालेर सुताउने अचम्मको जागिर!

२०७६, ७ माघ मंगलवार १४:२२

ईक्यानको सर्वसम्मत नेतृत्व र अबको बाटो

ईक्यानको सर्वसम्मत नेतृत्व र अबको बाटो

२०७६, ८ माघ बुधबार १३:२१